नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, १४ भदौ । कामदार वर्गलाई शासकवर्गको रूपमा उठाउने नेपाल मजदुर किसान पार्टीको नीतिबाट तर्सेर निरङ्कुश पञ्चायती राजतन्त्रका मतियारहरुले राज्यस्तरबाट षड्यन्त्र गरी नेपाल मजदुर किसान पार्टीको जरैदेखि उखेल्ने उद्देश्य राखी भक्तपुर काण्ड रचिएको थियो ।
उक्त कुरा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले वाँचुत्व–खँचा म्ह्याय्मचा पुचःद्वारा शुक्रबार आयोजित भक्तपुर काण्डको भत्र्सना कार्यक्रममा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “त्यो काण्डपछि भक्तपुरमा राज्य आतङ्क चलाइयो । महिलालाई अभद्र व्यवहार गरियो । सरजमिनमा भएको धाँधलीको विरोधमा महिला जुलुस भयो । त्यस काण्डले भक्तपुरका महिलाहरु जागृत बन्न बाध्य भए । महिलाहरुको सक्रियता र आन्दोलनको कारण उक्त काण्ड एक षड्यन्त्र हो भन्ने प्रस्ट हुँदै गयो ।”
केन्द्रीय सदस्य कवांले जर्मनीमा पनि सन् १९३३ मा हिटलरको सरकारले त्यहाँको संसद् भवन राइख्स्टागमा आगो लगाई कैयौँ कम्युनिस्ट नेता, सांसद र कार्यकर्तालाई फसाई ज्यान सजाय दिने, कैद गर्ने र अमानवीय यातना दिने गरेको स्मरण गर्नुभयो । उहाँले भोलिका दिनमा पनि त्यस्तो षड्यन्त्र हुनसक्ने भएकोले सचेत रहनु आवश्यक छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष रोशनमैयाँ सुवालले २०४५ सालमा हामीले भूकम्पको क्षति मात्र होइन त्योभन्दा ठुलो क्षति भक्तपुर काण्डबाट आर्थिक, सामाजिक, भौतिक क्षति व्यहोर्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्दोष मान्छेलाई छोडिदिनोस् भनी आफ्नो मर्का लिएर प्रमुख जिल्ला अधिकारीकहाँ आवाज लिएर गएकी महिलामाथि तत्कालीन प्रमुख जिल्ला अधिकारीले कुटपिट गरेका थिए ।”
नेमकिपा वाँचुत्व खँचा एकाइ समितिका अध्यक्ष बद्रिराम छुस्याबागले नेमकिपाले गरिब किसान समूदायलाई राजनैतिक शिक्षा दिएर अगाडि ल्याएको सहन नसकी उहाँविरुद्ध षड्यन्त्र गरेको हो भन्नुभयो ।
पोषणविज्ञ सोनिका ख्याजुले शक्ति दिने, प्रोटिन दिने, भिटामिन दिने र चिल्लो गरी चार थरी खाना मिलाएर खायो भने सन्तुलित पोषण हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “बिहान पहिला एक गिलास पानी पिइसकेपछि मात्र अरू कुरा खानु उत्तम हुन्छ । खानामा चौथाइ भात, दुई चौथाइ तरकारी, चौथाइ प्रोटिन युक्त खानेकुरा खानु सर्वोत्तम भोजन हुन्छ ।”
उहाँले कोक, फान्टा, ड्यू, स्प्राइटजस्ता सेवनले शरीरलाई हानि गर्ने उल्लेख गर्दै खाना नमिल्ने गरी खानु र शारीरिक कशरत नगर्नाकै कारण सुगर, प्रेसर, ग्यास्ट्रिक, क्यान्सर, कोलेस्टेरोल, मुटुरोगजस्ता नसर्ने रोग बढिरहेको हो भन्नुभयो ।
महिला पुचःका अध्यक्ष विष्णुकेशरी ख्याजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्णलक्ष्मी कुस्मा, गंगादेवी बनमाला र हेरा ख्याजुले पनि भक्तपुर काण्डको विरोध तथा भत्र्सना गर्नुभएको थियो । भक्तपुर काण्डको भत्र्सना गरिएको गीत न्हुछेलक्ष्मी दुवाल, मैँयाकेशरी कुस्मा, पूर्णकेशरी दुवाल र नानीछोरी शिवहरिको समूहले प्रस्तुत गरेको थियो ।
Leave a Reply