सरकारी विज्ञापन निषेध गर्ने सरकारी निर्णय गलत साबित
- असार ३१, २०८३
साम्राज्यवाद लामो समयसम्म टिक्नेछैन । विश्व जनसमुदायमा साम्राज्यवादविरोधी स्वर सल्कँदै छ । साम्राज्यवादको विरोध संसारको कुना काप्चामा पुगेको छ । साम्राज्यवादको विरोध नगर्ने देश अब संसारमा खोज्नुपर्छ । साम्राज्यवादी देश अमेरिकाले संसारका विभिन्न देशहरूमा गरिरहेको आक्रमण, आर्थिक र हतियार सहयोग गरेर देशलाई ध्वस्त पार्ने काम गरेको कारण उसको कुकर्मको विरोध भइरहेको हो । साम्राज्यवादी नीतिको विरोध ग¥यो भनेर अमेरिकाले देशका स्वाधीन र सार्वभौम देशहरूमा एकएक पाइला गरेर आक्रमण गर्ने, आक्रमण गर्नमा सहयोग गर्ने काम छाडेको छैन । अमेरिकाले दर्जनौँ देशमा आफ्नो सेना तैनाथ गरेको छ, सेना परिचालन गरेको छ, सैनिक अड्डा खडा गरेर तर्साइरहेको छ, आक्रमणको चेतावनी दिँदै छ । यही कारण विश्वका अधिकांश जनता साम्राज्यवादी नीतिको विरोधमा छन् । अतः साम्राज्यवादी अमेरिकाले गरिरहेको आक्रमण र हस्तक्षेपको विरोध गर्न, साम्राज्यवादी नीति अन्त्य गर्न संसारका जनता र राष्ट्र प्रमुखहरू जुटिरहेका छन् । यो विश्वका न्यायप्रेमी र शान्तिकामी जनताको अभिभारा हो ।
विश्वका विभिन्न देशमा आक्रमण गर्ने अमेरिका संसारभरका जनताको शत्रु बनेको छ । साम्राज्यवाद पतनोन्मुख छ । संसारका जनता साम्राज्यवादी देश अमेरिकालाई एक्लो पार्दै छन् । आक्रमणकारी अमेरिकाको विरोध अब संसारका जनताले रोक्ने छैनन् । जनताको बढ्दै गएको विरोधको छाल अब रोकेर रोक्न सकिँदैन । यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति बदलिसकेको छ । साम्राज्यवादविरोधी स्वर संसारको कुना काप्चामा पुगेको छ । स्वाधीन र सार्वभौम देशलाई खरानी पारेर शान्तिको आह्वान गर्ने अमेरिकी चाल र नीति विश्वका जनताले बुझ्दै छन् । प्यालेस्टिन देशलाई ध्वस्त पार्ने जातीय नरसंहार गर्ने काममा अमेरिकाको हात छ ।
साम्राज्यवादी देशहरू रहेसम्म विश्वका जनताले शान्ति र सुरक्षाको अनुभूति गर्न पाउने छैनन् । संसारका जनता अमेरिकी धम्की र आतङ्कबाट आक्रान्त छन् । यसकारण, विश्वका जनता आतङ्कवाद अन्त्यको पर्खाइमा छन् । संसारमा जहाँ जहाँ युद्ध भइरहेको छ, देशमा आन्तरिक द्वन्द्व चर्किरहेको छ, त्यो अमेरिकाकै कारण भएको हो । अमेरिकाले अर्काे शक्तिशाली देश चीनसँग समेत व्यापार युद्ध गर्न पछि परेन । व्यापार युद्धले चीनलाई भन्दा आफ्नो देशलाई नोक्सान भएपछि, व्यापारी, उद्योगपतिहरूले समेत अमेरिकाको विरोध गर्न थालेपछि अमेरिका चीनसँग वार्ता गर्न बाध्य भएको छ । चीनलाई गलाउन सकिँदैन भनी अमेरिकी राष्ट्रपति ट्रम्प चिनियाँ राष्ट्रपतिसमक्ष फुक्क बाध्य भए । चिनियाँ नेता सिसँग भएको वार्तामा चीनको सामानमाथि बढाएको कर हटाउने भएको छ । अहिले किन हो कुन्नि अमेरिकी राष्ट्रपति ट्रम्पले प्रजग कोरियाली मजदुर पार्टीका नेता किम जोन उनसँग पनि वार्ता गर्ने आशय व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्प भेटवार्ताको सन्देश बाँडेर धम्की दिन पछि परेका छैनन् । ट्रम्पले आफ्नो सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न निर्देशन दिएको खबरले अन्तर्राष्ट्रिय राजनीति फेरि तातिएको छ । अमेरिकी राष्ट्रपतिको सो निर्देशनलाई रुसको विदेश मन्त्रालयले वैश्विक सुरक्षा सन्तुलनमा ठुलो धक्का भएको जनाएको छ । संयुक्त राष्ट्र सङ्घका प्रवक्ताले अमेरिकालाई संयमता अपनाउन आग्रह गरेका छन् । आणविक हतियार परीक्षण केको निम्ति गर्न लागेको हो ? सबैको चिन्ता र चासोको विषय बनेको छ ।
संसारलाई आतङ्कित पार्ने देश संयुक्त राज्य अमेरिका नै हो । नाकाबन्दी गर्ने, हतियार बेचेर नाफा लिने, आन्तरिक द्वन्द्व चर्काउने, आक्रमणको लागि आवश्यक हतियार दिने, अमेरिकी सेना तैनाथ गर्ने, आक्रमण गर्ने, राष्ट्र प्रमुखको हत्या गर्न सहयोग गर्ने, नरसंहार गर्ने काम अमेरिकी राष्ट्रपतिकै निर्देशनमा भइरहेको यथार्थ हो । इराक, अफगानिस्तान र प्यालेस्टिनमा ध्वस्त बनाइयो; लाखाँै मान्छेको हत्या गरियो । यसको दोषी संयुक्त राज्य अमेरिका नै हो । यसबाट थाहा हुन्छ, अमेरिकाले संसारलाई आतङ्कित पार्दै छ । अतः आतङ्कवादको विरोधमा संसारका जनता एकजुट हुनुपर्छ; संसारका राष्ट्र प्रमुखहरू एकगठ हुनुपर्छ ।
विश्वका जनता शान्ति चाहन्छन्; सुरक्षितसाथ बस्न चाहन्छन्; विकास चाहन्छन्; जीवनस्तर उठाउन चाहन्छन् । विश्वका राष्ट्र प्रमुखहरू देश ध्वंस गर्न होइन विकास गर्न अघि बढ्नुपर्ने हो; एक आपसमा मिलेर सहयोग गर्नुपर्ने हो । तर, विश्वमा केही साम्राज्यवादी देशहरू अरु देशको विकासमा साथ होइन बाधा हाल्छन्; बाधा हाल्न अनेक दुःख दिन्छन् । संसारमा सधैँ आफ्नो एकछत्र हैकम जमाउन चाहने राष्ट्र प्रमुखहरू अमेरिकाकै हुन् । आतङ्क मच्चाउने, आक्रमण गर्ने, आक्रमण गर्न सहयोग गर्ने, आक्रमण गरेर ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति ट्रम्प आफू शान्तिवादी बन्न शान्तिको कामना गरेर नाटक गर्दै छन् । आतङ्क मच्चाएर उनी विश्व शान्ति पुरस्कार पाउने चाल चाल्दै छन् । आफै बोक्सी आफै धामी बन्ने राष्ट्रपति ट्रम्पको राजनीति के हो ? उनी संसारमा के गर्दै छन् भन्ने कुरा संसारका जनताले अनुभव गर्दै छन्; साम्राज्यवादी नीतिको विरोधमा एकजुट हुँदै छन् ।
Leave a Reply