सुशासन र विधिको शासन नाउँ मात्रको नहोस्
- जेष्ठ ३०, २०८३
हरेक सरकार र राजनीतिक दलको उद्देश्य समाज बदल्ने हो† समाज बदल्न आवश्यक तयार गर्ने हो । समाज नबदलेसम्म विकासको उचाइमा पुग्दैन, जनताको जीवनस्तर माथि उठ्दैन । समाज बदल्न जनतामा व्यापक जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ । राजनीतिक चेतना र सांस्कृतिक स्तर उठाउने काम विशेषतः कम्युनिस्ट पार्टी या वामपन्थी पार्टीले गर्नुपर्छ । पुँजीपतिवर्गले पुँजीवादी व्यवस्था बदल्दैन; बदल्ने काम गर्दैन । अहिलेको राजनीतिक व्यवस्था पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थालाई निरन्तरता दिनु उनीहरूको धर्म हो । उनीहरू पुँजीवादी व्यवस्था फाल्न लाग्दैनन् बरू अझ बलियो बनाउन लाग्छन् ।
रास्वपाको नेतृत्वमा बनेको सरकार पनि कम्युनिस्टविरोधी सरकार हो । कम्युनिस्टविरोधी सरकारले व्यापक जनता या श्रमजीवीवर्गको हित गर्दैन; श्रमजीवीवर्गको पक्षमा ऐन कानुन बनाउँदैन । पुँजीवादी शासकहरू पुँजीवादी व्यवस्था कायम गर्न साना–तिना सुधारात्मक काम गर्छन् । पहिलेको सरकारभन्दा ‘राम्रो’ सरकार देखाउन पहिलेको सरकारले नगरेको काम गर्न हौसिन्छन् या फरक ढङ्गको काम गर्न अघि बढ्छन् । यो सरकारले जस्तोसुकै राम्रो काम गर्न र गराउन प्रयत्नशील रहे पनि पुँजीपतिवर्ग र सामन्तवर्गकै सेवा गर्छ भन्नेमा शङ्का छैन । कुनै सरकारले दुई–चारवटा नयाँ सुधारात्मक कार्य गर्दैमा समाज परिवर्तन हुने होइन; बहुमत जनताको सेवा हुने होइन ।
कम्युनिस्ट पार्टी र कम्युनिस्टहरूको उद्देश्य समाज परिवर्तन हो† शोषणरहित समाज स्थापना गर्नु या आमूल परिवर्तन गर्नु हो । तर, आमूल परिवर्तन तुरून्तै हुने होइन । आमूल परिवर्तनको निम्ति व्यापक जनतालाई समाज बदल्नुपर्छ, समाज नबदलीकन जनताको हित हुनेछैन भन्ने कुरा बुझाउनुपर्छ । त्यो बुझाउने काम कम्युनिस्ट कार्यकर्ता या वामपन्थीहरूको हो । यसका लागि कम्युनिस्ट कार्यकर्ताहरू जनताबिच पुगिरहनुपर्छ; जनतामाझ गएर, भिजेर साङ्गठनिक क्रियाकलाप गरिरहनुपर्छ । अझै कति शिक्षित, बुद्धिजीवी, लेखक, प्राध्यापकहरूमा भ्रम छ – दल ठुलो हुनु नै सच्चाइको आधार हो भन्नेतर्फ । जनताले नै ठुलो दल बनाएको उनीहरू स्वीकार्छन् । निर्वाचनमा जनताले चुनेको ठुलो दललाई नै सही मान्ने हो भने पहिले रास्वपाको नीति गलत थियो भनी सम्झनुप¥यो । पहिले पालैपालो नेका, एमाले र माओवादी ठुलै दल बनेका थिए । त्यसबेला ती दलहरू ठीक, अहिले बेठीक कसरी भन्ने ¤ त्यसबेला पनि जनताले दल ठुलो बनाएकै हुन् ।
जनताले दलको सिद्धान्त र विचार बुझेर, अध्ययन गरेर नेका, एमाले र माओवादीलाई जिताएका होइनन् । अहिले रास्वपाको दल ठुलो भएको छ । तर, सत्य के हो भने जनताले रास्वपाको सिद्धान्त र विचार अध्ययन गरेर मतदान गरेका होइनन् । रास्वपामा निर्वाचित धेरै सांसदहरू राजनीतिमा भिजेका होइनन् । रास्वपाको सिद्धान्त र विचार बुझेर उम्मेदवार भएका होइनन् । उनीहरू साँच्चै परिवर्तन चाहँदैनन्; परिवर्तनको निम्ति लाग्दैनन् ।
कुन दल ठीक र बेठीकको आधार पुरानो र नयाँ दल पनि होइन । सही सिद्धान्त र विचारको आधार नयाँ र पुरानो दल होइन । कुनै पुरानो सत्तारूढ दलको सिद्धान्त गलत हुँदैमा सबै पुरानो दललाई उही दृष्टिले हेर्नु मनासिब हुँदैन । रास्वपा नयाँ दल होइन, रास्वपाका नेताहरू नयाँ होइनन् । नयाँ दल र नयाँ दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरूमा जोश, जाँगर हुनु स्वाभाविक हो । उनीहरू काम गर्न हतारिन्छन्† आफूलाई सही व्यक्ति देखाउन अनेक प्रयास गर्छन् । अहिले पनि समाजमा सामन्ती अवशेष बाँकी छ । त्यसलाई पूर्णतः अन्त्य गर्नुपर्छ । त्यस्तै पुँजीपतिवर्गको व्यवस्था पनि बदल्नुपर्छ । अतः जनतामा समाज बदल्नुपर्छ भन्ने भावना जगाउनुपर्छ† जगाउन अभिप्रेरित गरिरहनुपर्छ । यस्तो काम सामन्तवर्ग र पुँजीपति वर्गको पार्टी र सरकारले गर्दैनन् ।
निर्वाचनमा हार जितका अनेक कारण हुन्छन् । निर्वाचनमा झूटको खेती हुन्छ । पैसाको राजनीति हुन्छ । लहैलहैमा मतदान गरिएको हुन्छ । बहुमत जनता राजनीतिक र वैचारिकरूपले स्पष्ट नभएसम्म, सचेत र सङ्गठित नभएसम्म, श्रमजीवीवर्गको हित हुने समाजवादी व्यवस्था चाहिन्छ भन्ने भावनाले सिञ्चित नभएसम्म यो पुँजीवादी व्यवस्थामा अनेक चलखेल, तिकडम, षड्यन्त्र, साम, दाम, दण्ड र भेदको राजनीति भइरहेको हुन्छ । समाजवादी व्यवस्थामा श्रमजीवीवर्गको हितमा ऐन कानुन बनाइएको हुन्छ† काम–मामको व्यवस्था गरिएको हुन्छ; स्वास्थ्योपचार, शिक्षा निःशुल्क गरिएको हुन्छ । अपराधीहरू सजातगी हुन्छन् । सबैले न्याय, समानता पाउन, व्यक्तित्व विकास गर्ने अवसर पाउन आमूल परिवर्तन अपरिहार्य छ । त्यसकारण जनतामा समाज बदल्नुपर्छ भन्ने भावना जगाउनुपर्छ† सो भावना जगाउन कार्यकर्ताहरू निरन्तर खटिरहनुपर्छ ।
Leave a Reply