नयाँ पुस्तालाई सचेत गराउने जिम्मेवारी शिक्षकको काँध
- भाद्र १६, २०८३
दैलेख, १५ भदौ । नेमकिपा चामुण्डा बिन्द्रासैनी वडा नं. ८ को आयोजनामा बिन्द्रासैनी डाँडामा भक्तपुर काण्डको भत्र्सना गर्दै शनिबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी पहिरोको कारण मृत्यु भएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
पीडितहरूलाई विनापक्षपात राहतको व्यवस्था गर्न सरकारको दायित्व भएको उहाँले बताउनुभयो ।
भक्तपुर काण्ड राजनीतिक षड्यन्त्र भएको स्पष्ट पार्दै उहाँले नेमकिपालाई नष्ट गर्न खोज्ने पञ्चायत आफै पतन हुनुपरेको उल्लेख गर्नुभयो ।
नेमकिपा चामुण्डा बिन्द्रासैनीका अध्यक्ष दीपक शाहीले नेमकिपाविरूद्ध षड्यन्त्रहरू गर्नेहरूको पतन पनि षड्यन्त्रबाट हुने धारणा राख्नुभयो ।
नेपाल कर्मचारी समाजका नगेन्द्र कार्कीले पुँजीवादको पतन र समाजवादी व्यवस्था स्थापना नभएसम्म नेमकिपाको सङ्घर्ष चालु रहने बताउनुभयो ।
Leave a Reply