भर्खरै :

हिजोका शासकहरूको चुनावको वातावरणको अर्थ के हो ?

हिजोका शासकहरूको चुनावको वातावरणको अर्थ के हो ?

नेपालमा भदौ २३, २०८२ मा सुरु भएको ‘जेन जी’ भनिने समूहहरूले सुरु गरेको युवाहरूको शान्तिपूर्ण आन्दोलनमा दोस्रो र तेस्रो दिन कसरी विभत्स रूप लियो भन्नेबारे संशयमाथि जनतामा एकमत देखिन्छ । हो, पूर्वी युरोप, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा सन् १९६०–७० को दशकमा भएका तीन महिनामा एउटा सैनिक विद्रोह वा एउटा सरकारको पतनको ठाउँमा अर्को सरकारको स्थापना पश्चिमी शक्ति राष्ट्रहरूबाट हुन्थ्यो । त्यसपछि पूर्वी युरोपेली समाजवादी देशहरू, अरब र अफ्रिकी देशहरूमा देखिएका आन्दोलन र रङ्गीन वा विविध रङ्ग र नामका विद्रोह पनि उपनिवेशवादी देशहरूको पुनः उपनिवेश स्थापना गर्ने षड्यन्त्रहरू नै थिए ।
त्यति मात्र होइन, संयुक्त राज्य अमेरिकामा समेत स्वतन्त्रता आन्दोलनपछि नाटक हेरिरहेकै राष्ट्रपतिको हत्या भयो र अन्य राष्ट्रपतिहरू पनि मारिए । त्यसो त शेक्सपियरको नाटकमा राजा डङकनले आफ्नो सेनापतिलाई स्याबासी दिन जाँदा उनकै सेनापति म्याकवेथले हत्या गरेर राजा भए । दक्षिण कोरियामा संयुक्त राज्य अमेरिकाले आफैंले बनाएका दक्षिण कोरियाका राष्ट्रपति सिङ मनरीलाई हत्या गर्न दियो आफ्नो हितको निम्ति सन् १९६० मा । दक्षिण भियतनाममा संयुक्त राज्य अमेरिकी प्रशासनले नै राजालाई हटाएर थुकीलाई राष्ट्रपति बनायो । सम्भवतः उनले अमेरिकी सत्ताबाट फरक मत राखेकै कारण आफ्नै सेनाबाट हत्या गर्न दियो ।
सन् १९८०–९० तिर सोभियत सङ्घकै गणतन्त्र (प्रदेशहरू) लाई एकाएक गरी नयाँ युवा वा पुराना नेताहरूलाई उक्साउँदै संयुक्त राज्य अमेरिका र नाटो मिलेर तत्काल अनेक आर्थिक हित र नाटो विस्तार गर्न एक एक गर्दै १३ वटा सोभियत गणतन्त्र टुक्रिएर केही नाटोमा समावेश हुन बाध्य पारियो । चीनमा समेत थेन आनमेन चोकमा चिनियाँ युवा विद्रोहको नाममा समाजवादलाई पल्टाउने दुस्साहस गरेका थिए – पश्चिम साम्राज्यवादीहरूले । तर, युक्रेनमा रुसी जनताको विरोधमा पश्चिमी देशले गर्न दिएको दमनचक्रलाई पश्चिमी प्रचार माध्यमलाई दुई वर्षसम्म प्रचार गर्न दिएनन् ।
अति भएपछि मात्रै एकएक गरी रुसी जनतामाथि जातीय दमन अमेरिका र नाटोले गरेको षड्यन्त्रबारे संसारले थाहा पाए । तर, पछि अमेरिकी कठपुतली राष्ट्रपति युक्रेनी जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति भवनमा ट्रम्पले हुर्मत लिँदा अमेरिकी प्रजातन्त्र र कूटनीति वास्तविकता संसारको अगाडि छर्लङ्ग भयो । त्यति मात्र होइन, क्यामेरा जडान नगरिएको ह्वाइट हाउसको अर्को कोठामा कति विदेशी राष्ट्रपति र प्रधानमन्त्रीहरूलाई समेत कठालो समातेर झारेको र अपमान गरेको अमेरिकी छापाहरूले खुलासा गरे ।
तर, केही दिनपछि ठुलो क्षेत्रफल भएको क्यानडा राज्यलाई अमेरिकाको एउटा प्रान्त घोषणा गर्न दबाब दिइयो र ग्रीनल्यान्डलाई आफूमा मिलाउने वा ठेक्का (लिज) मा लिने बताइयो । तर, त्यहाँको सरकारलाई आफ्नो देश ‘बिक्रीमा नभएको’ घोषणा गर्न बाध्य पारियो ।
शक्तिको उन्मादले अमेरिकी राष्ट्रपति ट्रम्प पहिले पहिले (गाउँका सामन्तले आफ्नो गाउँमा सताउने र हप्की डप्की गरे जस्तै) अन्य देशहरूलाई तर्साउने र धम्की दिँदै छन् । ट्रम्पले नाटो देशहरूलाई रुसको सस्तो पेट्रोल ग्यास र अन्य सामान नकिन्न दबाब दिएर रक्षा बजेटको २ देखि ५ प्रतिशतसम्म नाटो देशहरूलाई कम्युनिस्टहरूबाट जोगाउन अमेरिकाले गरेको दामासाही खर्च तिर्न बाध्य ग¥यो ।
ट्रम्पको पहिलेको कार्यकालमा आफ्नो परराष्ट्रमन्त्रीलाई अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूकहाँ गएर चीनसित व्यापार नगर्नु र चीन उपनिवेशवादी हो भने बताइयो । तर, उत्तरमा ती देशका नेताहरूले नरम भाषामा भने, ‘उपनिवेशवाद’ के हो हामीलाई थाहा छ† अमेरिकासँग भन्दा चीनसँग बढी व्यापार हुन्छ र चीन राम्रो व्यापार साझेदार हो, बिचरा ट्रम्पको परराष्ट्रमन्त्री पोम्पेओ बिच बाटोमै अपदस्थ भए ।
तर, नेपालको वर्तमान ‘जेन जी’ बाट सुरु गराइएको आन्दोलन त्यति सजिलै निर्वाचनबाट सरकार बनाउन दिनेमा शङ्का छ । अमेरिका नेपालबाट धेरै टाढा भए पनि नेपालमा पनि ट्रम्पको हात पुग्दै छ । निर्वाचन होस् वा नहोस्, अमेरिकी प्रशासन नेपालमा उसकै कठपुतली सरकार बनाउन दबाब दिने सम्भावना छ । हिजोका बदनाम शासक दल तथा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्री भएका नेताहरूको आफ्नो सरकारको पालामा भएको विध्वंसले सात्तो उडेको हुँदा अहिलेसम्म झ्यालबाट हेर्ने साहस गरिरहेका छैनन् । यसकारण, ती नेताहरू चुनावको वातावरण खडा गर्न र अगाडि सुरुआती सुरक्षाको माग गर्नेछन् । त्यसको भित्री आशय हो – भोलि पनि तिनीहरूलाई पैसा खर्च गरी धाँधली गर्न देऊ वा तिनीहरूका उम्मेदवारहरूलाई पहिले जस्तै हारे पनि कर्मचारीहरूबाट जितेको घोषणा गर्न माग गर्नेछन् । नत्र अहिलेकै जनमतले ठुला दलका शासकहरू निर्वाचनमा निर्वाचित हुने सम्भावना छैन । हेरौँ – भोलिको जनमत कता जाने हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *