विद्यार्थीलाई देश र जनताप्रति समर्पित बनाउन शिक्षकहरू सक्रिय र योग्य हुनुपर्ने
- आश्विन २५, २०८२
भक्तपुर, २८ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबार विश्व अङ्गदान दिवस मनायो ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले मस्तिष्क मृत्युपछि गरिने अङ्गदानलाई प्रोत्साहन गर्न खोजिरहेको उल्लेख गर्दै अङ्गदानले धेरैको ज्यान बचाउन सघाउ पु¥याउने हुँदा यसबारे जनतालाई सचेत बनाउनु जरुरी छ भन्नुभयो ।
अङ्ग प्रत्यारोपण सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने योजना रहेको जानकारी दिँदै उहाँले विशिष्टीकृत उपचारलाई काठमाडौँ उपत्यका बाहिर विस्तार गर्दै लाने नीति मन्त्रालयको रहेको बताउनुभयो ।
भक्तपुर स्वास्थ्य उपचारको हबको रूपमा विकास भइरहेकोमा खुसी व्यक्त मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई सस्तो, गुणस्तरीय र विश्वसनीय बनाउने प्रयासमा मन्त्रालय जुटेको भन्नुभयो ।
उहाँले विभिन्न अस्पतालमा क्यान्सर परीक्षणको लागि आवश्यक पर्ने सिटी स्क्यान मेसिनहरू विस्तार गर्दै लाने योजना मन्त्रालयको रहेको बताउनुभयो ।
नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले दस–बा¥ह वर्ष अगाडि नै भक्तपुर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई मिलाएर स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विधेयक मस्यौदा पेश भएकोले यो विधेयकलाई संसद्मा पेश गरी पारित गराउनु जरूरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रलगायत अस्पतालको ठाउँ साँगुरो छ । सुरूमा अङ्ग प्रत्यारोपण केन्द्रलाई यसको पश्चिमपट्टिको जग्गा उपलब्ध गराउने प्रस्ताव उठेको थियो† तर निष्कर्षमा पुगेन । अङ्ग प्रत्यारोपण केन्द्रलाई झौखेल र सुडालको सार्वजनिक जग्गा उपलब्ध गराउने प्रस्ताव आएको हो । यो प्रस्ताव पनि निष्कर्षमा पुगेन, निष्कर्षमा पु¥याउनु जरूरी छ ।”
अङ्ग प्रत्यारोपण केन्द्रमा देशभरिका अङ्गसँग सम्बन्धित बिरामीको उपचार सहजरूपमा हुने अवस्था तयार गर्नु जरूरी भएको सांसद सुवालले उल्लेख गर्नुभयो ।
सरकारले स्वास्थ्य कार्यकर्ताहरू – डाक्टर, नर्सलगायतलाई देशभित्र रोजगारी नदिई वैदेशिक रोजगारीमा पठाइरहेको गलत भएको र यो जनताको हितमा नभएको स्पष्ट पार्दै सांसद सुवालले स्वास्थ्य कार्यकर्तालाई देशभित्र रोजगारी दिन केही दिन पहिले स्वास्थ्य मन्त्रालयले दुई हजार स्वास्थ्य कार्यकर्ता आवश्यकता खोल्ने सार्वजनिक भएकोले सरकारले स्वास्थ्य कार्यकर्ता ८–१० हजार नै नियुक्ति गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रियरूपमा योगदान गर्ने चिकित्सकहरूमा नर्मन बेथुन, कोटनिस, चे ग्वेभाराको नाम पनि विख्यात छ । लु शुन आफ्नो देशका जनतामाथि हेलाहोचा गर्ने देशमा चिकित्सक नपढी फिर्ता भएर उहाँ साहित्यमार्फत जनताको सेवामा लाग्नुभयो ।”
“आजको दिन हामीले कोही कसैको अङ्ग असफल भएर बिरामी नहोऊन् भनी कामना गर्नु सामयिक हुनेछ । यतिबेला मदिरा खुवाएर अङ्ग चोरी गरिएको पनि सार्वजनिक भयो, नेपालको एउटा ठाउँका जनता अङ्ग बेचेर बाँच्नु परेको पनि सार्वजनिक भयो । काठमाडौँमा युवा चेलीहरूको डिम्ब खरिद भइरहेको पनि सार्वजनिक भयो । सरकारले खाडी मुलुकका घरेलु कामदारको रूपमा पठाएका नेपाली चेलीहरू कुवेत, ओमनलगायतमा सडकमा खसी, बोका जस्तै बिक्रीमा राखिएको संसदीय उपसमितिको प्रतिवेदन पनि उपलब्ध छ । यी बेथितिहरू अन्त्य हुनु जरूरी छ । कानुनी रूपमा अङ्गदानको अवस्था हुनुपर्दछ”, सांसद सुवालले थप्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदान र प्रत्यारोपण गर्ने ऐतिहासिक कार्यको सुरूवात हुनु नै स्वास्थ्य क्षेत्रको लागि ठुलो उपलब्धि भएको उल्लेख गर्दै नेपालमै मृगौला र कलेजो प्रत्यारोपणले राज्यको अरबौँ रूपैयाँ विदेशिनबाट जोगिएको बताउनुभयो ।
स्वास्थ्य क्षेत्र सरकारको दायित्व हो भन्दै उहाँले स्वास्थ्य बीमा सेवालाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको अग्रसरता आवश्यक भएको बताउनुभयो ।
नपाद्वारा सञ्चालित ख्वप अस्पतालले वार्षिक २ लाख ८० हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिरहेको जानकारी दिँदै उहाँले ख्वप अस्पताललाई हालसम्म २५ करोडभन्दा बढी बीमाको भुक्तानी बाँकी रहेको कारण अस्पताल सञ्चालनमा समस्या आएको उल्लेख गर्नुभयो ।
उहाँले हाल घोषणा गरेबमोजिम एक लाखको बीमा व्यवस्थित नभएको अवस्थामा ५ लाखको बीमा सुविधा दिने मन्त्रीको घोषणा चर्चामै सीमित रहेको बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा कलेजो र मृगौला प्रत्यारोपण सेवाको सुरूवात भएसँगै बिरामीहरूलाई आर्थिक र मानसिक रूपमा धेरै सहज भएको उल्लेख गर्दै प्रत्यारोपण सेवालाई सात वटै प्रदेशमा विस्तार गर्ने लक्ष्य अस्पतालको रहेको बताउनुभयो ।
कार्यक्रममा प्र्रत्यारोपणका संयोजक डा. कल्पनाकुमारी श्रेष्ठले स्वागत गर्नुुभएको थियो भने अङ्गदाता र अङ्ग ग्रहणकर्ताका प्रतिनिधिले पनि बोल्नुभएको थियो ।
Leave a Reply