भर्खरै :

शत्रुदेखि जहिल्यै सावधान भइरहनुपर्छ

शत्रुदेखि जहिल्यै सावधान भइरहनुपर्छ

नेपाल मजदुर किसान पार्टीले लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर पञ्चायती निकायलाई उपयोग ग¥यो । नेमकिपाले पञ्चायती निकायलाई उपयोग गरेर निरङ्कुश पञ्चायती व्यवस्थाको विरोध ग¥यो† बहुदलको प्रचार ग¥यो र कम्युनिस्ट पार्टीका नेताहरू माओ त्सेतुङ, स्तालिनको जीवन प्रकाशित ग¥यो । ‘पञ्चायत’ मासिक पत्रिका प्रकाशन गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, देश विदेशका शोषित पीडित जनताको आन्दोलनको प्रचार ग¥यो । सरकारले कक्षा १ देखि ५ सम्म निःशुल्क गर्दा तत्कालीन भक्तपुर नगर पञ्चायतले ७ कक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था ग¥यो । जनतालाई साक्षर बनाउन प्रौढ कक्षा, फोहर नगरलाई स्वच्छ र सफा बनाउन सफाइ अभियान; जनतालाई जागरुक बनाउन र सांस्कृतिक स्तर उठाउन राजनीतिक कक्षा, समाजमा व्याप्त अन्धविश्वास, कुरीति, सरकार र प्रहरी प्रशासनको शोषण र दमनको विरोधमा विभिन्न रचनात्मक तथा जागरुक कार्यक्रम, गाईजात्रालाई उपयोग गरेर सांस्कृतिक अभियान थालनी ग¥यो । पार्टीले राजनीतिक चेतना जगाउने, जनताको सांस्कृतिक स्तर उठाउने, साम्राज्यवादविरोधी भावना जगाउने, देशभक्त बनाउने कामलाई निरन्तरता दियो । उक्त पार्टीले भ्रष्टाचारविरोधी अभियान छेड्यो; भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई जनतामाझ उदाङ्ग्याउने मात्र होइन जन कारबाही गर्ने काम ग¥यो ।
पार्टीले पञ्चायती व्यवस्थाको विरोध ग¥यो† पञ्चायती शासकहरूको दमन र निरङ्कुश चरित्रको विरोध ग¥यो; भ्रष्टाचार र अनियमितताको विरोध ग¥यो; साहित्य गोष्ठी र साहित्य सम्मेलनमार्फत जनचेतना जगाउने, लेखक, कवि, कलाकार, गायक, कथाकार तयार गर्ने काम ग¥यो । यसरी नेमकिपाले प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर देश र जनताको सेवा ग¥यो; किसानहरूको पक्षमा कानुनी तथा गैरकानुनी सङ्घर्ष ग¥यो । यसले पञ्चायती शासकहरू तर्से, रिसाए । नेमकिपाका नेता तथा कार्यकर्ताहरू पञ्चायती शासकहरूको निम्ति आँखाको कसिङ्गर भयो । पञ्चायती शासकहरूको निम्ति नेमकिपा असह्य भयो । शक्ति, बल र बुद्धिले केही गर्न नसक्ने स्थिति देखिएपछि पञ्चायती शासकहरूले ‘भक्तपुर काण्ड’ रचेर राज्यस्तरबाटै षड्यन्त्र गरे । संसारमा भएका अनेक षड्यन्त्रहरूमध्ये ‘भक्तपुर काण्ड’ पनि प्रतिक्रियावादीहरूको एक षड्यन्त्र हो । नेमकिपालाई समूल नष्ट गर्ने ध्येयले नै यो षड्यन्त्र रचिएको हो । तर, पञ्चायती सरकारको यो षड्यन्त्र असफल भयो । जो आगोसँग खेल्छ, त्यो आगोमै मर्छ, जो पानीसँग खेल्छ, त्यो पानीमै मर्छ भनेझैँ शक्तिको उन्मादमा मातेको पञ्चायती व्यवस्था षड्यन्त्रमै डुबेर अन्त्य भयो ।
यो राज्यस्तरकै षड्यन्त्र हो किन ? भदौ १० गतेको जुलुसमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह र राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीसमेत सहभागी भएको जुलुसमा ‘रोहितलाई फाँसी दे’ को नारा लगाइयो । केन्द्रीय भूकम्प उद्धार समिति, जिल्ला समिति र नगर कुनै पनि समितिमा नभएको कर्ण ह्योजुमार्फत राहत वितरण गराइयो । राहत वितरणमा पक्षपात गराइयो । शनिबार सरजमिन गरियो । सरजमिन एकतर्फी बनाउने कोसिस गरियो । प्रतिक्रियावादीहरूको सरजमिनमा सबै बयान तयारी थियो । प्रतिवादीहरूलाई सरजमिन स्थलमा नराखी अर्कै ठाउँमा मोटरमा कोचेर राखियो । ‘घाइते’ भनिएका ह्योजुलाई अस्पतालमा उपचार गरिएन । जुलुस, साहित्य सम्मेलन बिथोल्न पछि नपर्ने प्रहरी प्रशासन लामो समयसम्म मूकदर्शक रह्यो । भक्तपुर अदालत छोडेर विशेष अदालत काठमाडौँमा मुद्दा लगाइयो । छिनछिनमा जाहेरी बयान फेरियो । घटनामा संलग्न नभएका, घटनाबारे थाहै नभएका नेमकिपाका कार्यकर्ता र शुभचिन्तकहरूलाई मुद्दा लगाइयो । यी यावत कारणले ‘भक्तपुर काण्ड’ राज्यस्तरबाट रचिएको षड्यन्त्र भएको कुरा स्पष्ट हुन्छ ।
‘भक्तपुर काण्ड’ पछि प्रहरीले घर घरमा खानतलासी लियो, ढोका फोड्यो† शारीरिक र मानसिक मातना दियो† घरमा भएभरका किताब लग्यो । स्कूल र नगर पञ्चायत कब्जा गर्यो । भक्तपुर नगर पञ्चायत विघटन ग¥यो । युवा–विद्यार्थी, किसान भूमिगत भए । हरेक दिन गुण्डाहरू घर–घरमा आएर ‘ज्यान जाने भो’, ‘सम्पत्ति जफत हुने भो’ भन्दै तर्साउन आए । सार्वजनिक जग्गा मिचियो । सार्वजनिक जग्गा सङ्घ संस्थामा राख्न थाल्यो । पञ्चायती गुण्डाहरू प्रहरी प्रशासनलाई रिपोर्ट दिन र टोल–टोलमा क–कसलाई ज्यान मुद्दा राख्न हुन्छ भनी उनीहरू रक्सी खाँदै भेटघाट हुन थाले । प्रहरी खोरमा शारीरिक र मानसिक यातना दिएको त बयान गरेर साध्य छैन ।
चिनियाँ सहित्यकार लुसुनले ‘मार या नमार त्यो सत्यलाई व्यर्थै, जागी उठ्ने छ त्यो फेरि उस्तै’ भनेझैँ जनता जाग्न थाले, उठ्न थाले । प्रत्यक्ष या अप्रत्यक्ष, गोप्य या खुला रूपमा कक्षा र सभाहरू हुन थाले । पर्चा पोस्टरिङ हुन थाल्यो । टोल–टोलमा गोप्य कक्षा हुन थाल्यो । त्यस्तो खबर सञ्चारकर्मी, कानुनविद्, मानवअधिकारवादीकहाँ पुग्यो । उनीहरू पनि ‘भक्तपुर काण्ड’ को घटना जालसाजी नै भएको अडानमा पुगे र उनीहरूले पनि पार्टीलाई साथ दिए र पञ्चायती सरकारको विरोध र निन्दा गरे । उक्त घटना सेलाउन नपाउँदै वाममोर्चा र नेका मिलेर पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था स्थापना गर्न संयुक्त आन्दोलन भयो । आन्दोलन उचाइमा पुग्यो । फागुन ८ गतेकै दिन भक्तपुरका चार युवा विद्यार्थी सहिद भए । सोको खबर एक कान दुई कान मैदान हुँदै देशभरि फैलियो ।
अब भक्तपुरकै कारण पञ्चायती व्यवस्था अन्त्य हुने कुरा फैलियो । अन्ततः २०४६ चैत २६ गते पञ्चायती व्यवस्था अन्त्य भएको घोषणा भयो । पक्राउ परेका सबै बन्दीहरू रिहा भए । पञ्चायती व्यवस्थाको षड्यन्त्र चकनाचुर भयो र बहुदलीय व्यवस्था स्थापना भयो । नेमकिपा व्यक्तिहत्याको विरोधमा छ । व्यक्ति मारेर परिवर्तन नहुने नेमकिपाको धारणा हो । हो, यस्ता घटना या जालसाजीहरू फेरि फेरि पनि दोहोरिन सक्ने हुँदा हरपल हर समय सचेत र सङ्गठित हुनुपर्छ । शत्रुदेखि जहिल्यै सावधान भइरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *