भर्खरै :

प्यालेस्टिनको गाजा क्षेत्रमा भइरहेको इजरायली नरसंहार रोक्नतर्फ सरकार लाग्नु जरुरी

काठमाडौँ, २८ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८२ साउन २८ गते प्रतिनिधिसभाको शून्य समयमा व्यक्त गर्नुभएको मन्तव्यको सार – सं. :
इजरायली आक्रमणबाट प्यालेस्टिनको गाजा क्षेत्रमा बालबालिकासहित ६१ हजार बढीको मृत्यु भएको सार्वजनिक भयो । गाजा क्षेत्रमा पोपलाई भ्रमण गर्न संसारका कतिपय देशका नागरिकबाट अनुरोध भएको पनि सार्वजनिक भयो । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाजा क्षेत्रमा भ्रमण गर्ने र त्यहाँ बालबालिकाको थप मृत्यु हुने रोक्न संसारलाई आग्रह गर्न ध्यानाकर्षण गराउन चाहन्छु । इजरायलको बमबारीबाट प्यालेस्टिनी जनताको नरसंहार र भूमि कब्जाको विरोधमा नेपाल सरकारले संयुक्त राष्ट्र सङ्घमा आवाज राख्न पनि प्रमको ध्यानाकर्षण गराउँदछु ।
आज विश्व अङ्गदान दिवस हो । मिर्गौला असफल भएका हजारौँ नेपाली जनताले समयमा डायलासीस नपाएको र अङ्ग प्रत्यारोपण गर्न नपाएको गुनासो गरिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *