“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
जुम्ला, २३ चैत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले शुक्रबार नेमकिपाको ते¥हौं जिल्ला सम्मेलन उद्घाटन गर्नुभयो ।
जुम्ला बजारस्थित उद्योग वाणिज्य सङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा बोल्दै सचिव सुवालले नेपालका नदी–नालाबाट विद्युत् निकाल्न नमान्ने र भारतबाट विद्युत् किन्न चाहने राजनीतिक शक्ति भारतीय विस्तारवादका दलाल भएको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभामा एमाले–माओवादीको ७७ प्रतिशत सांसद भए तापनि समाजवादी कार्यक्रम कार्यान्वयन गर्न ओली सरकार असफल भएको विचार राख्नुभयो ।
संशोधनवादी पार्टीहरुले देशमा समाजवादी क्रान्ति गर्न नसक्ने धारणा राख्दै सचिव सुवालले तथाकथित ‘वाम गठबन्धन’ भागवण्डाको गठबन्धन भएको विचार प्रस्ट पार्नुभयो ।
ओली सरकार साँच्चै वामपन्थी भए युवाहरुलाई रोजगारीको सुनिश्चितता, निःशुल्क र अनिवार्य शिक्षाको बन्दोबस्त र राष्ट्रिय उद्योग कलकारखानाको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला समितिका अध्यक्ष नवराज कोइरालाले निर्वाचनबाट समाजवाद नआउने तर नेमकिपाले समाजवादी विचारको प्रचार गर्न निर्वाचन उपयोग गरेको बताउनुभयो । उहाँले सिद्धान्तभन्दा सङ्ख्यामा घमण्ड गर्ने शक्ति राणा, राजा र पञ्चायतजस्तै अन्त्य हुने धारणा राख्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य अनुराधा थापामगरले निर्वाचनमा झूटा आश्वासन, पद र पैसाको दुरुपयोग गर्ने पूँजीवादी राजनीतिक दलहरु ठग दलहरु भएको बताउनुभयो ।
उहाँले व्यापक नेपाली कामदार जनताको दीर्घकालीन हितको लागि समाजवादी बन्दोबस्तको अपरिहार्यतामा जोड दिंदै केही महिलालाई पदमा पु¥याउँदैमा महिला मुक्ति सम्भव नभएको विचार राख्नुभयो ।
नेमकिपा केन्द्रीय सदस्य जग्यबहादुर शाहीले जुम्ला जिल्लाको राजनीतिक इतिहासमा नेमकिपाको योगदान र भूमिकाबारे चर्चा गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं. ३ का सांसद सृजना सैंजूले स्वदेशी उत्पादन बढाउनुभन्दा विदेशी बस्नुको आयात वृद्धिले देशको अर्थतन्त्र अझ कमजोर बनाएको तथ्याड्ढ प्रस्तुत गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले नेपालका दुई संशोधनवादी दलहरु एकता हुँदा संशोधनवाद कम्युनिष्ट आन्दोलनको प्रमुख खतरा बनेको विचार राख्नुभयो ।
सम्मेलन उद्घाटन समारोहमा नेक्राविसङ्घका वृषबहादुर रावत, नेक्रामहिला सङ्घका राज्यलक्ष्मी न्यौपाने, नेक्रामजदुर सङ्घका वृष सार्की, नेक्राविसङ्घका राजन नेपाली, नेक्राशिसङ्घका जङ्गबहादुर शाही, हर्कबहादुर बोहरा, रवि नेपालीलगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा आयोजक समितिका संयोजक शिवलाल डाँगीको सभापतित्वमा भएको थियो । सम्मेलन शनिबारसम्म चालू रहनेछ ।
Leave a Reply