भर्खरै :

बोडेमा नीलबाराही नाच चालु

बोडेमा नीलबाराही नाच चालु

मध्यपुर, २८ साउन । बोडेको नीलबाराही नाच प्रारम्भ भएको छ । प्रत्येक वर्ष गुँलागा द्वितीयादेखि पञ्चमीसम्म यो नाच नचाउने गरिन्छ ।
यो नाच साउन २९ गतेसम्म चल्नेछ । यस नाचमा १९ जना देवी देवता हुन्छन् । जसमा भैरव –१, बाराही ४, कुमारी – ४ सिंह – ४, द्वारपाल – २ र गणेश – ४ हुन्छन् । यस नाचमा प्रत्येक देवताको १÷१ जना ज्वकालु (सहयोगी) गुरु –६ जना, बाजा बजाउने ९ जना, प्वङ्गा बजाउने (फुक्ने) १३ जना, ताः बजाउने १ जना, भुस्याय र झ्याली बजाउने ४ जना, सुकुन्दा समाउने २ जना हुन्छ । त्यस्तै भैरवको मूर्ति र खड्ग समाउने २ जना, चिराग समाउने २ जना, सहनाइ फुक्ने २ जना र अन्य ४ जना गरी ८९ जनाको प्रयासबाट यो नाच सम्पन्न हुनेछ । यस नाचका देवताहरूले बोल्नु हुँदैन भन्ने मान्यता छ । घरबाट बाहिर निस्केर घरभित्र नछिरेसम्म देवताहरूले खानु हुँदैन भन्ने मान्यता छ । देवता घरका मान्छेहरूले समेत खान नहुने प्रचालन छ । देवताहरूले पानी पर्दा पनि ओट लाउन हुँदैन भन्ने मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *