अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २२ चैत । भक्तपुर नगरपालिका क्षेत्रमा विद्युतीकरण सुधार गर्ने विषयमा भक्तपुर नगरपालिकाका पदाधिकारी तथा नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीहरूबीच बिहीबार नगरपालिका सभाकक्षमा छलफल सम्पन्न भयो ।
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई स्वागत गर्दै नगरमा भूमिगत तार व्यवस्थापन गर्न व्यवस्थित योजना तयार गर्नुपर्ने बताउनुभयो ।
विश्व सम्पदा सूचीमा सूचिकृत दरवार क्षेत्र, टौमढी र दत्तात्रय क्षेत्रमा रात्रीकालीन बिजुली बत्तीको व्यवस्था गर्नुपर्नेमा जोड दिंदै उहाँले सांस्कृतिक सहरमा यत्रतत्र छरिएका तारहरूले दृश्य प्रदूषण भइरहेको उल्लेख गर्नुभयो ।
विद्युत् सुविधा आज–भोलि सबैको आधारभूत आवश्यकता जस्तै बनेको अहिलेको अवस्थामा नगरपालिका र प्राधिकरणबीच आपसी समन्वय गरी नगरपालिकाद्वारा सञ्चालित आवास योजनाहरूमा विद्युतीकरण गर्न संयुक्त पहल गर्न उहाँले आग्रह गर्नुभयो ।
प्राधिकरणका महानिर्देशक घिसिङले स्थानीय तहमा जनप्रतिनिधि बहाल भएपछि प्राधिकरणलाई योजना कार्यान्वयन गर्न सजिलो बनेको बताउनुभयो ।
उहाँले देशभरि नै विद्युतीकरण प्रणालीमा सुधार ल्याइरहेको उल्लेख गर्दै भक्तपुरलगायत सांस्कृतिक सहरहरूमा भूमिगत तार प्रणालीको व्यवस्था गर्न गा¥हो नभएको प्रस्ट पार्नुभयो ।
अत्याधुनिक चिमको प्रयोग गर्दा कम लागत बढी उज्यालो पार्न सक्ने प्रविधि नेपालमा भित्रिएको चर्चा गर्दै महानिर्देशक घिसिङले प्रभावकारी सडक बत्ती विस्तारको लागि गृहकार्य भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले नगरपालिकाद्वारा सञ्चालित आवास योजनाहरूमा नगरपालिका र प्राधिकरणबीच ६०÷४० को मोडेलबाट विद्युतीकरण गर्न आफू सकारात्मक रहेको बताउनुभयो ।
छलफलमा नगरपालिकाको तर्फबाट वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, उकेश कवां, राजकृष्ण गोरा, श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य छोरीमैयाँ सुजखू र प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलको उपस्थिति थियो । त्यस्तै प्राधिकरणको तर्फबाट अनिरूद्र यादव, प्रज्ज्वलमान श्रेष्ठ र आशिष यादव सहभागी थिए ।
Leave a Reply