भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २३ चैत्र । डेस्टिनेशन २०१६ को आयोजनामा एस्.ई.ई. परीक्षा दिइबसेका विद्यार्थीहरुको निम्ति मार्गनिर्देशन कार्यक्रम शुक्रबार ख्वप ईन्जिनियरिङ कलेजमा सुरु भएको छ ।
विशेषतः एस्.ई.ई. परीक्षा दिईबसेका विद्यार्थीहरुलाई लक्षित गरी उक्त समूहले विगत एक दशकभन्दा बढि समयदेखि हरेक वर्ष मार्गनिर्देशन कार्यक्रम गर्दै आएको छ । शुक्रबार ख्वप कलेजका प्राचार्य रुपक जोशीले व्यवस्थापन, अधिवक्ता रामप्रसाद प्रजापतिले कानुन, पत्रकार रुपेश श्रेष्ठले मानविकी र कृषि विशेषज्ञ सविन ख्याजूले कृषि विषयमा विद्यार्थीहरुलाई बताउनुभएको थियो ।
कार्यक्रममा करिब एक सयको हाराहारीमा जिल्लाका विभिन्न विद्यालयबाट एस्.ई.ई. दिइबसेका विद्यार्थीहरुको सहभागीता रहेको थियो । शनिबार विज्ञान विषयमा डा. राजुभाई त्यात, चिकित्साशास्त्र विषयमा डा. विवेक बासुकला, इन्जिनियरिङको विषयमा प्राचार्य ई. सुजन माक र नर्सिङको विषयमा देविका दनेखूले मार्गनिर्देशन गर्नुहुने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
Leave a Reply