भर्खरै :

२ दिने मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुर, २४ चैत्र । यस वर्ष एस्.ई.ई. दिइबसेका विद्यार्थीहरुको निम्ति डेस्टिनेशन २०१६ द्धारा आयोजित २ दिने मार्गनिर्देशन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
शुक्रबारबाट सुरु भएको कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयबाट परिक्षामा सहभागी भएका सयभन्दा बढि विद्यार्थीहरुको सहभागीता रहेको थियो । शनिबार भएको कार्यक्रममा विज्ञान संकाय विषयमा डा. राजुभाई त्यात, चिकित्साशास्त्र विषयमा डा. विवेक बासुकला, इन्जिनियरिङ विषयमा ई. सुजन माक र नर्सिङ विषयमा नर्स देविका दनेखूले विद्यार्थीहरुलाई मार्गनिर्देश गर्नुभएको थियो ।
डेस्टिनेशनले हरेक वर्ष यस्तै मार्गनिर्देशन कार्यक्रममार्फत् विद्यार्थीहरुलाई विद्यालय शिक्षापछिको उच्च शिक्षाबारे जानकारी दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *