लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
गत साउन २५ काठमाडौँ उपत्यका र देशका विभिन्न जिल्लामा गाईजात्रा सम्पन्न भयो । गाईजात्रा आठ दिन मनाइन्छ । सम्भवतः प्रदेश सरकारले त्यो सिलसिला जारी रहोस् भन्ने चाहना राखेको हाम्रो अनुमान हो ! गाईजात्रामा हास्य, व्यङ्ग्य, विरोध सबै हुन्छ । गाईजात्रामा कोही मुख्यमन्त्री, कोही प्रधानमन्त्री भएर, राष्ट्रपति भएर अनेक–अनेक भएर निस्कन्छन्, हसाउँछन्, हाँस्छन् । साथै अनेक प्रहसन प्रस्तुत हुन्छन् ¤ अब यहाँ पनि नयाँ–नयाँ मुख्यमन्त्री, नयाँ–नयाँ मन्त्रीको हामी अनुहार देख्दैछौँ । प्रदेशवासी या देशवासीलाई हँसाउन लागिरहेका छौँ कि ? के गर्न लाग्दैछौँ ? समयले बताउला ! यो भागबन्डा, यो मोलमोलाइ, यो आदि इत्यादिको जात्रा अति भयो ! हामी प्रदेशलाई के दिँदैछौँ, देशलाई के दिँदैछौँ ? आत्मसमीक्षाको आवश्यकता छ ।
यहाँ अनेक कुरा उठे । राणाहरूले पनि अनेक खालका दरबारहरू बनाएका थिए । पञ्चायतमा पनि पूर्व—पश्चिम राजमार्गदेखि लिएर अनेक–अनेक बने । तर, सरकार टिकेन । जनताको मन जित्ने र बहुसङ्ख्यक जनताको निम्ति काम नगर्दा ती सरकारहरू टिकेनन् । आज पनि यो ग¥यौँ, त्यो ग¥यौँ भनेर लिस्ट दिनु सामान्य कुरा हो । तर, जनताको आवश्यकता हामीले सम्बोधन ग¥यौँ कि गरेनौँ ? मौलिक परिवर्तन हामीले दिन खोज्यौँ कि खोजेनौँ ? महत्वपूर्ण सवाल यही हो । पञ्चायतका पात्रले प्रजातन्त्रबारे पाठ पढाउने यो दिन कसरी आयो ? प्रजातन्त्रका निम्ति लडेकाहरू, गणतन्त्रका निम्ति लडेकाहरूले त्यो सिंहावलोकन गर्नुपर्ने आवश्यकता छ कि छैन ? यो पनि हाम्रो सवाल हो । हामीले बारम्बार घच्घच्यायौँ पनि ।
यो आठ वर्षमा हामीले ६ वटा सरकार पायौँ । के त्यसरी अङ्कगणितको हिसाबले बढाउँदै जाने ? चर्चा चल्यो, आठ वर्षमा ९० मन्त्री ! वाग्मती प्रदेश सभाका १ सय दशमध्ये ९० मन्त्री भइसके ! के अझ माथि पु¥याउने ? यही हो जनताको पक्षमा हामीले काम गरेको ? यो पनि गम्भीर आत्मसमीक्षाको विषय हुनसक्छ ।
आठ वर्ष लगाएर यो सभा भवन हामीले बनायौँ । के हाम्रो बहादुरी यही हो ? के यो ढिलासुस्तीको अर्को प्रमाण या प्रतिमा होइन ? यो समीक्षा आवश्यक छ कि छैन ? यसको वास्तुकलाको पक्ष या वस्तुको उपयोगिताको विषयमा हामीले गम्भीरतापूर्वक छलफल गर्ने कि नगर्ने ? वाग्मती प्रदेश मौलिक वास्तुकलाको केन्द्र होइन ? वास्तुकला र वास्तुशास्त्रको हिसाबले हामी कहाँ छौँ ? कसरी बनायौँ ? आर्किटेक्टहरूको नजरमा हामी सफल भयौँ या कस्ता भयौँ ? यो पनि एउटा गम्भीर आत्मसमीक्षाको विषय हुनसक्छ । नेपाली वास्तुकलाको उपहास ग¥यौँ कि उपयोग ग¥यौँ ? अरनिकोहरू जन्माएको वाग्मती प्रदेश, यो काठमाडौँ उपत्यकामा बसिरहँदा हामीले चिन्तन मनन गर्न आवश्यक छ ।
नेपाल मजदुर किसान पार्टी लामो समयदेखि संसद्मा छ । केन्द्रीय संसद् र वाग्मती संसद्मा पनि रचनात्मक भूमिका निर्वाह गर्दैछौँ । नेपाल मजदुर किसान पार्टीले देश र जनताको पक्षमा निःस्वार्थपूर्वक सेवा गर्न हामी अगाडि बढ्दैछौँ । दुईदलीय तानाशाही व्यवस्थाको खतरा आजको होइन । आजभन्दा २५ वर्ष अगाडि नेमकिपाले औँल्याएको थियो । आज फेरि पनि देश दुईदलीय तानाशाहीतर्फ उन्मुख छ । यो प्रजातन्त्रमाथिको हमला हो या होइन ? गणतन्त्रमाथिको खतरा हो कि होइन ? फेरि पनि यो यक्ष प्रश्न खडा छ ।
जनताको तर्फबाट नेपाल मजदुर किसान पार्टीले संसद्मा रचनात्मक भूमिका निर्वाह गर्दै छ । नेमकिपा कहिले सत्ताको फोहरी खेलमा संलग्न भएन; हुने छैन । जनताको हितको सवालमा कहिले पनि नेपाल मजदुर किसान पार्टी पछि हट्दैन; हट्ने छैन । अब म केही प्रस्ताव र सुझावहरू राख्न चाहन्छु :
१) मुख्यमन्त्री र मन्त्रीहरूले मन्त्री पद सम्हालिरहँदा आफूले विगतमा संसद् र बैठकहरूमा व्यक्त गरेका रेकर्डहरू सुन्नुहोला ।
२) निर्वाचनको क्रममा जनतासमक्ष गरिएका वाचा तथा प्रतिबद्धता पुनः पढ्नुहोला ।
३) आ–आफ्नो दलको निर्वाचन घोषणापत्र दोहो¥याएर अध्ययन गर्नुहोला ।
४) विदेशीको पैसा नखाएका तथा तलब नलिएका विषय विज्ञहरूको सल्लाह सुन्नुहोला ।
५) मितव्ययिता अपनाउँदै अपव्ययबाट प्रदेशलाई जोगाउनु होला र भ्रष्टाचारीको सारथी वा रक्षक नबन्नुहोला ।
६) जेठ–असार महिनामा मात्र कुल बजेटको करिब ६०–७० प्रतिशत खर्च गर्ने परम्परा हटाऔँ ।
७) ऋण लिएर प्रदेश या देशको विकास गर्ने सोच अब कमसेकम त्यागौँ ।
८) फागुन–चैत महिनाभित्रै नयाँ बजेटबारे महत्वपूर्ण छलफल, अन्तरक्रिया तथा अभ्यास गरौँ र पुरानो बजेटको समीक्षा गरौँ ।
९) प्रदेश सरकार र मातहतका कार्यालयले प्रदेशभित्र उत्पादित वस्तुको प्रयोग अनिवार्य गरौँ र नीतिगत रूपमै स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राखौँ ।
१०) अगाडि बढेका या नमुना पालिकाका अभ्यास तथा उपलब्धिबारे तत्तत् ठाउँमा पुगी अध्ययन–अन्तरक्रिया गरौँ ।
११) सहकारी पीडित प्रदेशवासीका समस्या समाधानमा ध्यान देऔँ र सहकारीका आर्थिक अपराधीहरूलाई बिना भेदभाव दण्ड दिई तिनको घै–घरानाबाट असुल गराऔँ र तिनको राहदानी जफत गरौँ ।
१२) १३ वटा जिल्ला र ११९ पालिकाका विद्यार्थीहरूले आ–आफ्नै जन्मस्थानमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण तयार गरौँ र रोजगारीको बन्दोबस्त गरी गाउँ खण्डहर हुनबाट जोगाऔँ ।
१३) हेटौडा र आसपासको कुनै उपयुक्त क्षेत्रमा मेडिकल कलेज खोली नयाँ काम सुरू गरौँ ।
१४) काठमाडौँ उपत्यकापछि हेटौडालाई सुन्दर नगरीका रूपमा विकास गरौँ र हेटौडालाई प्रदेश राजधानीको रूप देऔँ र सोही स्तरको सडक निर्माण गरौँ ।
१५) साना तथा मझौला उद्योगहरू सञ्चालनलाई प्राथमिकतामा राखौँ र घरेलु उद्योग तथा कुटीर व्यवसायमार्फत अर्थतन्त्रलाई लयमा फर्काउन प्रतिबद्ध भएर लागौँ ।
१६) जिल्ला–जिल्लाका अस्पताललाई आधुनिक स्वास्थ्य उपकरणले सुसज्जित बनाऔँ र त्यसका निम्ति दक्ष जनशक्ति तयार गरौँ ।
१७) जिल्ला–जिल्लाका स्कूल–कलेजमा यथोचित ध्यान पु¥याऔँ र तिनको दिगो विकासमा जोड देऔँ ।
१८) राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरणले सीमा नाघ्यो । थोरै नैतिकता अझै बाँकी छ भन्ने सन्देश देऔँ ।
१९) पहिला पहिला चोरहरू मन्त्री बन्दैनथे । एक कविले लेखेको कविताको अंश हो । यसलाई वर्तमानकालमा रूपान्तरण गर्ने जिम्मा काँधमा बोक्ने साहस गरौँ ।
२०) लोकतन्त्र र गणतन्त्रको नाउँमा शोषक, भ्रष्टाचारी, पक्षपातीहरू सत्तामा पुगे भनी जनता आक्रोश व्यक्त गर्छन् । अब कोही त अपवाद बनौँ ।
२१) भाषा–कला–संस्कृति–सम्पदामा वाग्मती प्रदेश वैभवशाली छ । यसको संरक्षण गर्नु वाग्मती प्रदेश सरकारको दायित्व हो । लोप भएका सम्पदा पुनःनिर्माण गर्न आवश्यक छ । जीर्ण सम्पदाको जीर्णाेद्धारमा प्रदेशले सहकार्य तथा समन्वय गर्न आवश्यक छ ।
२२) तीज–दशैँ–तिहार आउँदै छ । महँगी बढ्दै छ । हाम्रो प्रदेशसँग उत्तरतिर जोडिएका कोदारी र केरूङ नाका बन्द छन् । नाका बन्द राख्न अर्को शक्ति चलायमान हुनु र चलखेल हुन दुर्भाग्यपूर्ण छ । ती नाका खोल्न प्रदेश सरकारले पनि आवश्यक समन्वय गरोस् र देश र प्रदेशलाई जे हित हुन्छ, त्यो गरौँ ।
२३) गठबन्धनका दुई वटै दल समाजवादमा सहमत भएको बताउँछन् । समाजवाद भनेको नारा होइन बहुसङ्ख्यक कामदार जनताप्रतिको बफादारिता, प्रतिबद्धता र प्राथमिकता हो । गरीबीबाट उन्मुक्ति हो । शोषण, अन्यायको अन्त्य हो । आर्थिक समानता र न्यायमा आधारित बन्दोबस्त हो । आत्मनिर्भर अर्थतन्त्रको विकास हो । शिक्षा–स्वास्थ्यको निःशुल्क बन्दोबस्त हो । उत्पादनका साधनमा सामूहिक स्वामित्व हो । सभ्य, सम्पन्न र शान्त–सुन्दर समाजको निर्माण हो । के गठबन्धनका दलहरू यसबारे स्पष्ट छन् ? समाजवादको टोपीको आकार–प्रकार थप बिगार्ने दुष्ट कर्म रोकौँ ।
यी विषयमा संवेदनशील एवम् जिम्मेवार नबनी राजनीतिलाई पदीय खेल, शुभलाभको व्यापार, ढाँट र छलको जात्रा तथा इमान लिलामीमा राख्ने मेला बनायौँ भने त्यसको तमाम प्रतिफल शासकहरूले बेहोर्नुपर्ने छ । इतिहासको कठघरामा उभ्याइने छ ।
पानी, आगो र राजनीतिसँग कसैले जिस्किने मूर्खता नदेखाओस् ।
जो आगोसँग खेल्छ आगोमै मर्छ । जो पानीसँग खेल्छ पानीमै मर्छ ।
अन्त्यमा, विश्वासको मतको सन्दर्भमा बहुसङ्ख्यक प्रदेशवासीको भावना र हाम्रो संसदीय दलको निर्णयबमोजिम नेमकिपा तटस्थ बस्छ ।
(वाग्मती प्रदेश सभामा नेका र एमालेको गठबन्धन सरकारले राखेको विश्वासको मतको प्रस्तावबारे गत साउन २७ गते भएको छलफलमा भाग लिँदै नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राख्नुभएको मन्तव्य सामान्य सम्पादनसहित प्रस्तुत छ । विश्वासको मतको पक्षमा ६३, विपक्षमा २२ र तटस्थ ७ रह्यो ।)
Leave a Reply