नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
सुर्खेत, २८ साउन । क्युवाली क्रान्ति नायक फिडेल क्यास्ट्रोको ९९ औँ जन्म जयन्तीका अवसरमा वीरेद्रनगर–४, सुर्खेतमा प्रवचन कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले क्युवाली समाजमा भइरहेको शोषण र अमेरिकी कठपुतली बाटिस्टा सरकारले देश र जनताको हितविपरीत अमेरिकी स्वार्थअनुसार सरकार सञ्चालन गरेको थियो । त्यसकारण तानाशाही सरकारकाविरुद्ध फिडेल क्यास्ट्रोको क्रान्ति गरेको उहाँले चर्चा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य एवम् जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले क्युवाको समाजवादी व्यवस्थाले जनताको सम्पूर्ण आवश्यकता पूरा गर्न पूर्णरूपमा लागेको बताउनुभयो । अमेरिकी साम्राज्यवादले समाजवाद र क्युवाली सरकार असफल पार्न हरप्रकारको प्रयास गरेपनि क्युवाली जनताको एकता र कुशल नेतृत्वका कारण असफल भएको बोहोराले बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य धनेन्द्र विकले विभिन्न देशका क्रान्तिको शिक्षाले इमानदार र देशभक्त पार्टी कार्यकर्ता तयार गरी देश र जनताको सेवा गर्नुपर्ने बताउनु भयो ।
प्रवचन कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका उपाध्यक्ष लालबहादुर थापा, नेमकिपा सुर्खेतका सदस्य चेतन पौडेल, नेमकिपा बाँकेका सदस्य अञ्जीरबहादुर शाही, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेम थापा, कुस्माखर खनाल, गणेश खड्का, महेन्द्र सिजापति, अम्मर भण्डारी, मनबहादुर विकलगायतका वक्ताले फिडेल क्यास्ट्रोको योगदानबारे चर्चा गर्नुभएको थियो ।
नेमकिपा वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाहीको अध्यक्षता उक्त प्रवचन कार्यक्रम सम्पन्न भएको थियो ।
Leave a Reply