“नेपालको पर्यटन प्रवद्र्धनमा सांस्कृतिक नगर भक्तपुरको उच्च स्थान रहेको छ”
- भाद्र २२, २०८२
भक्तपुर, २५ साउन । पैतालीसौँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समिति (ग्वसाखल) को अगुवाइमा गाइजात्राको अवसरमा शनिबार व्यङ्ग्यात्मक सांस्कृतिक झाँकी, कार्टृुन, प्लेकार्ड प्रदर्शन र प्रहसन गरी भक्तपुर नगर परिक्रमा गरियो ।
कार्यक्रममा इजरायल–इरान युद्ध, अमेरिकाद्वारा इरानको परमाणु भण्डार क्षेत्रमा गरिएको हवाई आक्रमण र सार्वभौमिकताको उल्लङ्घन र इजरायलले विगत तीन वर्षदेखि प्यालेस्टिनी जनतामाथि गरिएको अमानवीय हवाई हमला र युद्ध, रुस–युक्रेन युद्धमा नेटो र अमेरिकाले युक्रेनको पक्षमा लडिरहेको छद्मभेषी युद्धबारे प्रस्तुति देखाइएको थियो ।
राष्ट्रिय राजनीतिमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको ओली सरकार, पानीजहाजको हावादारी कुरा र पतञ्जलीको जग्गामा पूर्व प्रम माधव नेपालले गरिएको अनियमितता र सहकारी ठगीबारे पनि झाँकीमार्फत उदाङ्गो पारिएको थियो ।
नगर परिक्रमामा युवा, विद्यार्थी, महिला, किसान, मजदुरको सहभागिता थियो ।
Leave a Reply