राजनैतिक बन्दोबस्तबारे बुद्धिजीवी समुदाय सैद्धान्तिक र व्यावहारिक रूपले पहिले स्पष्ट होऔँ !
- जेष्ठ ४, २०८३
जनताले हेर्ने कुन दल ठुलो र सानो होइन । कुन दलले कुन वर्गको सेवा गर्छ भन्ने महत्वपूर्ण हुन्छ । कुनै दल कहिले सानो र कहिले ठुलो हुन्छ । कुन दल सही र गलत विचारको हो भन्ने हेर्ने नापो दल ठुलो र सानोभन्दा दलको सिद्धान्त र विचार नै हो । राजनीतिक र वैचारिक रूपले सचेत नभएका कति जनता हल्ला, लोभलालच र ठुलो दल भनी लाग्छन्† निर्वाचनमा मत हाल्छन् । दलको उद्देश्य र विचार नै थाहा नपाइकन लहैलहैको भरमा जनताले मतदान गरेको कारण श्रमजीवीवर्गको शोषण† दमन गर्ने, श्रमजीवीवर्गको अहितमा ऐन कानुन बनाउने दल र दलका उम्मेदवार जित्छन् । सर्वसाधारण जनताले वर्गीय शत्रु र वर्गीय मित्र थाहा नपाउँदा आफ्नै खुट्टामा बञ्चरो हान्ने दलको पछि लागिरहेका छन् । यसकारण, कुनै दलमा लाग्नु अघि, दलमाथि विश्वास गर्नुअघि या दल र दलका उम्मेदवारलाई मतदान गर्नुअघि कुन दलले कुन वर्गको सेवा या प्रतिनिधित्व गरिरहेको छ, त्यो थाहा पाउनुपर्छ ।
देशमा बहुमत जनता श्रमजीवी वर्गका छन् । जनताले श्रमजीवीवर्गको सेवा गर्ने, उनीहरूको निम्ति सङ्घर्ष गर्ने दल रोज्नुपर्छ । दलको उद्देश्य नै नहेरी नबुझी हल्ला र मिठो आश्वासन या लोभको भरमा पछिपछि लागेपछि जनताले दुःखबाहेक अरु सेवा पाउने छैनन् । आज देश किन ऋणमा डुब्दै छ ? जन्मको आधारमा विदेशीले पनि वंशजको आधारमा नेपाली नागरिकता पाउने व्यवस्था शासकहरू किन गर्छन् ? देशको अस्मितामा दाग लाग्ने, नेपालको कानुन मान्य नहुने खालको एमसीसी सम्झौतामा शासकहरूले किन हस्ताक्षर गरे ? नेपालको असंलग्न परराष्ट्र नीति र मूल्य मान्यताविपरीत सरकारले किन युक्रेनको पक्षमा हस्ताक्षर ग¥यो ? प्यालेस्टिनमा ६५ हजारभन्दा बढी ज्यान जाने गरी, सहरै ध्वस्त हुने गरी इजरायलले आक्रमण गरे पनि सरकार किन बोल्दैन ? देशमा शासक दलका नेता, मन्त्री, सांसद, कार्यकर्ता, जनप्रतिनिधिहरू भ्रष्टाचार र अनियमिततामा फसे पनि सरकार मुख खोल्दैन । शासकहरू भ्रष्टाचारीहरूलाई कारबाही गर्न किन पहल
गर्दैनन् ?
हरेक राजनीतिक दल देशको सार्वभौमिकता, भूअखण्डता र स्वतन्त्रता जोगाउने सङ्घर्षमा लाग्नैपर्छ । देशको सार्वभौमिकता, भूअखण्डता र स्वतन्त्रतामा वास्ता नगर्ने शासकहरू देशभक्त हुनसक्दैनन् । अन्तर्राष्ट्रवादी भावनाअनुरुप विदेशी थिचोमिचो, हस्तक्षेप र शोषण, दमन र आक्रमणको विरोध नगर्ने दलहरू सच्चा कम्युनिस्ट हुनसक्दैनन् । राजनीतिक दलले निर्वाचनमा मत प्राप्त गरेको आधारमा देशको राज्यकोष लिन चाहने, देशको आयस्रोतबाट पार्टी कार्यालयको निम्ति सार्वजनिक जग्गा लिने, पार्टी कार्यालय बनाउन देशको बजेट छुट्याउने दलका शासकहरू कसरी इमानदार हुन्छन् ?
हरेक कम्युनिस्ट पार्टी र पार्टीका नेता तथा कार्यकर्ताहरू देश र जनताप्रति समर्पित हुनुपर्छ । प्रजातन्त्रवादीहरू गणतन्त्रलाई संस्थागत गरी जीवनपद्धतिको रुपमा विकास गर्नुभन्दा प्रजातन्त्रको मूल्य र मान्यताको खिल्ली उडाउँदै छन् । उनीहरू सरकारको नेतृत्व गर्न पाएपछि, निर्वाचनमा गठबन्धन गर्न पाएपछि शत्रु र मित्रको ख्याल गर्दैनन्† सिद्धान्त र विचारको वास्ता गर्दैनन् । सिद्धान्त र विचार छोडेर सत्ताको राजनीति गर्ने, सत्ता टिकाउन सिद्धान्त र विचार बन्धक राख्ने शासकहरूको देशमा कसरी सुशासन हुन्छ ? सिद्धान्त र विचारको राजनीति गरेको भए कमसेकम कुनै दलले दिशानिर्देश गर्नसक्छ । तर, अहिले विचार नमिलेको दलहरूको संयुक्त सरकार भएको हुँदा देश अनिर्णयको बन्दीजस्तै भइरहेको छ । सरकारले दिशा निर्देश गर्न सकेको छैन । अतः यहाँ खासै कुनै मौलिक परिवर्तन हुने काम भएको छैन । के दुई ठुला दलको सरकार ‘शो पिस’ मात्र हो ?
Leave a Reply