इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी
- भाद्र २६, २०८२
भक्तपुर, ४ भदौ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ वार्षिक साधारणसभा असोज ४ गते शनिबार ब्रह्मायणीस्थानमा हुने भएको छ ।
उक्त साधारणसभाको तयारीस्वरुप सञ्चालक समितिको आयोजनामा संस्थाको समिति, उपसमिति, कर्मचारीबिचको बुधबार भएको भेलामा उक्त जानकारी दिइएको हो ।
कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद कुसीले समिति, उपसमितिका साथीहरू दत्तचित्त भएर लागे हरेक कार्य पूरा हुने उल्लेख गर्दै साधारणसभामा सबैको साथ समर्थन आवश्यक रहेको बताउनुभयो ।
विभिन्न समयमा भएका कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरूको सुझावअनुसार सबै सदस्यको एकताले नै भक्तपुर आदर निकेतन खोल्न सफल भएको उहाँले बताउनुभयो ।
संस्थाका सचिव जगनाथ प्रजापतिले २८ औँ वार्षिक साधारणसभा तयारी पूरा गर्न शिक्षा उपसमितिलाई मञ्च तथा प्राविधिक व्यवस्थापन, युवा उपसमितिलाई खाजा तयारी व्यवस्थापन, वित्त व्यवस्थापन उपसमितिलाई खर्च व्यवस्थापन, कृषि उपसमितिलाई सरसफाइ व्यवस्थापन, सूचना तथा प्रकाशन उपसमितिलाई प्रचारप्रसार व्यवस्थापन, सांस्कृतिक उपसमितिलाई सांस्कृतिक प्रस्तुति व्यवस्थापन, खेलकुद उपसमितिलाई स्वयम्सेवक व्यवस्थापन, स्वास्थ्य उपसमितिलाई स्वास्थ्य हेरचाह व्यवस्थापन, ज्येष्ठ तथा बाल सदस्य उपसमितिलाई उपस्थिति रकम वितरण व्यवस्थापन, व्यवसाय प्रवद्र्धन उपसमितिलाई अतिथि सत्कार तथा जलपान व्यवस्थापन, महिला उपसमितिलाई स्वागत तथा अतिथि सत्कार व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा अनुगमन उपसमितिलाई कार्यक्रम तयारी व्यवस्थापन र प्रगति प्रतिवेदन तयारी समितिलाई प्रतिवेदन तयारीको जिम्मेवारी दिने जानकारी दिनुभयो ।
संस्थाका सहसचिव तारादेवी धन्छाले साधारणसभालाई प्रभावकारी र सफल बनाउन सबै तहबाट साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply