भर्खरै :

वागीश्वरी माविमा १९ औँ पुस्तकालय दिवस

वागीश्वरी माविमा १९ औँ पुस्तकालय दिवस

भक्तपुर, १५ भदौ । १९ सौँ पुस्तकालय दिवस सोमबार, वागीश्वरी सभाहलमा एक विशेष कार्यक्रम गरी मनाइयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले डिजिटल तरिकाले पुस्तक पढ्नुभन्दा वास्तविक पुस्तक पढ्नुपर्ने कुरामा जोड दिँदै पुस्तकमा पढेको कुरा स्मरणमा रहिरहने बताउनुभयो ।
टेक्स्टका संयोजक दिनेश प्रधानले कक्षा ९÷१० का विद्यार्थीहरूले खासगरी नेपाली र सामाजिक विषय सजिलो बनाउन र कल्पनाशक्ति बलियो बनाउन पठन संस्कृतिमा जोड दिँदै पढ्नुपर्ने केही पुस्तकहरूको सूचीसमेत प्रस्तुत गर्नुभयो । त्यस्तै विद्यालयका नेपाली शिक्षक इन्द्रकुमार श्रेष्ठले विद्यार्थीले सुरुमा आफ्नै देश र दर्शन बुझ्ने पुस्तकहरू पढ्नुपर्ने कुरा बताउनुभयो ।
कार्यक्रममा कक्षा ९ र १० का गरी जम्मा १४ जना विद्यार्थीहरूले आफूले मन पराएर पढेका विभिन्न पुस्तकको सामान्य परिचयात्मक समीक्षा प्रस्तुत गरेका थिए । कक्षा १० की छात्रा निशा थापाले सञ्चालन गरेको र सहायक प्रधानाध्यापक ज्ञानेन्द्र श्रेष्ठ, शिक्षक मङ्गलेश्वर ध्वजु र पुस्तकालय शिक्षक राधेश्याम प्रजापतिलगायतको समुपस्थितिमा भएको उक्त कार्यक्रम पुस्तकालय प्रमुख लक्ष्मीप्रसाद गाँइजुको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *