क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
ख्वप विश्वविद्यालयको चर्चा भएको धेरै वर्ष भयो । कुरा उठेको समयमा जन्मेकाहरू अहिले कलेजमा पुगिसकेका होलान् । ख्वप विश्वविद्यालयप्रति सकारात्मक रहेका प्रधानमन्त्री, शिक्षामन्त्री, विभिन्न मन्त्री, सचिव, सांसद, अनुगमन टोलीहरू थुप्रै भइसके । तर, ख्वप विश्वविद्यालयको विधेयक प्रतिनिधिसभामा दर्ता भएर पनि तुहियो र फेरि दर्ता गर्ने र पारित गर्ने आश्वासन पनि धेरैले दिइसके र दिइरहेका छन् । कतिपय अनुगमन टोलीले त ‘हामीले दिएर हुने भए अहिले नै दिने थियौँ’ भन्ने पनि सुनियो । सरकारमाथि कुनै आर्थिक दायित्व नरहने, पूर्वाधार मनग्य भएकोले विधेयक पारित गर्न कुनै जटिल र गम्भीर समस्या थिएन । केबल शिक्षाविरोधी राणाशासनको सोचबाट मुक्त भए पुग्ने थियो ।
राणाशासन हरेक दृष्टिले अन्धकारको युग थियो । पञ्चायतकाललाई ‘लेबल फेरिएको सीसी’ को निरन्तरता ठह¥याइन्छ । तर, बहुदलीय प्रजातन्त्रका सत्ताधारीहरूले राणाकालीन र पञ्चायती मानसिकतालाई त्याग्न सकेनन् ।
गणतन्त्रका सत्तासीनहरू पनि राणा र पञ्चायतका मानसपुत्र रहेको देशको दुर्गतिले पुष्टि गरिरहेको छ । हामी राणाहरूको क्रूर शासनबाट स्वतन्त्र हुँदाको सेरोफेरोमा स्वाधीन र स्वतन्त्र भएका छिमेकी चीन र भारत कहाँबाट कहाँ पुगिसके । हामी अझै परनिर्भरतामा सास फेरिरहेका छौँ ।
देशमा गणतन्त्र भएको पनि १७ वर्ष नाघिसकेको छ । यस अवधिमा ११ वर्ष त वामपन्थी प्रधानमन्त्री भइसके । सातजनामा चारजना त वामपन्थी भनिएका प्रम थिए ।
कम्युनिस्टहरूले जनताको स्वास्थ्य, शिक्षा, बेरोजगार, मजदुर, किसान, शोषित–पीडितका कुराका साथै काम पनि गर्छन् । कम्युनिस्टको बिल्ला भिरेकाहरू सत्तामा गएर विकास, सुविधा–राहतको बन्दोबस्त गर्ने गफ पनि निकै हाँक्छन् । तर, कुर्सीमा पुगिसके वा बसिसकेपछि बिर्सन र विपरीत गर्न पनि निकै सिपालु र खप्पिस छन् । यो देश र जनताले देखी–भोगी आएको यथार्थ हो । त्यसैले, वामपन्थीहरू पटक–पटक प्रम भए पनि देशले मुहार चम्काउन पाएको छैन, एउटा ख्वप विश्वविद्यालय पनि पाउन सकेको छैन । पूर्वाधार नभएका विश्वविद्यालयहरूको विधेयक पारित भए पनि पूर्वाधार मनग्य भएको ख्वप विश्वविद्यालय ‘भोलि भोलि भन्दाभन्दै……’ भइरहेको छ ।
यस सन्दर्भमा अहिले एउटा नयाँ कुरा सुन्नमा आएको छ – भक्तपुर नगरपालिकालाई विश्वविद्यालय सञ्चालन गर्न दिए अरू नगरपालिकाले पनि माग गर्नसक्छ । त्यसबेला के गर्ने ?
विश्वविद्यालय सञ्चालन गर्ने भनेको गोरेटो बनाउने, कुवा खन्ने वा चौतारा चिन्ने जस्तो होइन । ती कार्य गर्न पनि उपयुक्त ठाउँ, स्रोत, वातावरण चाहिन्छ । पूर्वाधारबिना विद्यालय वा स्वास्थ्यचौकी पनि स्थापना हुनसक्दैन । विश्वविद्यालय त परको कुरा हो । भक्तपुर नपाको जस्तो पूर्वाधार देशका कतिवटा नपामा छ ? यदि छ भने विश्वविद्यालय सञ्चालन गर्न दिएमा कसको के जान्छ ? धेरैभन्दा धेरै विश्वविद्यालय हुनु देश र जनता र भविष्यको लागि के हानि हुन्छ ? शिक्षाको व्यापक प्रचार हुँदा के देश बिग्रिन्छ ? कलेजको उद्घाटन गर्दा आफ्नै खुट्टामा बञ्चरो हानेको मानसिकता र सोच भएकाले मात्र विश्वविद्यालयप्रति नकारात्मक धारणा राख्छन् ।
यहाँनिर केही वर्ष पहिलेको कुरा स्मरण हुन्छ । भक्तपुर नपाले विभिन्न ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदाको मर्मत, जीर्णोद्धार र पुनःनिर्माण गर्न सरकारसँग काठको माग गरेको थियो । अनुदान र सहयोग होइन, परल मूल्य तिरेरै उपलब्ध गराउन माग गरेको थियो । केवल काठमा लाग्ने सरकारी कर छुटको लागि आग्रह गरेको थियो । त्यसबेला पुरातत्व विभागका हाकिम एक पुरातत्वविद् नै थिए । उनले त्यसबेला भनेका थिए – सम्पदा संरक्षणको लागि भक्तपुर नपाले जस्तै सबैले कर छुटको काठ माग गरे के गर्ने ? दिएर साध्य हुन्छ ?
एक पुरातत्वविद्ले जङ्गलमा करोडौँ–अर्बौँको काठ बेवारिसी रहेको यथार्थमा सम्पदा संरक्षणको लागि कर छुटको काठ दिँदा जङ्गल नै सखाप हुने ठाने । फालिएका, कुहिएर नासिन लागेका काठ सदुपयोग नै हुन्थ्यो । तर, त्यस्तो सकारात्मक, बौद्धिक, विवेकशील सोच स्वनामधन्य पुरातत्वविद्लाई आएन । ठीक त्यसरी नै आज सबै नगरपालिकाले विश्वविद्यालयको माग गरे के गर्ने भनेर आकाश खस्ने कुरा गरेर ख्वप विश्वविद्यालयको सन्दर्भमा तगारो हाल्ने, बाधा तेस्र्याउने काम गरिरहेका छन् । पूर्वाधार नपुगेका, नभएका विश्वविद्यालय विधेयक पारित गर्ने तर पूर्वाधार मनग्य भएको ख्वप विश्वविद्यालयको विधेयकविरुद्ध छलछाम गर्नेहरू के सधैँ सफल होलान् र ? थरीथरीका भ्रष्टहरू अदालत धाउन ठालेको बेला राणाकालीन सोचका शिक्षाविरोधीहरू आजको युगमा कतिञ्जेल बाधक बनिरहन सक्लान् ?
Leave a Reply