भर्खरै :

सापारु प्रदक्षिणा मार्गमा सफाइ कार्यक्रम तथा सचेतना ¥याली

सापारु प्रदक्षिणा मार्गमा सफाइ कार्यक्रम तथा सचेतना ¥याली

भक्तपुर, २३ साउन । भक्तपुर नगरपालिकाले २०८२ को गुन्हीपुन्ही र सापारु पर्वलाई लक्षित गरी सापारु प्रदक्षिणा मार्गमा शुक्रबार सचेतनामूलक सफाइ कार्यक्रम आयोजना ग¥यो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रय–सूर्यमढी–क्वाठण्डौ–नागपोखरी–महालक्ष्मीस्थान–भोलाछेँ–चोछेँ–त्रिपुरासुन्दरी–दरबार क्षेत्र र उपप्रमुख रजनी जोशीको नेतृत्वमा दत्तात्रय–गोल्मढी–सुकुलढोका–टौमढी–नासमना– वंशगोपाल–इटाछेँ हुँदै सरसफाइ ¥याली खौमामा पुगी सभामा परिणत भयो ।
सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका सफा नगरपालिकाको रूपमा स्थापित हुनुमा यहाँका अग्रजहरूको भूमिका स्मरणयोग्य भएको बताउँदै नागरिकहरूमा आफ्नो ठाउँ आफै विकास गर्नुपर्छ भन्ने भावनाले भक्तपुरले आज सन्तुलित विकास गर्न सफल भएको बताउनुभयो ।
भक्तपुर घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको बताउँदै उहाँले भक्तपुरको कला संस्कृतिलाई विश्व जगतमा प्रचारप्रसार गरी उत्कृष्ट गन्तव्यस्थलको रूपमा विकास गर्ने योजनाले नगरपालिका अगाडि बढिरहेको छ भन्नुभयो ।
भक्तपुरको सांस्कृतिक विधाहरूको संरक्षण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले सापारुको दिन प्रदर्शन हुने घिन्ताङघिसी र माक प्याखं तथा परम्परागत एवम् आधुनिक विधाका सांस्कृतिक प्रस्तुतिहरूको मूल्याङ्कन गरी पुरस्कृत गर्ने नीति अगाडि बढाएको बताउँदै उहाँले यसले नयाँ पुस्तामा धेरै उत्साह थपेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले सापारुमा प्रदर्शन हुने बाजागाजा र नाचहरूले भक्तपुरको कला संस्कति झल्काउने बताउँदै उहाँले नयाँ पुस्तालाई यहाँको संस्कृति जगेर्नातर्फ प्रोत्साहित गर्दै लानुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।
विभिन्न विद्यालयका विद्यार्थीहरूसहितको उल्लेख्य सहभागितामा सम्पन्न सरसफाइमा विद्यार्थीहरूले सन्देशमूलक नारा लेखिएका प्ले—कार्डसहित नगर परिक्रमा गरेका थिए ।
सरसफाइ कार्यक्रममा सहकारी, टीम, पुस्तकालय तथा वाचनालयका प्रतिनिधि तथा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको उत्साहजनक सहभागिता थियो ।
कार्यक्रममा वातावरण तथा पर्यटन समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भक्तपुर नपा वडा नं.३ का वडाध्यक्ष राजकृष्ण गोरा र वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले गाईजात्रा सभ्य र व्यवस्थितरूपमा सञ्चालन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने र जात्रा अवधिभर नगरको सरसफाइमा विशेष ध्यान दिनुपर्ने विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *