इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी
- भाद्र २६, २०८२
भक्तपुर, ४ भदौ । वागीश्वरी मा.वि. पूर्वविद्यार्थी समाजको आयोजनामा वागीश्वरी माविबाट २०४३ सालमा एसएलसी उत्तीर्ण भएका पूर्वविद्यार्थी दीपक थापा प्रहरी सेवाको सर्वोच्च पद प्रहरी महानिरीक्षक पदमा बढुवा भएकोमा विद्यालयको सभा कक्षमा उहाँको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम मङ्गलबार भयो ।
विद्यालयका पूर्वप्रधानाध्यापक मोहनप्रसाद प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले आफ्ना एक पूर्वविद्यार्थी प्रहरी सेवाको सर्वोच्च पदमा पुग्न सफल भएकोमा आफूलाई गौरव लागेको बताउँदै हुने बिरूवाको चिल्लो पातझैँ दीपकजी सानैदेखि मिहिनेती, अनुशासित र शिष्ट व्यवहारका हुनुहुन्थ्यो, त्यसैले नै उहाँलाई सफलताको शिखरमा पु¥याएको हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “दीपकजीबाट आजका विद्यार्थीले सिक्नुपर्ने शिक्षा भनेको अनुशासित जीवन हो । हरेक अनुशासित व्यक्ति जहिले पनि, जहाँ पनि सफलै हुन्छन् ।”
कार्यक्रममा सम्मानित व्यक्तित्व प्रहरी महानिरीक्षक दीपक थापाले आफ्नो निम्ति कार्यक्रम आयोजना गरेकोमा विद्यालयका पूर्वविद्यार्थी समाजप्रति आभार व्यक्त गर्दै आफ्ना पुराना गुरू र साथीहरूसँगै पाउँदा आफू भावुक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यक्रममा आफ्ना प्रधानाध्यापक मोहन सरसँगै बस्दा अहिले पनि डर लागेको छ† यो डर उहाँप्रतिको मेरो सम्मान हो । आफूभन्दा ठुलाको सम्मान गर्ने नेपाली संस्कारलाई जोगाइराख्नुपर्ने हामी सबैको दायित्व हो ।”
हरेक नेपाली युवाको पहिलो दायित्व देशको सेवा हुनुपर्नेमा अहिले नेपाली युवाको विदेश पलायनप्रति दुःख व्यक्त गर्दै उहाँले देशभक्ति भावना जगाउने कार्यमा सबै जना लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष रवीन्द्र ज्याख्वले समाजमा नयाँ पुस्ता कुलतमा फसिरहेको, साइबर अपराध बढिरहेको सबैको लागि चुनौती हो भन्दै यसलाई सक्दो न्यूनीकरण गर्ने प्रहरी र समाजका अग्रजहरू सबैको साझा प्रयत्न आवश्यक छ भन्नुभयो ।
प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले विद्यालयको सङ्क्षिप्त प्रगति प्रतिवेदन सुनाउँदै कक्षा १२ सम्ममा चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको छ भन्नुभयो ।
शिक्षक ज्ञानसागर प्रजापतिले कुनै पनि व्यक्ति वा संस्था नमुना बन्नलाई नमुना लायक काम गर्नुपर्छ भन्दै वागीश्वरी विद्यालय समुदायको दरिलो साथ लिएर छिमेकी सामुदायिक विद्यालयहरूसँग सहकार्य गर्दै नमुना लायक काम गर्दै अघि बढिरहेको बताउनुभयो ।
समाजका कार्यवाहक अध्यक्ष रूपेश प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजका सदस्य सत्यनारायण प्रजापतिले स्वागत गर्नुभएको थियो भने सचिव विकल प्रजापतिले प्रहरी महानिरीक्षक दीपक थापाको प्रहरी सेवाको सङ्क्षिप्त विवरण सुनाउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मोहनप्रसाद प्रजापतिले प्रहरी महानिरीक्षक दीपक थापालाई मायाको चिनोसहित सम्मानपत्रका साथ सम्मान गर्नुभएको थियो ।
Leave a Reply