भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा शिशुस्याहार तथा बाल विकास केन्द्रहरूमा निरीक्षण

नगर प्रमुख प्रजापतिद्वारा शिशुस्याहार तथा बाल विकास केन्द्रहरूमा निरीक्षण

भक्तपुर, १४ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुुधबार नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार तथा बाल विकास केन्द्रहरूको स्थलगत निरीक्षण गर्नुभयो ।
भक्तपुर नगरपालिकाले हाल भनपा वडा नं. १ दूधपाटी, वडा नं. ३ मङ्गलतीर्थ, वडा नं. ७ कार्यालय, वडा नं. ६ खँचा, वडा नं. ८ लिबाली र वडा नं. ६ भोलाछेँ गरी ६ स्थानमा शिशुस्याहार केन्द्रहरू सञ्चालन गर्दै आएको छ ।
भार्वाचो शिशुस्याहार केन्द्रमा ४३ जना, मङ्गलतीर्थ शिशु स्याहार केन्द्रमा २९ जना, गोल्मढी शिशु स्याहार केन्द्रमा ४० जना, खँचा शिशुस्याहार केन्द्रमा ३४ जना, भोलाछेँ शिशु स्याहार केन्द्रमा ४४ जना र लिबाली शिशुस्याहार केन्द्रमा ३० जना गरी २२९ जना शिशुहरू भर्ना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *