‘गोविन्दप्रसाद लोहनी’ को जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन हेर्दा
- भाद्र २३, २०८२
उपत्यका र तराईका मुसलमानहरूका छिमेकी हिन्दू महिलाहरू आपसमा कुराकानी गरिरहेका हुन्थे, “आज फलानाको बच्चा जन्मेको हुनाले तिनीहरू रुँदै छन् ।”
“किन रोएका होलान् ? छोरी जन्माएकी भएर लोग्नेले कुट्ने भएर होला होइन ?” – अर्काे एक महिलासित एउटी नयाँ हिन्दू बुहारीले जिज्ञासा राखिन् ।
“होइन तिनीहरू कथा हालेर रुन्छन्, ‘बाबु–नानीहरू, तिमीहरू यो दुःखको संसारमा किन जन्म लियौ, अब तिमीहरूले पनि हामीले जस्तै दुःख पाउने भयौ ?” एकजना भाउजूले आफ्ना बुहारीहरूको जिज्ञासा मेटाइन् ।
चारैतिर स–साना केटाकेटीहरू पनि सुनिरहेका हुन्थे, तर फेरि मुसलमानहरू मानिस मरेपछि रुने गर्दैनन् बरु पान–सुपारी खाएर नयाँ–नयाँ लुगा लगाएर भोज–भतेर गर्छन् – कुनै उत्सवको दिन जस्तो ! भन्ने गरिन्छ – अब मृतक व्यक्तिले मानिसको दुःख सहन गर्न पर्दैन !
उपत्यकाका र तराईका हिन्दूहरू मर्दा अन्तिम बिदाइ गर्छन् अर्थात् चित्तामा जलाउँछन् वा दागबत्ती दिन्छन् । त्योभन्दा पहिले सबैले पानीले ‘तर्पण’, ‘अर्पण’ गर्छन् र आ–आफ्नै पारा र विश्वासअनुसार अन्तिम स्नान र संस्कार गराउँछन् ¤
तर, नेवारहरूमा बौद्ध धर्म मान्नेहरूले मृतकलाई श्रृङ्गारसहित बुइङ्गल वा माथिल्लो तलामा सजाएर राख्छन् – आ–आफ्नै परम्पराअनुसार । परम्पराअनुसार कथापाठ र अनेक भोजभतेर गर्छन् गुरु वा पुरेतहरूलाई दान–पुण्य गर्छन् ।
xxx
भारतीय स्वतन्त्र आन्दोलनको बेला बेलायतीहरूले करोडौँ जनसङ्ख्या भएका दलितहरूलाई आन्दोलनको विरोधमा लैजान अनेक प्रकारका बहुमत हिन्दूविरोधी भेदभावको गुप्त र खुला प्रचार गर्थे ।
आन्दोलनकारीहरूले पनि भेदभाव ठीक होइन भन्ने भावनाको विरोधमा सचेत र छापाहरूका प्रचारहरू गर्थे । उदाहरणका लागि –
इनारको अगाडि एकजना भिक्षु ‘म प्यासी हुँ’ भन्दै पानी माग्दै थिए । इनारमा पानी तान्दै गरेकी एक कन्याले भनिन्, “म दलितकी छोरी हुँ ।”
भिक्षुले दुवै अञ्जुली जोडेर पानी माग्दै भन्दै थिए, “कन्या, मैले तिम्रो जात मागेको होइन, मैले पानी मागेको हुँ ।” तर, भारतमा बेलायती उपनिवेशवादबाट स्वतन्त्र भइसकेको ७०–८० वर्ष भइसक्दा पनि दलित र छुवाछुत आजसम्म किन छ भन्नेबारे चिन्ता लिँदैनन् । नेपालमा पनि त्यसको छिटा बाँकी छ ।
तर, भारतमा कति दलित नेताहरू मन्त्री, उपप्रधान र उपराष्ट्रपतिसमेत भइसक्दा पनि किन छुवाछुतको भावना कायम छ ? यो प्रश्न आज पनि जिउँदै छ ।
त्यति मात्र होइन दक्षिण भारतको एकजना गोरा वैज्ञानिकले हिन्दू, मुसलमान, बौद्ध धर्मावलम्बी आदि जातजातिहरू भेला गरी गाईको मासु, सुँगुरको मासु विभिन्न माछा–मासु भएको भोजको आयोजना गरेका थिए । आयोजक आफै एक ब्राह्मण र एक विश्वविद्यालयका प्राध्यापक थिए । त्यस भोजको सुरक्षाको निम्ति सरकारले सेनाको पहराको बन्दोबस्त गरेको थियो । त्यस प्राध्यापकले आफ्नी छोरीलाई एक दलितसँग विवाह गराए । प्राध्यापकलाई विश्वविद्यालयले कारबाही ग¥यो र गाउँलेहरूले त्यस परिवारलाई गाउँबाट निकाले ।
पछि डाक्टर राधाकृष्णन् विश्वविद्यालयको उपकुलपति भएपछि उक्त प्राध्यापक पुनः स्थापित गरिए तर करोडौँ भारतीय जनताको भावनामा उल्लेखनीय परिवर्तन भएन । फेरि प्रश्न छ किन ?
भारतमा जस्तै नेपालको काङ्ग्रेस, एमाले आदि शासक दलमा पनि दलित नेता, मन्त्रीहरू र केन्द्रीय समितिका नेताहरू छन् तर फेरि पनि समाजमा उल्लेखनीय परिवर्तन किन भएन ?
पञ्चायत कालमा पनि उपत्यकाबाट दलका शिक्षक र राजनीतिक कार्यकर्ताहरूले जिल्लाका दलित गाउँ–गाउँ गएर विद्यार्थीहरूलाई पढ्न लेख्न सिकाए । त्यस गाउँका दलितहरूकै पढेलेखेका विद्यार्थीहरू सहर र काठमाडौँ गएर कलेज पढेर जागिर खाए, गैरसरकारी संस्थानहरूमा गएर पैसा कमाए अनेक प्रकारका कार्यक्रमहरू गरेर रेडियो, टीभी र समाचारहरूमा तिनीहरू प्रचारमा आए ।
तर, ती ‘बहादुरहरू’ गाउँमा फर्केनन्† आ–आफ्ना गाउँमा विद्यालयहरू खोल्न गएनन् र सफाइ आन्दोलनमा कहिले गएनन् ।
समाजमा दलितहरूको मात्र यस्तो अवस्था होइन बरु गुरुङ, मगर, राई, लिम्बु, नेवार (ज्यापु) र चेपाङजस्ता वन्यजाति (ट्राइबल) हरूको यस्तै हालत छ । जुन जातिका मानिसहरूले आफ्ना सीप र व्यापारले धनी भएकाहरू भने अरू साहुमहाजनसरह दलित धनीहरू बिकेको देखिन्छन् । यसबाट थाहा हुन्छ – शिक्षा, सफाइ, व्यवहारमात्र होइन व्यक्तित्व विकासमा समानता ‘योग्यताअनुसारको काम र कामअनुसारको ज्याला’ वा आर्थिक सहुलियत नपाएसम्म जातीय भेदभाव मेटाउन समय लाग्ने निश्चित छ ।
xxx
एकदिन यस्तो पनि समय आउनेछ – जब खस–आर्य जातिले हामी बहुमत छौँ भन्ने दाबी गर्ने बेला अन्य जातजाति, सीमान्तकृत र अल्पसङ्ख्यक भाषाभाषीहरूले हाम्रै सदासयतामा बाँचेको र यस देशको नागरिकता पाएको अति मूल्याङ्कन र राष्ट्रिय अहङ्कारवादको तुजुक देखाएमा अनि आमाहरूले भन्ने छन् – यस देशमा खस–आर्यले दिएको खाने र देखाएको ठाउँमा हाम्रो बसोबास भएमा हाम्रा सन्तानहरूले माया, दया, स्नेह, प्रेम र सद्भाव भन्ने बुझ्ने छैनन् र आफूलाई सदा विदेशी सम्झ्नेछन्, कागजमा प्राप्त नागरिकता म्याद नाघेको औषधि जस्तो हुनेछ ।
हिजो मुसलमान आमाहरूले नवजात शिशुलाई काखमा भनेजस्तै बाबु र नानीहरू तिमीहरू ‘यस धर्तीमा दुःख पाउन आएका हौ’ भनेजस्तै नेपाली आमाहरूले भन्नेछन् –एक बेला हामी रैती सबै खस–आर्यहरूका दास र अर्धदास भएर जन्मेकै, पछिल्लोपल्ट खुकुरी चलाउने र बन्दुक बोक्ने भरिया भएर वा पिपा र पालको भरिया भएर जीवन बितायौँ, पछि फेरि भारतमा गल्लीगल्लीमा दरवान, कुल्ली र पिउन, अनि कान्छी भएर हुर्के, अनि गोर्खा भर्तीकेन्द्रको सन्धि–सम्झौता भएपछि हिजोकै शासकवर्गले त्रिपक्ष सन्धि गरी बेलायत र स्वतन्त्र भारतका शासकहरूको निम्ति रगत बगाए, अब खस–आर्यहरूकै शासनबाट पश्चिमी साम्राज्यवादीहरूको भारी बन्दुक बोकेर एमसीसी र हिन्द–प्रशान्त रक्षाको नाममा एसियालीहरूलाई शत्रु बनाएर संसारमा पुनः एकपटक उपनिवेशवाद पुनस्र्थापना गर्ने जमर्को गर्नेछन् ।
त्यसबेला नेपाली आमाहरू आफै चिराग र बन्दुक बोकेर मैदानमा आए मात्र नेपाल र नेपाली जनताले साँच्चै शान्ति र मुक्ति प्राप्त गर्नेछन् ।
Leave a Reply