अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
– प्रकाश
प्रसिद्ध प्यालेस्टिनी गायिका, गीतकार, सङ्गीतकार एवं प्रतिरोध योद्धा रिम बानाको ५१ वर्षको उमेरमा मार्च २४ का दिन निधन भयो । एक दसकसम्म स्तन क्यान्सरसित लडिरहेकी प्यालेस्टिनी सांस्कृतिक योद्धा रिमको निधनले पूरै प्यालेस्टाइन शोकमा डुब्यो ।
एक प्यालेस्टिनी क्रिश्चियनका रुपमा नजारेथमा जन्मेकी रिमले आफ्नो गीत सङ्गीतमार्फत सबै राजनीतिक र भौगोलिक विभाजनका प्यालेस्टिनी जनतालाई एकतावद्ध पारेको थियो ।
रिम बानाका गीत–सङ्गीत प्यालेस्टिनी जनताका संस्कृति, इतिहास र लोकलयबाट प्रेरित थिए र ती गीत सङ्गीतले इजरायली कब्जाभित्रका तिनीहरूका आशा–निराशालाई नै अभिव्यक्त गर्दथे ।
जब तिनी आफ्नो स्वदेशका निम्ति गाउँथिन् अरु सबै विभेद मेटिन्थ्यो, प्यालेस्टाइनमात्र रहन्थ्यो । क्रिश्चियन र मुस्लिम, फताह र हमास, गाजा, र रमल्लाह सबै एक हुन्थ्यो ।
आफ्ना सुरिलो र न्यानो आवाजमार्फत तिनी दुःखलाई बिर्सेर जीवनलाई अङ्गाल्न र जीवनका लागि सङघर्ष गर्न प्रेरित गर्थिन् । तिनका गीतहरू ‘फेर्स ओडेह’ र ‘सराह’ इजरायली सेनाले छोट्याइ दिएका प्यालेस्टिनी युवाहरूको जीवनसम्बन्धी काव्यिक व्याख्या थिए ।
रिसले आफैले लेखेका गीत गाउनुका अतिरिक्त परम्परागत प्यालेस्टिनी काव्यहरूलाई उपयुक्त सङ्गीतको लयमा गाएकी थिइन् र प्यालेस्टाइनमा प्रचलित बालगीतहरूको पुनः संयोजन गरेकी थिइन्, जसले तिनलाई अत्यन्तै लोकप्रिय बनायो ।
गीत–सङ्गीतले प्यालेस्टिनीहरूलाई एकतावद्ध पारिरह्यो । जब राजनीतिज्ञहरू असफल बने । यथार्थमा जब राजनीतिज्ञहरू असफल बने । यथार्थमा जत्तिखेर वर्षौंसम्म ‘प्यालेस्टिनी एकता’ को सामूहिक आह्वान अप्रभावकारी जत्तिकै हुँदै थियो, गीत–सङ्गीतले प्यालेस्टिनीहरूलाई एउटै लक्ष्यका लागि सङ्घर्ष चालू राख्न र नजिक ल्याउन आफ्नो भूमिका निभाउँदै रह्यो ।
बानाले पुराना प्यालेस्टिनी काव्य र गीतहरू खोतल्दै तिनलाई जीवन्तता प्रदान गर्दै रहिन्, तिनीहरूलाई आधुनिक गायन शैलीमा गाएर लोकप्रिय बनाउँछन् । उदाहरणका रुपमा ताहालिल लोक गीतलाई लिन सकिन्छ, जसले प्रायः दुःख र वेदना अभिव्यक्त गरिन्छ बानाले त्यसमा नयाँ आशाको भाव पनि थपेर गाइन् ।
गहिरो जरा गाडेको प्यालेस्टिनी संस्कृतिले प्यालेस्टिनीहरूलाई आफू को हौं भनी सोच्न बाध्य गर्दै तिनीहरूको अद्वितीय र भिन्न परिचय बोध गराउँछ । यद्यपि तिनीहरू ७० वर्ष लामो निर्वासन, जातीय नरसंहार, कब्जा, असङ्ख्य सीमा भिडन्त तथा मनपरी हत्याको सिकार बनिरहेका छन् ।
जब रिम बाना गाउँथिन् तिनका सुरिलो आवाज अभेद्यजस्ता देखिने जातिवादको पर्खालहरू छेडेर हरेक नाका, जाँचचौकी, सैन्य कफ्र्यू, हवालात, जेल र टाढा टाढासम्म पुग्थ्यो ।
१९८७ को पहिलो इन्तिफाडा (लोकप्रिय जनआन्दोलन) को क्रममा पहिलो पटक रिमका गीत र आवाजले धेरै प्यालेस्टिनीहरूका हृदय र घरघरसम्म प्रवेश ग¥यो । पहिलो प्यालेस्टाइन र त्यसपछि विश्वभर नै रिम बाना लोकप्रिय भइन् । रिमका आवाज नरम र मनछुने छन्, जसले सात वर्ष लामो इजरायली सैनिक क्याम्पभित्र बन्दी बनेकाहरूलाई पनि आशाको किरण देखायो । रिमका गीतले इजरायली चालको प्रतिरोध गरिरहन र विद्रोही प्यालेस्टिनी जनताले भावना अभिव्यक्त गर्न प्रेरित गरिरहेका छन् ।
रिम बानाको सङ्गीतले नयाँ अनुभूति र परम्परागत प्यालेस्टिनी गीतहरूलाई पुन र्जागरण दिएको छ । तर रिमले ती गीतको ऐतिहासिक र सांस्कृतिक परिचयलाई मेट्ने र तोडमोड गर्ने कुनै गलत गरेकी छैनन् । तिनको सङ्गीत प्यालेस्टाइनको राष्ट्रियतालाई प्रवद्र्धन गर्ने र सांस्कृतिक पुनर्जागरण गर्ने खालका छन् । तिनका गीत–सङ्गीतले प्यालेस्टिनीहरूलाई आफ्नो समृद्ध संस्कृतिप्रति गौरव अनुभूति गर्दै अस्तित्वको निम्ति सङ्घर्ष गर्न प्रेरित गर्दछ ।
जत्तिखेर यहुदी जातिवादी राज्य इजरायलले प्यालेस्टाइनको परिचय र संस्कृतिलाई मेट्न हरसम्भव कदम चालिरहेको थियो, रिम बाना, रीम केलानी, कामिल्या जुब्रान, शादिया मन्सुरलगायत सांस्कृतिक धरोहरहरूले प्यालेस्टाइनी संस्कृति र पहिचान पुनःस्थापित गरे ।
प्यालेस्टाइनी प्रतिरोधका धेरै प्रकारमध्ये सांस्कृतिक प्रतिरोधबारे कमैमात्र जानकारी सार्वजनिक भएका छन् तर सांस्कृतिक प्रतिरोधकै कारण आज हरेक प्यालिस्टाइनी र आफ्नो पहिचानको लागि लडिरहने भावना जीवित रहेको हो ।
इटालीका माक्र्सवादी विचारक आन्टोनियो ग्राम्सीले लेखेका छन् । सांस्कृतिक अतिक्रमण वा प्रमुख बाहिर देखिन तानाशाहीभन्दा बढी खतरापूर्ण हुन्छ । सांस्कृतिक अतिक्रमण फासीवादी शासनले लामो समयसम्म जेलमा बन्दी बनाइएको थियो ।
प्यालेस्टाइनमा इजरायल र पश्चिमा राष्ट्रहरूको सांस्कृतिक आक्रमण वा प्रमुख कुनै प्राज्ञिक विषयमा सीमित छैन बरु दिनदिनको यथार्थ हो ।
इजरायलले प्यालेस्टिनीहरूविरुद्ध दसकौंअघि देखि व्यवस्थित सांस्कृतिक आक्रमण गर्दै आएको छ । ती सबै आक्रमणको नियत एकातिर प्यालेस्टिनी संस्कृति र परिचय मेट्नु र अर्कोतिर पश्चिममा साम्राज्यवादी संस्कृति थोप्नु हो ।
सैन्य वा राजनीतिक युद्धझैं सांस्कृतिक आक्रमण सजिलै देखिने वा ठोस हुँदैन तर परिणाम नसोचेझैं गहन र खतरापूर्ण हुन्छ । सन् १९४७–४८ मा प्यालेस्टाइनी गाउँवस्तीहरू ध्वस्त पारेर स्थापना भएको हजरायलले आज पनि प्यालेस्टाइनी वस्तीहरू उठाउँदै ती गाउँसहरको अरवी नामलाई इजरायली वा हिब्रु भाषामा बदल्दै छ । इजरायली टेलिभिजन, रेडियोहरू, अखबारहरू र पुस्तक प्रकाशनहरूले त तथ्यलाई बङ्ग्याउनेमात्र होइन, सेतोलाई कालो र कालोलाई सेतो बनाउने कामलाई नै आफ्नो धर्म बनाएका छन् ।
ऐतिहासिक रुपमै यहुदीवादीहरूले गलत विचार प्रचार गर्दै आएका छन् । उनीहरूले प्यालेस्टाइन कसैको पनि भूमि होइन, यस भूमिका आदिवासीहरू घुमन्ते जाति भएको, तिनीहरूको कुनै सांस्कृतिक जरा नभएको, कुनै परिचय नभएको र कुनै राजनीतिक वा राष्ट्रिय भावना नभएका दुष्प्रचार आज पर्यन्त गर्दैछन् ।
यस्ता प्रचारबाजी प्यालेस्टिनी भूमिममा यहुदी राज्य स्थापना गर्न र टिकाउनका लागि उनीहरूले गर्दैछन् । त्यसैले रिम बाना, रीम कालेनी, मोहम्मद असफ जस्ता गायक–गायिका तथा सङ्गीतकारहरू र अन्य धेरै कविहरू, कलाकारहरू र अन्य सांस्कृतिक प्रतिरोधका लडाकूहरू जातिवादी इजरायलको आँखामा परेका कसि·र सरह छन् । ती संस्कृतिकर्मीहरूका हरेक गीत–सङ्गीत र सांस्कृतिक कार्यक्रमहरू यहुदीवादीहरूका झूटलाई च्याट्ने युद्धको अग्रमोर्चा बनिरहेका छन् ।
रिम बानाको जन्म इजरायल नियन्त्रित प्यालेस्टाइनी भूमि नजारेथमा र डिसेम्बर १९६६ मा भएको थियो । नजारेथकै बाप्टिस्ट स्कूलबाट शिक्षा हासिल गर्नुभएकी बानाले सङ्गीत विषय लिई उच्च शिक्षा हासिल गरिन् । बानाले मास्को विश्वविद्यालयमा पनि ६ वर्षसम्म सङ्गीत अध्ययन गरी स्नात्तक र स्नात्तकोतर उत्तीर्ण गरिन् ।
तिनको पहिलो एल्वम ‘जाफ्रा’ १९८५ मा सार्वजनिक भयो, त्यसपछि हरेक वर्ष एउटा एउटा गरी १० भन्दा बढी एल्वम आए । तीमध्ये सबभन्दा चर्चित एल्वमहरू ‘अ टाइम टु क्राइ २०१०, बनाफसेज– २००७’ मवासेन अल रुह २००५ हुन्, ती एल्वम इजरायली जेलमा रहेका प्यालेस्टाइनी र अरब मूलका बन्दीहरूप्रति समर्पित थिए ।
तिनले २००८ मा इवार्ट हल, २०१२ मा अजहर पार्क र २०१४ मा कासर एल निनी थिएटरमा समेत गरी इजिप्टका कैयौं स्टेज शो सफलतापूर्वक गरेकी थिइन् ।
त्यस्तै तिनले कैयौ अरब देशहरूमा र संरा अमेरिकालगायत अन्य देशहरूमा पनि कार्यक्रम गरेकी थिइन् । तिनको अभूतपूर्व शैलीको कदर गर्दै सन् २००० मा प्यालेस्टाइन अवार्ड प्रदान गरिएको थियो भने सन् २०१३ मा वैचारिक स्वतन्त्रताको लागि इब्न रुस्द अवार्ड प्रदान गरिएको थियो ।
त्यस्तै २०१६ मा प्यालेस्टाइनी संस्कृति मन्त्रालयले तिनलाई वर्ष चन्सिकका रुपमा सम्मान गरेको थियो ।
बानाको स्तन क्यान्सर सन् २००९ मा पत्ता लागेको थियो । त्यसको उपचारपछि पुनः २०१५ मा विभिन्न अ·मा क्यान्सर भएको पत्ता लाग्यो । तिनको स्वास नलीको पक्षघात भएपछि तिनी बोली निकाल्न नै नसक्ने भइन् तर गीत लेख्न गीत लेख्ने, सङ्गीत सृजनाको कार्यमा भने मृत्यु शैयासम्म नै सक्रिय रहेकी थिइन् ।
रिम बानाको विवाह युक्रेनियाली गितारवादक लियोनिद अलेक्सेन्कोसित २००१ मा भएको थियो । तिनीहरूका तीन केटाकेटी छन् । सन् २०१० मा तिनीहरूले सम्बन्ध विच्छेद गरेका थिए ।
भौतिक रुपमा रिम बानाको अन्त्य भयो तर प्यालेस्टिनी सांस्कृतिक एकताका सूत्रधारको रुपमा तिनी सधैं प्यालेस्टिनी जनताको मन मस्तिष्कमा रहिरहने छिन् ।
Leave a Reply