भर्खरै :

पुँजीवादी दलकै कारण विकृति र विसङ्गति

पुँजीवादी दलकै कारण विकृति र विसङ्गति

भक्तपुर, ३ साउन । नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा शुक्रबार ऐतिहासिक भ्रष्टाचारविरोधी सङ्घर्षको संस्मरण गर्न युवा भेला भयो ।
उक्त भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले किसानहरूबिच सिद्धान्त, विचार र सङ्गठनलाई पु¥याई जनविरोधी काम गर्ने भ्रष्टाचारीहरूलाई कारबाही गरेको स्मरण गराउनुभयो । उहाँले लाखौँ युवालाई विदेश पठाई स्वदेशमा केही गर्न नसक्ने, यहाँ केही हुँदैन भन्ने भाष्य निर्माण गर्ने पुँजीवादी दलहरूकै कारण विकृति विसङ्गति बढेको हो भन्नुभयो ।
पुँजीपतिवर्गको चरित्र बुझ्न नसक्दा युवा साथीहरू फसेको, बेइमानी गर्ने वातावरण नहुञ्जेल इमानदारिता देखाउने चरित्र ठीक नभएको तर्क गर्दै उहाँले पुँजीवादी विकृतिको दुष्प्रभावबाट युवाहरू बच्नुपर्ने धारणा राख्नुभयो । उहाँले नैतिकता, इमानको राजनीति गर्दै आइरहेको नेमकिपाले गरेको भ्रष्टाचारविरोधी सङ्घर्ष, बाली काट्ने आन्दोलन, मोहीयानी हक कायम गर्ने सङ्घर्ष र आन्दोलनहरूबाट देशको राजनीतिक व्यवस्था परिवर्तनमा उल्लेखनीय भूमिका खेल्दै आइरहेकोबारे प्रस्ट पार्नुभयो ।
उहाँले राजनीतिलाई जनताको सेवाका लागि उपयोग गर्नुपर्ने तर शासकहरूले कहिले भुटानी शरणार्थीको नाममा, कहिले प्राडो पजेरो, रातो पासपोर्टको नाममा दलीय स्वार्थ पूरा गर्ने, आफ्ना कार्यकर्ताहरूलाई पोस्नेबाहेक व्यापक जनताको हितमा काम गर्न नसकेको बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समिति अध्यक्ष सूर्यभक्त त्वातीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समय सान्दर्भिक विषयबारे अन्तरक्रिया, गोष्ठी सञ्चालन गरी युवा वर्गलाई सचेत र सङ्गठित गर्न युवा सङ्घ लाग्नुपर्ने आवश्यकतामाथि जोड दिँदै टोल, वडाहरूमा रहेका विविध समस्याहरूबारे अध्ययन गरी तिनका समाधानका लागि सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेक्रायुसङ्घ १३ आँै भजिसतसका एच.एस.सुवालले देशको स्वाधीनता र सार्वभौमिकता रक्षा गर्न, पुँजीवादी व्यवस्थाका विकृति विसङ्गतिविरुद्ध सङ्घर्ष गर्न युवाहरूले एकजुट हुनुपर्ने आवश्यकताबारे बताउँदै राज्यले युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्न नसक्दा लाखौँ युवाहरू बिदेसिएको चर्चा गर्दै आत्मनिर्भरताको लागि कृषि, उद्योगमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उक्त भेलामा नेक्रायुसङ्घ सूर्यविनायक नगर समिति अध्यक्ष आर. मचामसी, शिवजी त्वानाबासुलगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *