जारशाही संसद्मा बोल्शेभिक सांसद
- कार्तिक १९, २०८२

सन् १९१७ सेप्टेम्बरमा जर्मन समाजशास्त्री म्याक्स वेबरले लेखेका थिए– ‘आज वेस्टर्न फ्रन्टमा (पहिलो विश्वयुद्ध ताका युद्धबाट सबैभन्दा प्रभावित क्षेत्र) असभ्य अफ्रिकी र एसियाली बर्बरहरूको भीड र संसारभरिका चोर र बेकारहरूको जत्थाले भरिएको छ ।’ वेबरको यो भनाइले पहिलो विश्वयुद्धताकाका युरोप र विभिन्न युद्धग्रस्त क्षेत्रहरूमा बेलायत र फ्रान्सका लागि लड्दै गरेका दसौँ लाख भारतीय, अरबी, चिनियाँ र भियतनामी सेना र मजदुरलाई इङ्गित गथ्र्यो ।
जनशक्ति अभावपछि बेलायती साम्राज्यले करिब १४ लाखभन्दा बढी भारतीयलाई सेनामा भर्ना गरेको थियो । फ्रान्सले अफ्रिका र पूर्वी एसियाका उपनिवेशहरूबाट करिब ५ लाख सेना भर्ना गरेका थिए । झन्डै ४ लाख अफ्रिकी अमेरिकीलाई अमेरिकी सेनामा सामेल गरिएको थियो । यथार्थमा गैरश्वेत सैनिकहरू पहिलो विश्व युद्धका अज्ञात सेनाका रूपमा रहे ।
युरोपमा लामो समयदेखि युद्धलाई नियालिरहेका हो चि मिन्ह्ले कमजोर अधिनस्थहरूको जबर्जस्ती सैन्य भर्नाको निन्दा गरेका थिए । पहिलो विश्वयुद्ध सुरु हुनुभन्दा पहिले हो चि मिन्हले लेखेका थिए, ‘उनीहरूलाई फोहोरी निग्रोहरू… रिक्सा तान्नबाहेक केही काम नलाग्नेका रूपमा हेरिएको थियो तर जब युरोपका मानव वधशालाहरूमा ‘मानव चारा’ चाहिए तब यी अधिनस्थ र कमजोरहरूलाई सेवामा लिइयो ।’
आफ्ना स्वजन र आफन्तहरूको सम्मानजनक हैसियतको आशमा मोहनदास गान्धी, वेब डु बोइसजस्ता साम्राज्यवादविरोधीहरूले उत्साहसाथ आफ्ना गोरा मालिकहरूको युद्ध उद्देश्यलाई समर्थन गरेका थिए । तर, उनीहरूले वेबरको टिप्पणीको अर्थ थाहा पाउन सकेनन्, अर्थात् युरोपेलीहरू आफ्ना गैरश्वेत अधिनस्थ सेनासँग डराउँछन् र घृणा गर्छन्, किप्लिङ (रुडयार्ड) को भाषामा ‘नयाँ समातिएका सुस्त र मूर्ख मान्छेहरू’ (सन् १८९९ मा लेखेको कविता ‘दि ह्वाइट मेन्स बर्डन’ को पङ्क्ति) ।
यी औपनिवेशिक दास सेनाहरूको बारेमा चर्चित युद्ध इतिहासहरूमा निकै कम उल्लेख गरिएको पाइन्छ । स्मृति दिवसजस्तो पवित्र अनुष्ठानहरूमा यी दास सेनाहरूलाई सम्झना गरिन्न । बेलायती प्रतिष्ठतहरूको सेनोटेफ ह्वाइटहलको राजकीय पदयात्रा, ‘लास्ट पोस्ट’ को शोक धुनले तोडिएको २ मिनेटको मौनता, बिछ्याइएका अफिमका फुलदानी र बजिरहेको राष्ट्रगान, यी गतिविधिहरू युरोपमा भएको युद्ध निम्त्याउने आत्मघाती हर्कतलाई लिएर सम्झिइन्छ ।
गत शताब्दीदेखि पहिलो विश्वयुद्धलाई आधुनिक पश्चिमा सभ्यतामा सबैभन्दा ठुलो विच्छेदन मानिदै आएको छ । १९ औँ शताब्दीको ‘लङ पिस’ (लामो शान्ति) पछि अत्यधिक सभ्य मानिएका युरोपेली शक्तिहरू निष्कृय रहे । जसले गर्दा वर्णन गर्न नमिल्ने विनास निम्त्यायो । त्यो विनास जसका नसुल्झिएका गाँठाहरूले उदार लोकतन्त्र र सर्वसत्तावादकाबिच प्रलयकारी टकराव निम्त्यायो, अन्त्यमा उदार लोकतन्त्रकै जित भयो, जसले युरोपलाई एउटा सन्तुलनमा पु¥यायो ।
युरोपेली इतिहासमा करिब ८० लाखभन्दा बढीको मृत्यु र २ करोड बढी व्यक्ति अङ्गभङ्ग हुनेगरी भएको दोस्रो विश्वयुद्धको आगो दन्किनुपूर्वको सबैभन्दा आततायी युद्ध थियो । युरोपका विकट ग्रामीण क्षेत्रका स्मारकहरू र वेर्दन, मार्न, प्यासन्डेल, सोम्मजस्ता सहरी क्षेत्रका चिहानले शोकको व्यापक अनुभव गराउँछ । थुप्रै पुस्तक र फिल्महरूमा युद्धपूर्वको समयमा युरोपलाई समृद्ध र सुखी देखाइन्छ र सन् १९१३ को ग्रीष्मलाई सुनौलो ग्रीष्म भनेर चित्रण गरिएको पाइन्छ ।
तर, हिजोआज नस्लवाद र ‘जेनोफोबिया’ (विदेशीप्रति घृणा) पश्चिमा राजनीतिको केन्द्रमा फर्केको छ । यी घृणाका शृङ्खलाहरूले पहिलो विश्वयुद्धको दशकौँको नश्लीय साम्राज्यवादको पृष्ठभूमि सम्झिन बाध्य बनाएको छ । जसको नतिजा हामीले अहिलेसम्म भोग्न बाध्य छौँ । यो त्यस्तो प्रसङ्ग हो, जसको सम्झना स्मृति दिवसका दिन पनि गरिँदैन ।
‘युजेनेसिस्ट’ अर्थात् शारीरिक सम्बन्धमा नियन्त्रण गरी नश्ल सुधार गर्ने विचार मूलधारमा मज्जैले फैलिएको थियो । डेलीमेलजस्ता पत्रिकाहरूमा श्वेत महिलाहरू ‘यौन उत्तेजनामा आउँदा निकै बर्बर हुने आदिवासी’ हरूसँगको सामीप्यतालाई निकै चिन्ता र चासोका साथ हेरिएको बताउँदै त्यही प्रकाशित प्रसारित गरिएको थियो ।
अमेरिकाका अधिकांश राज्यहरूमा अन्तरनश्लीय सम्बन्ध र विवाहलाई गैरकानुनी ठह¥याइएको थियो । सन् १९१४ ताका युरोपका अफ्रिकी उपनिवेशहरूमा युरोपेली महिला र अश्वेत पुरुषबिच शारीरिक सम्बन्ध अवैध बनाइएको थियो । यद्यपि, युरोपेली पुरुष र अश्वेत महिलाबिचको शारीरिक सम्बन्धमा कुनै किसिमको रोकटोक थिएन । सन् १९१४ पछि युरोपमा ‘फोहोरी निग्रो’ हरूको उपस्थितिले यी नश्लीय व्यवहारहरू केही हदसम्म उल्लङ्घन भएका थिए ।
सन् १९१५ मेमा डेलीमेल पत्रिकामा घाइते भारतीय सेनाको पछिल्तिर उभिएका बेलायती नर्सको तस्बिर छापिएकाले निकै विवाद निम्त्यायो । सैन्य अधिकारीहरूले भारतीय सेनाको उपचारमा संलग्न नर्सहरूलाई निकाल्न खोजे । तत्पश्चात् नर्सहरूलाई अस्पताल हाता छोड्दा श्वेत पुरुष साथी नहुँदा अस्पताल छोड्न अनुमति दिइएन ।
नाजीहरू, जो नश्लीय स्वच्छताका मामिलामा अमेरिकी पद्धतिबाट प्रभावित भएका थिए, तिनले सन् १९३७ मा सयौँ अफ्रिकी पिताबाट जन्मेका बालबालिकालाई नपुंसक बनाएका थिए ।
फ्रान्सद्वारा जर्मनीमा युद्धपूर्वको विस्तारमा अफ्रिकी सेनाहरूको (विशेषतः माघ्रेब क्षेत्रका मुलुकहरू मोरोक्को, अल्जेरिया, ट्युनिसिया, लिबिया र मौरिटेनिया) प्रयोग हुँदा निकै आक्रोश र घृणा व्यक्त गरिएको थियो । पूर्वी अफ्रिकामा रहेका आफ्ना उपनिवेशहरूमा प्रभुत्व जमाउने क्रममा हजारौँ अफ्रिकी सेना प्रयोग नगरेको होइन तर ती सेनाहरूलाई युरोपमा परिचालन गरिएका थिएनन् अथवा जर्मन विदेशमन्त्री (समोआका पूर्वगभर्नर) विल्हेम सल्फले भने जसरी ‘नश्लीयरूपमा घिनलाग्दा अश्वेतहरूको प्रयोग’ को झल्को देखिने गरी प्रयोग भएका थिएनन् ।
सन् १९२० मा जर्मन राष्ट्रिय सभाले ‘यी जङ्गलीहरू भयानकरूपमा खतरनाक छन्’ भनेर ‘जर्मन महिला’ हरूलाई सचेत गराइएको थियो । सन् १९२० ताका एडोल्फ हिटलरले ‘माइन क्याम्फ’ लेख्दा जर्मन भूमिमा अफ्रिकी सेनालाई ‘श्वेत समुदायलाई सांस्कृतिक र राजनीतिक तह’ बाट च्यूत गराउने यहुदी षड्यन्त्रका रूपमा औँल्याए ।
नाजीहरू, जो नश्लीय स्वच्छताका मामिलामा अमेरिकी पद्धतिबाट प्रभावित भएका थिए, तिनले सन् १९३७ मा सयौँ अफ्रिकी पिताबाट जन्मेका बालबालिकालाई नपुंसक बनाएका थिए । वेबरले भनेझैँ हतियारसहित सुसज्जित ‘निगर’ अश्वेत सेनाको डर र तीप्रतिको घृणा जर्मनी वा दक्षिणपन्थी शक्तिहरूमा मात्रै थिएन । अर्थात्, पोपले अश्वेत सेनाहरूको उपस्थितिको विरोध जनाए र समाजवादी भनिएको बेलायती पत्रिका ‘डेली हेराल्ड’ ले सन् १९२० मा ‘युरोपमा अश्वेत विपत्ति’ शीर्षक राखेर प्रकाशित गरेको थियो ।
यी त थिए तत्कालीन विश्वव्यापी श्वेत बहिष्करणको नश्लवादी लहर जसलाई साम्राज्यवाद, ‘स्युडो–साइन्स’ छद्मविज्ञान र सामाजिक डार्विनवादले मजैले मलजल गरेको थियो । अहिलेको समयमा नश्ल विशेषबाट चलिआएको विरासतको लाभ बिस्तारै क्षय हुँदैछ । यो क्षयले पश्चिमा पहिचान र संस्थाहरूलाई क्षीण गर्दै गइरहेको छ । यसले नश्लवादलाई आधुनिक पश्चिमा जगतका नेताहरूलाई शक्तिशाली राजनीतिक सम्भावनाका रूपमा प्रस्तुत गरेको छ ।
आजकाल जसरी श्वेत सर्वोच्चतावादी उत्साहितरूपमा अन्तर्राष्ट्रिय सञ्जाल बनाउँदै छन्, त्यो हेर्दा सन् १९१० मा डु बोइसले सोधेको यो प्रश्न– ‘गोरोपन भन्या के हो, जो सबैले चाहन्छन् ?’ आज सोध्नैपर्ने टड्कारो अवस्था आइलागेको छ । जब हामी पहिलो विश्वयुद्ध सम्झिन्छौँ, तब हामीले यो युद्धलाई पश्चिमी विश्वव्यापी वर्चस्वको योजनाको रूपमा बुझ्नुपर्ने हुन्छ । जसमा सबै युद्धविरोधीहरूको मतैक्यता थियो ।
पहिलो विश्वयुद्धले वास्तवमा एसियाली र अफ्रिकामा रहेका हिंस्रक उपनिवेशवादी विरासतलाई घर फर्कायो, जसले युरोपमा आत्मघाती द्वन्द्वको पटाक्षेप गर्यो । तत्कालको यो परिघटनाले यो स्मृति दिवसमा एक अनिष्टको सङ्केत देखाउँदैछ अर्थात् सन् १९४५ पछिको भयङ्कर नरसंहार र विनास ।
इतिहासकारहरू जब प्रथम विश्वयुद्धका कारणबारे छलफल बहस गर्छन्, उनीहरूको जोड कठोर गठबन्धनहरू, हतियार र सैन्य प्रतिस्पर्धा, साम्राज्यवादी दुस्मनी र जर्मन सैन्यवादमा केन्द्रित हुन्छ । इतिहासकारहरू दोहो¥याइरहन्छन्, पहिलो विश्वयुद्ध २० औँ शताब्दीको सबैभन्दा भयानक विनास अर्थात युरोपको महाभूल, जसले प्रलयकारी दोस्रो विश्वयुद्ध र ‘होलोकास्ट’ (यहुदीहरूको कुख्यात नरसंहार) निम्त्यायो ।
युद्धसम्बन्धी गहन अध्ययन, दसौँ हजार पुस्तक र प्राज्ञिक शोध लेखहरू अधिकांश पश्चिमा वृत्त र बेलायत, फ्रान्स र जर्मनीको हत्या शृङ्खलाहरूमा घुमिरहेको हुन्छ, अझ भन्ने हो भने यी साम्राज्यवादी शक्तिहरूका महानगरीय केन्द्रहरूमा केन्द्रित रहेको छ । यी परम्परागत भाष्यहरूमा युद्ध सन् १९१४ को ‘गन्स अफ अगस्ट’ र उग्र राष्ट्रवादी सैन्य फैलावटलाई मान्ने गरिन्छ । जसलाई सन् १९१७ को रुसी क्रान्ति र बेल्फर घोषणाले केही निस्तेज पारेको थियो । शान्ति सन् १९१८ नोभेम्बेर ११ मा आएको थियो र युद्धलाई दुःखद तवरले सन् १९१९ को वर्सेलिस सन्धिले टुङ्ग्याएको थियो । जसले अन्ततः दोस्रो विश्वयुद्धका लागि मैदान तयार गर्यो ।
शीतयुद्धदेखि चर्चामा रहेको युरोपको प्रबल तर वैचारिक इतिहास अर्थात् विश्वयुद्धहरू जसका फासीवादी र साम्यवादी पाटाहरू थिए, ती उदार लोकतन्त्र र स्वतन्त्रताको राक्षसी पतन थिए । सन् १९४५ पछि थुप्रै युरोपेलीहरूको उपनिवेशवादी वर्चस्व र दुई भयानक युद्धका परिणामका बाबजुद युरोपले असाधारणरूपमा गति लियो ।
सैन्य शक्ति र सङ्ग्रहित विचारधाराप्रतिको वितृष्णाबिच पश्चिमी युरोपमा लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रताको सम्मान भएकोजस्तो देखियो । पुनःनिर्मित सामाजिक अनुबन्ध र लोक कल्याणकारी राज्यका व्यावहारिक फाइदाहरू स्वाभाविक थिए । तर, सन् १९४५ पछिका दशकका स्थिरता र सन् १९८९ को सोभियत पतनकै कारण युरोपमा मानव अधिकार र प्रजातन्त्र संस्थागत छ भनेर ठहर गर्न मिल्दैन ।
हाम्रा समसामयिक पूर्वाग्रहलाई बढावा दिने तरिकाले पहिलो विश्वयुद्धलाई सम्झिनुभन्दा हामीले हाना एरेंद्तले आफ्नो पुस्तक ‘द अरिजिन्स अफ टोटलेटारियानिज्म’ पुस्तकमा इङ्गित गरेका कुरालाई सम्झिनुपर्छ । यो २० औँ शताब्दीको युरोपको आततायी युद्ध, नश्लवाद र नरसंहारका बारेमा लेखिएको पहिलो किताब हो ।
एरेंद्तको बुझाइमा– ‘मानवतालाई मालिक र दासका बिचमा छुट्टयाउने’ काम युरोपेलीहरूले अधिकांश अफ्रिकी र एसियाली मुलुकहरूमा औपनिवेशिक शासन चलाउँदा सुरु गरेका हुन् । अवमूल्यनकारी बरियताक्रम आफ्नो मुलुकमा समानता र स्वतन्त्रता स्थापना गरी साम्राज्यवादी नियतका लागि गरिएको थियो ।
हामीले बिर्सने गरेका छौँ, १९ औँ शताब्दीका बेला विस्तारवादी नीति, जमिन, खाद्यान्न र अरू सामग्रीको आश्वासनलाई राष्ट्रिय उन्नतिका रूपमा बुझिन्थ्यो । नश्लवाद एक घिनलाग्दो पूर्वाग्रह थियो र छ । जसलाई सामाजिक र कानुनीरूपमा बहिष्कार गरिनुपथ्र्यो वा गर्नुपर्छ । यस पुस्तकमा तीव्र सामाजिक र आर्थिक परिवर्तन भएको गन्जागोल समाजमा नश्लवादलाई निरुत्साहन र बहिष्कारका माध्यमबाट समाधान गर्ने, राजनीतिक व्यवस्था स्थापना गरे र प्रभावितलाई शान्त तुल्याउने भन्नेबारे लेखिएको छ ।
२० औँ शताब्दीको सुरुमा, सामाजिक डार्बिनवादको लोकप्रियताले राष्ट्रहरूलाई पनि जैविक प्राणीको रूपमा हेर्ने धारणा बनाइदियो, जसले बाह्यशक्तिलाई निर्मूल गर्न नसके र आफ्ना जनतालाई ‘उचित ठाउँ’ को व्यवस्था गर्न नसक्दा मुलुकको लुप्तता र बर्बादी हुने धारणा फैलाइयो । मानवीय नश्लहरूमा भिन्नता छ भन्ने छद्म–विज्ञानका सिद्धान्तले जम्मै नश्लहरू सम्पत्ति र सत्ताका लागि अन्तर्राष्ट्रियरूपमा सङ्घर्ष भइरहेको देखायो ।![]()
डु बोइसले भनेझैँ गोरोपना ‘नयाँ धर्म’ बन्यो, जसले आर्थिक र प्राविधिक परिवर्तनका खतराबाट सुरक्षा दिने, शक्तिको आभास र बहुसङ्ख्यकमा थिको रजाइँको आश्वासन दियो । हाल पश्चिममा पुनरागमन गरेको श्वेत सर्वोच्चातावादी विचारले पहिलो विश्वयुद्ध युरोपको विच्छेदन होइन भन्न सक्नुपर्छ । वास्तवमा चिनियाँ प्रबुद्ध आधुनिक बौद्धिक लियाङ किचाउले सन् १९१८ मा भनेको यो पङ्क्तिजस्तै हो अहिलेको अवस्था ‘अतित र भविष्य जोड्ने मध्यस्थ बाटो’ ।
स्मृति दिवसका शोक गीत र सन् १९१३ को सुन्दर ग्रीष्मको व्याख्यानले, युद्धपूर्वको भयावह घटना र त्यो युद्धको २१ औँ शताब्दीमा पारेको असरलाई ठाडै अस्वीकार गर्छ । हाम्रो जटिलता भनेको युद्धको शताब्दीको बाटाहरू जहाँ अतितले हाम्रो वर्तमानलाई प्रभावित गर्दैछ र यसले कसरी हाम्रो भविष्यलाई खतरामा पार्नसक्छ भन्ने औँल्याउनु हो ।
– ‘द मन्थली रिभ्यू’ बाट
पहिलो विश्वयुद्ध समाप्त भएको करिब एक शताब्दी हुँदा पनि युद्धमा संलग्न गैर–युरोपेली मुलुकहरूको युद्ध सम्बन्धित विषयका अनुभव र दृष्टिकोण अझै पनि स्पष्ट हुन सकेको छैन । पहिलो विश्वयुद्धसम्बन्धी धेरैजसो विवरणहरूले युद्धलाई युरोपेली मामिलाका रूपमा मात्रै देखाइएको छ, अर्थात् युरोप महादेशको शान्ति चार वर्षको भयानक युद्धले बिथोलेको र पश्चिमा राष्ट्रवाद विकृत भएको देखाइन्छ ।
युद्धले एसियाली र अफ्रिकी क्षेत्रमा कसरी राजनीतिक उथलपुथल ल्यायो भन्ने बारेमा तुलनात्मकरूपमा धेरै अनभिज्ञ छन् । अर्थात्, अरब र तुर्की राष्ट्रवादी वा भारत र भियतनामी उपनिवेशविरोधी अभियन्ताहरूले यो युद्धलाई मौकाका रूपमा कसरी प्रयोग गर्न पाए ? अथवा युरोपका पुराना साम्राज्य भत्काउँदा, एसियामा जापानले कसरी आफ्नो बर्बर साम्राज्यवादी शक्ति फैलाउन पायो ।
अफ्रिका र एसियाका सत्तारुढ अभिजात वर्गहरूमा देखिएको उग्रराष्ट्रवाद पहिलो विश्वयुद्धले युरोपबाहिरका मुलुकहरूमा देखिएको राजनीतिक असरका रूपमा स्पष्टरूपमा हेर्न सकिन्छ र यो असरको स्पष्ट रूप चिनियाँ व्यवस्थामा प्रस्ट देख्न सकिन्छ, जहाँ चिनियाँ राज्यसत्ता पश्चिमाहरूले गरेको एक शताब्दी लामो अपमानको आपूmलाई बदला लिने शक्तिका रूपमा प्रस्तुत गर्छ ।
सन् १९१४ भन्दा अघिको शताब्दीको इतिहासले विश्वव्यापी नश्लीय क्रमहरू देखाउँछन् । जसमा ‘असभ्य’ हरूको नास गर्नु, आतङ्कित गर्नु, थुन्नु, बहिष्कार वा छुट्ट्याएर उग्र बनाउनु पूर्णतया प्राकृतिक वा जायज थियो । अझै बढेर भन्ने हो भने अहिले स्थापित व्यवस्था त्रूmर यहुदीहरूको नरसंहार (हलोकास्ट) निम्त्याउने पहिलो विश्वयुद्धको व्यवस्थासँग मेल खानु कुनै संयोग होइन । बरु अहिलेको उग्र, कानुनविहीनता र अङ्कुशविहीन बेलगामी साम्राज्यवादी हिंसाको कारण पुरानै युद्धकै कारण पुनरावृत्ति हो ।
हालैका केही युद्ध स्मृति समारोहहरूमा पहिलो विश्वयुद्धका गैर–युरोपेली सेना र रणभूमिहरूले ठाउँ पाउन थालेका छन् । समष्टिगतरूपमा करिब चालिस लाखभन्दा बढी गैरश्वेत सेनाहरू युरोपेली र अमेरिकी सेनाहरूमा खटाइएको थियो र लडाइँ विकट युरोप अर्थात् सर्बियादेखि पूर्वी एसिया, उप–साहरा अफ्रिका र प्रशान्त महासागरका टापुहरूमा पनि भएका थिए । मेसोपोटामिया (हालको इराकको ठुलो हिस्सा) मा कब्जा हुँदा एलाइज समूह (पहिलो विश्वयुद्ध ताकाको बेलायत, फ्रान्स, इटाली र अमेरिकाको युद्धको गठजोड) मा भारतीय सेनाहरू बहुमत थिए । मेसोपोटामियामा होस् वा प्यालेस्टाइन यी क्षेत्रहरूमा बेलायतले कब्जा जमाउन सफल हुनुमा भारतीय सेना प्रयोग नहुँदो हो त सम्भव हुने थिएन । शिख सेनाहरूले चीनमा रहेको जापानी उपनिवेशबाट जर्मनहरूलाई निकाल्न सहयोग गरेका थिए ।
अध्येता र विद्वानहरू अहिले पहिलो विश्वयुद्धका बेला ठेक्कामा ल्याइएका करिब एक लाख चालिस हजार सङ्ख्यामा रहेका चिनियाँ र भियतनामी मजदुरहरूका बारेमा चासो राख्न थालेका छन्, जसलाई पूर्वाधार निर्माण गर्न र सुरुङ खन्न प्रयोग गरिएको थियो । हामीलाई स्पष्ट जानकारी छ युरोपेली युद्धले अधिक उपनिवेशविरोधी अभियन्ता र आन्दोलन जन्मायो, उदाहरणका लागि चाउ एनलाई, जोपछि आधुनिक चीनका प्रिमियर बने, भियतनामी नेता हो चि मिन्ह । दासजन्य तरिकाले छुट्याएर गरिने एकदमै क्रुर व्यवहार अधिकांश एसियाली र अफ्रिकी मजदुरहरूको भाग्य थियो । युद्धलगत्तै फ्रान्स पुगेका देङ सियाओफिङले युद्धलाई यसरी सम्झिएका थिए– ‘चिनियाँ जनतालाई पुँजीपतिहरूले कुकुरसरह अपमान’ गरेर पीडा दिएका थिए ।
अहिले पश्चिममा चलिरहेको श्वेत सर्वोच्चताको लहरलाई बुझ्न हामीले इतिहासको गहिरोसँग अध्ययन गर्नैपर्ने देखिएको छ । १९ औँ शताब्दीको त्यो इतिहास जसले गोरो हुनुलाई पहिचान र आत्मसम्मान मानक मानिएको थियो र साथसाथै सैन्य र कूटनीतिक गठबन्धन आधार मानिएको थियो ।
सन् १९१४ भन्दा अघिको शताब्दीको इतिहासले विश्वव्यापी नश्लीय क्रमहरू देखाउँछन् । जसमा ‘असभ्य’ हरूको नास गर्नु, आतङ्कित गर्नु, थुन्नु, बहिष्कार वा छुट्याएर उग्र बनाउनु पूर्णतया प्राकृतिक वा जायज थियो । अझै बढेर भन्ने हो भने अहिले स्थापित व्यवस्था त्रूmर यहुदीहरूको नरसंहार (हलोकास्ट) निम्त्याउने पहिलो विश्वयुद्धको व्यवस्थासँग मेल खानु कुनै संयोग होइन । बरु अहिलेको उग्र, कानुनविहीनता र अङ्कुशविहीन बेलगामी साम्राज्यवादी हिंसाको कारण पुरानै युद्धकै कारण पुनरावृत्ति हो ।
युरोपेली क्षेत्रमा रहेको अहिलेको अमन चैनको कारण एसिया, अफ्रिका र अमेरिकाका क्षेत्रहरूमा भएको असङ्ख्य युद्धहरू हुन्, अहिलेको नयाँ खोजी भएको इतिहासले पुष्टि गर्छ । यी उपनिवेशहरू जटिलरूपमा उदाए जहाँ नश्लीय नरसंहार, ठुलो जनसङ्ख्याको बलपूर्वक विस्थापनजस्ता भयावह रणनीति प्रयोग गरी २० औँ शताब्दीको युद्ध रचियो ।
जर्मन उपनिवेशका बारेमा अध्ययन गरिरहेका इतिहासकारहरूले ‘हलोकास्ट’ भन्दा पहिलेको नरसंहार बारेमा खोतल्दा अफ्रिकी उपनिवेशहरूमा सन् १९०० को शताब्दीमा थुप्रै स–साना नरसंहार मच्चाएको पाएका छन् जहाँ लेबन्सरम (उपनिवेशकारी नीति) विचारलाई पनि परिपोषण गरिएको छ । जर्मनीले सभ्यता आधारभूत नियम तोडेर बर्बरताको नयाँ मानक बनाएको र विश्वलाई अत्यधिक बल प्रयोग गरी उग्र दुर्दशामा निचोड निकालिन्छ विशेषतः बेलायती–अमेरिकी शक्तिहरूबाट । जहाँ दुवै युरोपेली र अमेरिकीहरूमा गहिरो रूपमा साम्राज्यवादी अभ्यासहरू र नश्लीय व्यवहार चल्दै गएको थियो ।
यो सत्य हो पश्चिमी शक्तिहरूको मानसिकता डु बोइसको भाषामा ‘श्वेतपना’ चरम अवस्थामा एकाकार भएका हो, उनकै भाषामा भन्ने हो भने एकाकार हुने अवस्था भनेको ‘यो विश्वको स्वामित्व सदा सदाका लागि’ । उदाहरणका लागि दक्षिण–पश्चिमी अफ्रिकामा भएको जर्मनीको उपनिवेश, जसलाई जनसङ्ख्या वृद्धिको समस्या समाधान गर्न भनी गरिएको थियो । यो कामका लागि बेलायतले पनि सहयोग गरेको थियो र अर्को सत्य चीनलाई १९ औँ शताब्दी अन्त्यतिर पश्चिमा शक्तिहरूले सौहार्दपूर्ण तरिकाले खर्बुजाका चिरा बनाएझैँ बाँडेर खाएकै हुन् ।
लुटका मालका रूपमा रहेका अफ्रिकी र एसियाका क्षेत्रहरूमा पश्चिमा शक्तिहरूबिच तनाव हुँदा पनि ती समस्याहरूलाई सहजरूपमा सल्ट्याइन्थ्यो, चाहे त्यो अफ्रिकी वा एसियालीहरूको जीवनको मूल्यमा नै किन नहोस् ।
साम्राज्यवादी शक्तिहरू एक ठाउँमा आउनुका कारण, १९ औँ शताब्दीको अन्त्यतिर उपनिवेशहरूलाई आर्थिक–सामाजिक दबाबहरूको निदान गर्ने एक अचुक माध्यम बनाइएको थियो । उदाहरणका लागि सन् १८९५ मा पूर्वी लन्डनमा एकजना आक्रोशित बेरोजगार युवालाई सम्बोधन गर्ने क्रममा सुसिल रोड्सले (बेलायती राजनीतिज्ञ, व्यापारी, जो केप कोलोनी दक्षिण अफ्रिकाकामा रहेको उपनिवेशको प्रधानमन्त्री भएका थिए) साम्राज्यवादी नीतिलाई स्पष्टरूपमा जायज ठह¥याएका थिए । उनका अनुसार ‘साम्राज्यवाद सबै सामाजिक समस्याको समाधान हो अर्थात्, संयुक्त अधिराज्यका ४ करोड बासिन्दालाई खुनी गृहयुद्धबाट बचाउन हामी निवेशकहरूले नयाँ ठाउँहरूमा शासन जमाउनुपर्छ ताकि हाम्रो भएको अधिक जनसङ्ख्यालाई ती ठाउँहरूमा बसाउन सकियोस् र ती ठाउँहरूलाई हाम्रा फ्याक्ट्रीहरू र खानीका मालसामान, कच्चा पदार्थको बजार बनाउन सकियोस् । रोड्सका दृष्टिकोणमा ‘यदि मुलुकलाई गृहयुद्धबाट बचाउने हो हो भने हामीले साम्राज्यवादी बन्नैपर्छ ।’
रोड्सको अफ्रिकी सुनखानीको आशक्तिले दोस्रो बोर युद्ध गरायो । जहाँ बेलायतले अफ्रिकी महिला र बालबालिकाहरूलाई जबरजस्ती काममा लगाए, बोलीचालीको भाषामा रहेको ‘कन्सन्ट्रेसन् क्याम्प’ को सुरुवात त्यहीँबाट सुरु भयो । सन् १९०२ मा युद्धको अन्त्य हुँदा यो सिलसिला ‘इतिहासको सामान्य स्थान’ मात्रै बन्यो । जे.ए. हब्सनले लेखेका थिए ‘मुलुकमा बढिरहेको हिंसा र अत्याचारविरुद्ध रोषलाई विषयान्तर गर्न र जनतालाई गुमराहमा राखिराख्न सरकारले राष्ट्रिय दुश्मनी, विदेशी युद्ध र साम्राज्य निर्माणको आकर्षक सपनाहरू प्रयोग गर्यो ।’
यसै साम्राज्यवादी शक्तिको उदयसँग ‘उन्मात्त संवेदनशीलता र अशिष्ट अभिमानको तस्बिर’ का रूपमा देखापर्दै गयो, जसले शासकवर्गले ‘साम्राज्य फैलाउने सकेसम्म कोसिस गरे, एरेंदेतले लेखेका थिए । ट्याब्लोइड प्रेसहरूले ‘विदेशी भूमिहरूमा लुट मच्चाउने र विदेशीहरूको सफाया गर्न निम्ति मुलुकलाई सङ्गठित’ गर्ने काममा प्रोत्साहन गर्यो, एरेंद्तले थप लेखेकी थिइन् । सन् १८९६ मा स्थापित ‘दि डेली मेल’ ले आफ्नो स्थापनाकालदेखि बेलायती, गोरो र ‘जङ्गली आदिवासी’ भन्दा उच्च हुनुको भद्दा गर्वलाई उचाल्यो, जसरी अहिले उचाल्दै आएको छ ।
प्रथम विश्वयुद्धका अन्त्यमा जर्मनीबाट जर्मनीका उपनिवेशहरू खोसिए र लडाइँ जित्ने साम्राज्यवादी शक्तिहरूले बिना कुनै विरोधाभाष जर्मनीलाई अफ्रिकी आदीवासीमाथि दमन र दुव्र्यवहार गरेको आरोप लगाए । आफ्नो जोरदार नश्लीय साम्राज्यवाद जोगाउनका निम्ति यसै तर्कलाई लिएर ‘सही नियतका’ साम्राज्यवादी शक्ति बेलायत र अमेरिकालाई जर्मन, फ्रेन्च, डच र बेल्जियन साम्राज्यवादी शक्तिबिच आग्रह राखिन्छ । जोसेफ कोर्नाडको पुस्तक ‘हार्ट अफ डार्कनेस’ (१८९९) को चरित्र मार्लो भन्छन् – ‘युरोप जम्मैको योगदान छ– ‘कुजरलाई बनाउनुमा’ । परिवर्तित समयमा ती चरित्र भन्थे होला– ‘युरोप जम्मैको योगदान छ– ‘असभ्य’को संहार गर्नमा’ ।
सन् १९२० मा अफ्रिकामाथि अत्याचार र अपराध गरेको भन्दै जर्मनीको निन्दा भत्र्सना गर्ने बेलायतले आफैले इराकमाथि शृङ्खलाबद्ध हवाई बम आक्रमणको नीति लिएको थियो, जसको आधुनिक स्वरूप अघिल्लो दशकदेखि दक्षिण र पश्चिमी एसियामा भइरहेको बमबारी र ड्रोन आक्रमण रहिआएको छ । ‘अरब र कुर्दहरूलाई असली बमबारीका बारेमा राम्रोसँग जानकारी छ’ भनेर सन् १९२४ मा शाही वायु सेनाका एक अधिकारी अर्थर ‘बम्बर’ ह्यारिसले आफ्नो प्रतिवेदनमा लेखेका थिए । उनी थप्छन् – ‘उनीहरूलाई थाहा छ ४५ मिनेटमा पूरै गाउँ सखाप हुन्छ र एक तिहाई बासिन्दा कि मारिन्छन् कि घाइते हुन्छन्’ । ह्यारिस तिनै अधिकारी हुन्, जसले दोस्रो युद्धमा ह्यामबर्ग र ड्रेस्डेनमाथि गोलाबारी र तोपद्वारा आक्रमण गरेका थिए र तिनले इराकमा गरेको युद्ध अभ्यासबाट प्रभावित भएर सन् १९३० जर्मनीले ‘डेर टोटाल क्रेइग’ (पूरा युद्ध) नीति बनाए ।
युरोपेलीहरू आफ्ना मुलुकहरूका सुदूर उपनिवेशहरूका जानकार थिएनन् भनेर प्रायः भन्ने गरिन्छ र रोड्स, किप्लिङ र लर्ड कुर्जनजस्ता केही अडिग साम्राज्यवादीहरूले तिनीहरूका बारेमा पर्याप्त हेरचाह गरेका थिए । यसले युरोपमा नश्लवाद एक सानो समस्या थियो र युद्ध पश्चातको अर्थात सन् १९४५ को समयपछि नश्लवाद समस्याको रूपमा भड्केको भन्ने बुझिन्छ । तर, उन्मादी अन्धराष्ट्रवादले निम्त्याएको सन् १९१४को रक्तरङ्जित युद्धले लडाकु साम्राज्यवादी वर्चस्वता, नश्लीय सर्वोच्चताको अभिव्यक्ति स्पष्ट झल्काउँछ, जसले पछि राष्ट्रिय र व्यक्तिगत आत्मसम्मानलाई बढावा दियो ।
वास्तवमा इटाली सन् १९१५मा साम्राज्य उन्मादका कारण बेलायती र फ्रान्सेली कित्तामा जोडिन पुग्यो अर्थात् ‘एलाइड फोर्स’ यद्यपि साम्राज्यवादी उद्देश्य पूरा नहुँदा फासीवादी बाटोमा लाग्यो । इटालीका लेखक, पत्रकार, व्यापारी, राजनीतिज्ञहरूको साम्राज्यवादी शक्ति र प्रतिष्ठाप्रति आशक्ति १९ औँ शताब्दीदेखि थियो । इटालीले अफ्रिकामा आफ्नो अधिपत्य जमाउन बडो उत्साहसाथ सङ्घर्ष गरेको थियो तर सन् १८९६ मा लज्जास्पद हार व्यहोर्यो । (पछि मुसोलिनीले सन् १९३५ मा बदलास्वरूप कैयौँ इथियोपियालीलाई विषाक्त ग्यास प्रयोग गरी हत्या गरे) । सन् १९११ मा इटालीले लिबियालाई ओटोमन साम्राज्यबाट छुट्टाउने मौका पायो । थुप्रै असफलतापछि अन्ततः आक्रमण सफल भयो । जसलाई दुवै मुलुक बेलायत र फ्रान्सले स्वीकृति जनाएका थिए, जीतलाई निकै तामझाम र पतीतताका साथ उत्सव मनाइएको थियो । इटाली त्रूmरताका समाचार छाए, यो युद्धमा पहिलोपटक हवाई बमबारी भएको थियो । त्यसले एसिया र अफ्रिकाका मुसलमानलाई उग्रपन्थी बनाएको थियो । तर, इटाली सर्वसाधारण यी साम्राज्यवादी खेलबाट खुसी थिएनन् ।
सन् १९१४ देखि १९१८ हत्याको शृङ्खलाका जिम्मेवार मुख्यरूपमा जर्मन सैन्यवादलाई मानिन्छ तर यो हत्या शृङ्खलाको पृष्ठिभूमि बुझ्न सन् १८८० तिर जाने हो भने सैन्यवाद फिका लाग्दछन्, किनभने थुप्रै जर्मन राजनीतिज्ञ, व्यापारी र बौद्धिक र प्यान जर्मन लिगजस्ता लबी समूह (यो समूहमा छोटो समयका म्याक्स वेबर पनि संलग्न पनि थिए) बेलायत र फ्रान्स जस्तो साम्राज्यवादी बन्न उक्साएका र प्रोत्साहन गरेका थिए ।
अझ अघि बढेर भन्ने हो भने सन् १८७१ देखि १९१४ सम्म जर्मनीको सेनाको सैन्य गतिविधि युरोप बाहिर सञ्चालित थियो । यी क्रुर सैन्य कारवाहीहरू अफ्रिकी उपनिवेशहरूमा गरिएका थिए र सन् १९०० मा मध्य चीनमा चिनियाँ युवाद्वारा पश्चिमा वर्चश्वविरुद्ध गरेको विद्रोहमा, सात मुलुकहरूसँग मिलेर उपनिवेश जमाउने महत्वाकाङ्क्षी हमला गरेको थियो ।
एसियामा जर्मन फौज पठाउँदा, केजर (तत्कालीन जर्मन सम्राट) आफ्नो उद्देश्य नश्लीय भावनाबाट प्रेरित भएको प्रतीत गराएका थिए, उनले यसो भनेका थिए– ‘कसैलाई माफी नदिनु र न कसैलाई गिरफ्तार गर्नु’ उनले आफ्ना फौजलाई ‘कोही पनि चिनियाँहरू जर्मनसँग आँखा जुधाउने साहस नगरोस्’ भन्ने कुरामा आश्वस्त गर्न उर्दी जारे गरेका थिए । जर्मनहरू एसिया परिवेश गरेपछि ‘पीत विपत्ति’ (१८८० ताका प्रयोगमा आएका शब्द) केही हदसम्म दबाइएको थियो । सन् १९०० अक्टुबरदेखि सन् १९०१ वसन्तसम्म जर्मनीले चीनका ग्रामीण इलाकामा दर्जनौँ आक्रमण गरेका थिए, यी आक्रमण अझै पनि क्रूरताका लागि कुख्यात छन् ।
चीन पठाइएको जर्मन फौजमा लेफ्टिनेन्ट जेनरल लोथार भोन ट्रोथा थिए । जसको पहिचान अफ्रिकाका आदिवासीका हत्या र तिनका गाउँमा जलाउनुले बनाएको थियो । आफ्नो नीतिलाई ‘आतङ्कवाद’ नाम दिएका ट्रोथाले, उनका अनुसार आदिवासीलाई आफ्नो वशमा ल्याउन यो नीतिले ‘मात्रले सहयोग गर्छ’ । चीनमा ट्रोथाले मिङ्गका समाधिहरूलाई भत्काएका थिए र थोरे हत्या शृङ्खला चलाएका थिए, यी गतिविधिभन्दा सन् १९०४ मा जर्मन प्रशासित दक्षिण पश्चिम अफ्रिकामा (हालको नामिबिया) भएको उपनिवेशविरोधी विद्रोह दबाउनमा उनी कुख्यात छन् ।
त्यस वर्षको अक्टुबरमा ट्रोथाले सैन्यरूपमा हारेका हेरेरो समुदायलाई डाकेका थिए, जसमा महिला र बालबालिका पनि थिए, तिनलाई गोली हान्ने आदेश दिएका थिए र बाँच्न सफल भएकालाई ओमाहेके मरभूमिमा मर्नलाई छाडिदिनु भन्ने आदेश थिए । करिब ८०००० जनसङ्ख्या भएको हेरेरो समुदायमा करिब ६००००–७०००० व्यक्तिहरूको हत्या गरिएको थियो र कैयौँ मरुभूमिमा भोकै मरे । सन् १९०८ मा दक्षिण पश्चिम अफ्रिकामा भएको विद्रोहमा करिब नामा जातिको आधा जनसङ्ख्याको हत्या गरिएको थियो ।
यी यस्ता नरसंहार भएका थिए युरोपेली शान्तिका अन्तिम वर्षहरूमा (सन् १९१४ भन्दा पहिलेको समय) । अहिलेको कङ्गो जो सन् १८९८ देखि १९०८ सम्म बेल्जियमका तत्कालीन राजाको व्यक्तिगतको मौजाका रूपमा थियो । जसले कङ्गो जनसङ्ख्यालाई आधामा झारेका थिए । करिब ८० लाख अफ्रिकी जनताको हत्या भएको थियो । सन् १८९८ देखि १९०२ बेला फिलिपिन्समा अमेरिकी विजय हुँदा करिब २ लाख व्यक्तिको हत्या भएको थियो, जसलाई किप्लिङले श्वेत ः व्यक्तिका बोझ भनेका थिए । फिलिपिन्समा भएको हत्यासङ्ख्या कम भन्न सकिन्छ, किनभने ३० बाट २६ अमेरिकी जनरल आफ्नै मुलुककै आदिवासीहरूको कत्लेआममा व्यस्त थिए । एक जना ब्रिगेडियर जनरलले जेकोब एच. स्मिथले आफ्नो सैन्य टुकडीलाई आदेश दिएका ‘मलाई कैदी चाहिन्न । तिमीहरू जति मार्छौ, जति जलाउँछौ, त्यति म खुसी हुनेछु । सेनेटमा फिलिपिन्समा भएका अत्याचारको सुनुवाइ हुँदा जेनेरल अर्थर मेकर्थर (डग्लसका पिता) ले आपूm ‘शानदार आर्य’ भएको र ‘नश्लको एकताका लागि’ आपूm बाध्य भएको जनाएका थिए ।
– ‘द मन्थली रिभ्यू’ बाट
Leave a Reply