भर्खरै :

के ओली सरकार सभ्यता र मानवताको विरोधमा हो ?

के ओली सरकार सभ्यता र मानवताको विरोधमा हो ?

लाखौँ वर्ष लगाएर पशुको स्थितिबाट मानव समाज एकएक पाइला गर्दै सभ्यताको सँघारमा पुगेको हो । पशुहरूमध्ये आज पनि आफ्नै बच्चा खाने पशुहरू छन्; जसरी अन्तर्राष्ट्रिय अदालतले युद्ध अपराधीको रूपमा पक्राउ पुर्जी जारी गरेको इजरायलको प्रधानमन्त्री नेतन्याहुले आफ्नै विभाजित देश प्यालेस्टिनमा प्यालेस्टिनी जनताको निर्मम हत्या गर्दै छन् । मानिसमा संवेदना हुन्छ – आफ्नै शत्रुलाई के सम्म गर्नुहुन्छ भन्ने चेतना हुन्छ; सिकारी पशुले जस्तै झम्टेर मार्ने र खाने काम मानिसले गर्दैन । मानिसको मन र मस्तिष्कमा विवेक पलाएपछि नै हजारौँ वर्ष अगाडि सभ्य कहलिए । अरूलाई चरम पीडा दिएर आफूलाई चैन हुने प्रवृत्तिले भन्दा पनि विवेकले मात्रै प्राणीलाई पशुबाट मानिसमा रूपान्तरण ग¥यो । प्यालिस्टिनको गाजामा ‘आज भोकमरीको राज छ’, हरेक दिन स–साना केटाकेटी मर्दै छन्† हातमा थाल लिएर खानेकुरा मागेका हजारौँ महिलाको तस्बिरहरू छापाहरूमा हरेक दिन छापिँदै छन् ।
१० साउनकै दिन (एएफपी) को समाचारअनुसार इजरायली आक्रमणबाट तहसनहस भएको गाजामा झन्डै एकतिहाइ जनता धेरै दिनदेखि भोकभोकै छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य सहायता निकायले पनि शुक्रबार यही जनाएको थियो । इजरायल सरकार संयुक्त राज्य अमेरिकी ट्रम्प प्रशासनकै कठपुतली हो । यसकारण, गाजाको हरेक घर, पाल र भवनको क्षतिको जिम्मेवार तथा हरेक व्यक्तिको हत्यारा एवम् मानवताकै हत्यारा संयुक्त राज्य अमेरिकी प्रशासन वा व्यक्तिगत रूपले ट्रम्प नै हुन् भनी विश्वभर चर्चा छ । प्रचार माध्यमको अध्ययनले थाहा हुन्छ – बहुमत अमेरिकी जनता पनि प्यालेस्टिनी जनताको हत्या, त्यहाँको मानवता र सभ्यतामाथिको आक्रमणको विरोधमा छन् । त्यस क्षेत्रको आजको बालहत्या, जातीय उन्मूलन, महिलाहरूको भ्रूण हत्या र सम्पूर्ण विध्वंसको कारक ऐतिहासिकरूपले संयुक्त राज्य अमेरिका र बेलायती साम्राज्यवाद देखिँदै आएका छन् ।
आधा शताब्दी अगाडिको भियतनाम युद्धको समयमा अमेरिकी बुद्धिजीवी, डाक्टर, इन्जिनियर, प्राध्यापक, कानुन व्यवसायी, वैज्ञानिक, लेखक, कवि, कलाकार आदि मन र मस्तिष्कले काम गर्ने संवेदनशील समुदायले करोडौँ डलर चन्दा उठाएर अमेरिकी दैनिक पत्रिका ‘न्युयोर्क टाइम्स’ मा ‘युद्ध बन्द गर’ भन्ने नारासहित सरकारप्रतिको असन्तुष्टि र विरोध प्रकट गर्न पहिलो पृष्ठमै विज्ञापन छापेको थियो । दोस्रो विश्वयुद्धमा संसारमा पहिलोचोटि संरा अमेरिकाले आणविक अस्त्रको प्रयोग गर्ने अपराध गरेको थियो । कोरिया युद्धमा अमेरिकाले प्रयोगशालामा तयार गरिएको किटाणु हतियार प्रयोग गरेको थियो भने भियतनाम युद्धमा रासायनिक हतियारहरू प्रयोग ग¥यो । भियतनामी जनताले तीन पुस्तासम्म विकलाङ्ग जन्मिएका बालबालिकाहरूको पीडा भोग्दै छन् । अहिलेको पुस्ताले पनि गाजाको अमानवीय नरसंहार भोगिरहेको संसारले अनुभव गर्दै छ ।
भियतनाम युद्धको बेला नेपालमा भक्तपुरको टोलटोलमा अत्याचारी ‘गठेमङ्गल’ जलाउने दिन अमेरिकी राष्ट्रपति जोनसनलाई गठेमङ्गल बनाएर आगो लगाएका थिए । त्यसरी नै २५ जुलाई २०२५ को दिन इरानको राजधानी तेहरानमा संयुक्त राज्य अमेरिका र इजरायलले गाजामा गरेको नरसंहारको विरोध एवम् प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता देखाउन (एएफपीको समाचारअनुसार) एक विशाल विरोध प्रदर्शन भएको थियो ।
२६ जुलाई २०२५ को दिन यमनको राजधानी सानामा पनि गाजा र पश्चिम किनारामा इजरायलले प्यालेस्टिनी जनतामाथि गरेको नरसंहारको विरोधमा प्यालेस्टिनी झन्डा बोकेर लाखौँ जनताले विरोध प्रदर्शन गरेका थिए । एएफपीका ती तस्वीरहरू हेर्दा संसारका अत्यधिक जनता प्यालेस्टिनी जनताको नरसंहारमा लागिरहेका इजरायल र संयुक्त राज्य अमेरिकी सरकारको विरोध एवं निन्दा गर्दै छन्† ती जनताले ट्रम्प र नेतन्याहुलाई सरापिरहेको थाहा हुन्छ ।
इजरायली सेनाले अल सरीफ भन्ने ‘अल–जजिरा’ का एक पत्रकारलाई हमासको लडाकु दलको सदस्य बतायो र उनलाई मार्ने धम्की दियो तर संयुक्त राष्ट्र सङ्घका स्वतन्त्र अभिव्यक्तिका प्रतिनिधि आइरिन खानले त्यस आरोपलाई अस्वीकार गरेका थिए । अल–सरीफले फेरि पुष्टि गरे – “म… कुनै राजनैतिक समूहसँग आबद्ध छैन । मेरो एकमात्र उद्देश्य सत्यलाई त्यसकै रूपमा बिनापूर्वाग्रह प्रस्तुत गर्नु हो”… “गाजामा एक घातक अवस्था छ† सत्य बोल्नु नै खतरा बन्न पुगेको छ” । पत्रकारिताको लडाइँमा उनी सहिद बने† इजरायलले उनको हत्या ग¥यो ।
टर्कीका राष्ट्रपति रिसेप तैयब एर्दोगानले भने, “गाजासँग समय छैन र अन्तर्राष्ट्रिय समुदायले विश्व चेतनाको आवाज सुनेर तुरुन्तै अगुवाइ गर्नैपर्छ । आज हामीले चाल्ने साहसी कदमले नै मानवताको भविष्यलाई आकार दिनेछ ।” उनले भने, “इतिहासले गाजामा भएको क्रुरताविरुद्ध कदम चाल्नेलाई र मौन बसेर पन्छिनेलाई पनि सम्झिरहनेछ ।”
नेपाल कता ? अब ओली सरकारले प्रस्ट पार्नुपर्छ, “नेपाली जनता युद्धको विरोधमा नरसंहारको विरोध तथा मानवता र शान्तिको पक्षमा छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *