समस्याग्रस्त सहकारीबारे श्वेतपत्र जारी ४० अर्बभन्दा बढी रकम फिर्ता अनिश्चित
- फाल्गुन १९, २०८२
प्रिय सम्पादक ज्यू,
मजदुर दैनिक, भक्तपुर ।
भक्तपुर ख्वप अस्पतालको पूर्वपट्टिको भवनमा केही महिनादेखि पाखाको छानाका घाँस र झारपात उम्रेको र कालो रङको केही वस्तु देखिनु अत्यन्त अशोभनीय देखिन्छ ।
यसबारे अस्पताल प्रशासन किन मौन छ ? यो सोचनीय विषय हो । के ख्वप अस्पतालमा प्रशासन छैन ? यहाँ प्रशासनको अर्थ मेडिकल प्रशासन (उपचारमा संलग्न चिकित्सक र नर्सहरू होइनन्) होइन । यो अस्पताल भक्तपुर नगरपालिकाद्वारा सञ्चालित हुँदा गुण र दोष नगरपालिकालाई नै जान्छ । चाहे त्यो निर्वाचित प्रतिनिधि होऊन् वा जाँचकी र निरीक्षकहरू होऊन् ।
अहिलेको मौसमले काम गर्न नहुने अवस्थाको कारण भदौको आधातिर काम थाल्नु सम्भव नहोला । तर, धेरै ढिलो भएमा छाना भत्केर ख्वप अस्पतालसँगैको बसपार्कका जनतालाई घाउ र चोटपटक लाग्ने सम्भावना छ ।
बसपार्कको व्यवस्था होस्
सय शøयाभन्दा बढीको अस्पताल हातामै खचाखच बसपार्क हुनु बिरामी र भक्तपुरको जनताको निम्ति लज्जा र मानसिक यातनाको विषय हो । बस ड्रात्र र सम्बन्धित संस्थाहरूका पदाधिकारीहरू पनि हाम्रै नेपाली जनता र भक्तपुर जिल्लाकै जनता हुन् । आफ्ना परिवारका सदस्य नातागोता वा साथीभाइ र छिमेकीहरूमात्रै होइन ड्रात्रहरू आफैँ पनि बिरामी हुनसक्छन् । त्यसबेला पार्कको होहल्ला तथा बस एवं मोटरहरूको डिजेल र पेट्रोलको धुवाँले निश्चय पनि बिरामीको स्वास्थ्यमा राम्रो असर पर्दैन ।
यसकारण, भक्तपुर नगरपालिकाले अर्को पार्कको बन्दोबस्त गर्नु आवश्यक छ । बस सेवा ‘यात्रुहरूको सेवा’ पनि हो साथै व्यापार पनि । यसकारण, यसबारे बसका मालिकहरूको पनि ध्यान जानु आवश्यक छ ।
यदि बस व्यवस्थाका समितिहरू र नगरपालिकाले यसबारे उचित ध्यान दिएन भने भक्तपुरकै किसान, मजदुर, युवा, विद्यार्थी अनि व्यापारीले बैठक राखेर ध्यानाकर्षण गर्नुपर्ने देखिन्छ ।
– स्थानीय जनता र भक्तपुरका यात्रुहरू
Leave a Reply