भर्खरै :

भैरव रिसालको ९८ औँ जन्मजयन्ती आँसुको तर्पण

  • श्रावण २९, २०८२
  • सुषमा रिसाल सापकोटा
  • साहित्य
भैरव रिसालको ९८ औँ जन्मजयन्ती आँसुको तर्पण

सन्दर्भ : वरिष्ठ पत्ररकार

सृष्टिको लयमा भुलेर केही पल प्रेमिल संसारको
देखायौ दुनियाँ पिता बनिकन माया र वात्सल्यको
सिकायौ जिउन सबै तरहले पुग्दो नपुग्दो महाँ
त्यो बाटो कसले देखाउँछ अब राम्रो नराम्रो यहाँ ।

औँलामा तर्जनी समाउन दिई हिँडायौ ताती भनी
ती औँला कसरी सिथिल हुन गए लागेन क्यै सीप पनि
राखी काखमहाँ सिकाइ कखरा मधुर वाणी महाँ
त्यो वाणी कसरी विलीन हुन गयो हरायो त्यो ओज् कहाँ ?

को सोध्ला यसरी बिहान दिनहुँ सञ्चै छ नानू भनी
बेलुकी पखमा को सोध्छ यसरी थाक्यौ कि छोरी भनी
को राख्छ यतिको गहिरो नजर दुब्लाई नानी भनी
संसारै भरिमा को भन्छ अब लौ आइन ठुली भनी ।

मियोझैँ दरिलो बनिकन सबै नाता र सम्बन्धको
त्यो नाता अहिले चटक्क चुँडियो बन्धन यो जन्मको
व्यथाका फूलले उनेर कविता श्रद्धाञ्जली अर्पण
आँसुकै अँजुली भरेर मनले पिताजीमा तर्पण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *