भर्खरै :

जुम्लामा किसान सङ्घको स्थापना दिवस

जुम्लामा किसान सङ्घको स्थापना दिवस

जुम्ला, १४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना दिवसको अवसरमा जुम्लामा बुधबार स्थापना दिवस मनाइयोे ।
कार्यक्रममा नेमकिपा कर्णाली प्रदेश सदस्य शिवलाल डाँगीले नेक्राकिसङ्घले असार १९ र साउन २ गते गरेको क्रान्तिकारी कदमको स्मरण गर्दै नेपालमा पटकपटक सरकारमा गएका मन्त्री र गृहमन्त्रीहरू मानव बेचबिखन र भ्रष्टाचारमा सामेल छन् भन्नुभयो ।
यिनीहरूले भ्रष्टाचारी र मानव बेचबिखनका कुरालाई अगाडि बढाउँदा आप्mनो पार्टीका मन्त्री र गृहमन्त्री कारबाहीमा पर्ने डरले कारबाही अगाडि नबढाएको उहाँले प्रस्ट पार्नुभयो ।
नेमकिपा जिल्ला समितिका अध्यक्ष पूर्णलाल खत्रीले गाउँ गाउँमा गएर किसानहरूलाई राजनीतिक चेतना दिएर किसानको स्तर उठाउनुपर्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य वृषबहादुर रावतले नेक्राकिसङ्घले बाली काट्ने, साँढे धपाउने, भर्पाई लिनेजस्ता क्रान्तिकारी कदम चलाएको बताउनुभयो । नेक्राकिसङ्घका सदस्य राजेश्वर देवकोटा, पूर्वजिसस धनबहादुर रावत, जि.स.स., यज्ञबहादुर बुढथापाले किसान आन्दोलनबारे बताउनुभयो । उक्त कार्यक्रमका सभाध्यक्ष नेक्राकिसङ्घका जिल्ला अध्यक्ष जयकृष्ण धरालाले पनि बोल्नुभएको उक्त कार्यक्रममा जिल्ला सदस्य पूर्णबहादुर रावतले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *