इजरायली सेनाको गोलीबारीमा ७ महिनाका बालकको मृत्यु, आमाबुबा घाइते
- जेष्ठ २४, २०८३
कैलाली, १४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा सङ्घको ५८ औँ स्थापना दिवसको अवसरमा बुधबार लम्किचुहा न.पा.२ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा पार्टी कैलाली अध्यक्ष रमेशकुमार रावलले नेक्राकिसङ्घले भ्रष्टाचारविरोधी आन्दोलन, मोहियानी हक अधिकारको आन्दोलनको सङ्घर्षकै जगमा २०२५ साल साउन १४ गते नेक्राकिसङ्घको स्थापना भएको बताउनुभयो ।
उहाँले नेपाल कृषिप्रधान देश भए तापनि एक छाक खानलाई भारतको मुख ताक्नु अहिलेसम्मका शासक दलहरूको कमजोरी भएको प्रस्ट पार्नुभयो । उहाँले कृषि उत्पादन बढाई देशलाई आत्मनिर्भर बनाउन स्वदेशमा नै कृषि उद्योगहरू, मलखाद् कारखाना, कृषि औजार, कीटनासक र सिँचाइको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक हस्तक्षेपको विरोध गर्नुपर्छ भन्नुभयो ।
नेक्राविसङ्घ कैलाली अध्यक्ष एच.वी.ले नेक्राकिसङ्घको स्थापना दिवसको शुभकामना दिँदै पार्टीको सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आत्मसात गर्दै समाजवादी व्यवस्थाको निम्ति सम्पूर्ण जनवर्गीय सङ्गठनले सङ्घर्ष गरिरहेको बताउनुभयो । उहाँले समाजवादी व्यवस्थाले मात्र किसान र मजदुरहरूको हित हुने उल्लेख गर्दै काम गरिखाने जनतालाई राजनीतिक रूपले सचेत पार्न लाग्नुपर्ने बताउनुभयो ।
सङ्घका अध्यक्ष धर्मदत्त अधिकारीको अध्यक्षतामा भएको प्रवचन कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीका उपाध्यक्ष तारा तिरुवा र सङ्घका सहसचिव भीमबहादुर बडुवालले नेपाल क्रान्तिकारी किसान सङ्घको ५८ औँ स्थापना दिवसको शुभकामनासहित मन्तव्य राख्नुभयो ।
Leave a Reply