लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
आजका समाचारहरूले संसद्को राज्य समितिको ‘सभापति रामहरि खतिवडा’ लाई ‘संसदीय छानबिन विशेष समितिबाट राजीनामा दिन बाध्य पारिएको’ छापेका छन् । २०८२ साउन २८ को ‘नयाँ पत्रिका’ ले लेख्यो – ‘कुलिङ पिरियडमा जालझेल : राजीनामा दिन रामहरि बाध्य ।’
अर्को दैनिकले लेख्यो – ‘खतिवडाको राजीनामा, कर्मचारीलाई उन्मुक्ति’ (नागरिक दैनिक – २८ साउन, २०८२) ।
२८ साउन, २०८२ को ‘कान्तिपुर’ ले आफ्नो समाचार लेख्यो, ‘कुलिङ अफ पिरियडमाथि छलछाम’, ‘सभापति खतिवडाले राजीनामा दिए, एमाले र कर्मचारीमाथि उठाए प्रश्न’, उपशीर्षकमा लेख्यो – ‘कुलिङ अफ पिरियड हटाउन एमालेले राष्ट्रियसभामा राखेको संशोधन प्रस्तावले आशङ्का जन्माएको खतिवडाको भनाइ ।’
अर्को अखबारले लेख्यो – ‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् भन्ने व्यहोराको समाचारबारे उनले भने, “… मेरो हस्ताक्षर परेको नाताले मैले पनि जिम्मेवारी बोध गर्नुपर्छ भन्ने लागेको छ । जुन दिन पारित विधेयकमा त्रुटि भएको भन्ने थाहा पाए त्यस दिनदेखि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको हैसियत प्राप्त गाडी सुविधा सचिवालयमा बुझाइसकेको छ” (अन्नपूर्ण पोस्ट, २८ साउन, २०८२) ।
उनले निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको दलिल र गहिरिएर नहेर्नु आफ्नो कमजोरी रहेको स्वीकार गरे । तर, उनले त्रुटि गर्ने वा ‘छलछाम’ कसले गरेको हो किटान गरेनन् ।
उक्त विषयमा राजनैतिक र नैतिकरूपले जिम्मेवार ठहरिएपछि विपक्षीको दबाब थेग्न नसकेपछि राजीनामा गर्न बाध्य भएको समाचारमा बताइयो ।
तर, राजनैतिक तथा नैतिक रूपले दिएको राजीनामालाई ‘विपक्षीको दबाब थेग्न नसकेपछि राजीनामा गर्न बाध्य भएको’ भन्न मिल्दैन । ‘राजनीतिक र नैतिक रूपले’ भन्नुको अर्थ ‘राजनीतिक परम्परा’ र ‘नैतिक रूपले’ भन्नुको भित्री मनदेखि आफूले अपराध वा पाप गरेको अनुभव गरी पश्चातापलाई भन्न खोजेको हुन्छ । त्यसको निम्ति अपराध र ठहर भएपछि आफैले राजीनामा दिएको हो, होइन भने त्यो नैतिकतालाई अस्वीकार गर्ने व्यक्ति हुने ठहर हुन्छ । सत्य त्यही हो भने व्यक्ति अडियलभन्दा पनि जिद्दी, हठी, घमण्डी हुने सम्भावना छ ।
(त्यस्ता व्यक्ति धेरै किसिमका हुन्छन्, विषयवस्तुमा राम्रो जानकार, विद्वान् अथवा पहिलेदेखि नै अपराध, अनैतिक र गलत कार्यबाट फुत्कन पाएको भन्ने अर्थ लाग्छ ।)
यस दृष्टिको कसीमा रामहरि खतिवडालाई घोटेर हेर्ने हो भने संसद्मा नै एकजना सांसदले उल्लेख भएअनुसार माननीय मन्त्री बलबहादुर राईको स्वकीय सचिव हुँदा कति जना युवालाई भिजिट भिसामा पठाएको प्रसङ्ग उठेको हो । त्यस्ता अनेक कानुनले नकिटिएका तर व्यवहारमा गर्न नहुने धेरै गरेका व्यक्तिहरूले एक दुइटा अरु प्रतिष्ठा र नैतिकतामा आँच आउने विषयमा गम्भीर हुने गर्दैनन् । समाजमा धेरै उदाहरणहरू देखिए – राष्ट्रपतिबाट माफी प्राप्त केही व्यक्तिका कारागारबाट छुटेको केही महिना र वर्ष अर्को हत्याकाण्ड मच्चाएको जगजाहेर छ ।
‘त्रुटी’ र ‘गम्भीर त्रुटि’ भएको अरु समाचारपत्रहरूले पनि उल्लेख गरेका छन् । ‘त्रुटि’ ‘गम्भीर’ होस् वा सानो त्यसलाई ठाउँ र विषयवस्तुअनुसार निर्णय गर्न सकिन्छ । तर, लेख्दा ‘चिप्लिएर’ लेखिएका विषय थिएन बरु ‘छलछाम’ वा ‘किर्ते’ वा देशलाई ‘विश्वासघात’ गरेको अर्थमा पाठकहरूले लिँदै गरेको सुनिन्छ । अपराधीलाई इङ्गित गर्दै केही समाचारपत्रले ‘कर्मचारीलाई उन्मुक्ति’ भनिएको छ । खतिवडाले ‘राजीनामा’ नदिएका भए सम्बन्धित कर्मचारीहरूले सबै पोल खोल्थे । यसकारण, ‘बाध्य’ भएर खतिवडाले राजीनामा दिए । उनले आफ्नो उद्देश्य र कर्तुत नलुकाएको भए प्रस्ट हुन्थ्यो, संसदीय समितिको सभापतिबाट मात्र राजीनामा हो । तर, ‘सांसद’ पदबाटै राजीनामा दिनुपर्ने थियो – ‘नैतिकता’ को दुहाइ दिने हो भने । बुद्धिजीवी समुदायमा खतिवडाको ‘नैतिकता’ को दुहाइबारे सकारात्मक ढङ्गले लिएको देखिन्न भन्ने व्यापक चर्चा छ ।
Leave a Reply