नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, १४ भदौ । भक्तपुर नगरपालिका वडा नं. ६ स्थित भौलापुखु युवा समूहको दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा ख्वप अस्पताल भक्तपुरका निमित्त निर्देशक डा. मजेशप्रताप मल्लले टोलका युवाहरूको उल्लेखनीय एकताको प्रशंसा गर्दै युवाहरूको एकताले समाजमा उदाहरणीय काम गर्न सकिने बताउनुभयो ।
डा. मल्लले युवा समूहले आमा सुरक्षा कार्यक्रम र पूर्ण खोप, युवा र किशोर किशोरीहरूको मानसिक स्वास्थ्य उपचारजस्ता विषयमा योगदान गर्नसक्ने बताउनुभयो ।
समूहका सल्लाहकार तथा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला अध्यक्ष ग(ोशराम थुसाले समूहले नयाँ र पुराना पुस्ताबिचको सम्बन्धलाई सुमधुर बनाउन भूमिका खेल्नुपर्ने र सामूहिक भावनाको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
समूहका अध्यक्ष सुरेन्द्रप्रसाद दुवालको सभापतित्वमा भएको कार्यक्रममा अर्का सल्लाहकारहरू बिकुलाल सुवाल, पुण्यराम दुवाल र सुनिल थुसाले पनि बोल्नुभएको थियो ।
समूहका कोषाध्यक्ष कृष्णराम कोण्डाले आर्थिक प्रतिवेदन, सचिव सुन्दर त्यातले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा गोपीकृष्ण चाँगुभारी, कृष्णभक्त चाँगुभारीले पनि बोल्नुभएको थियो । अधिवेशनले सुरेन्द्रप्रसाद दुवालकै अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन ग¥यो ।
Leave a Reply