भर्खरै :

जेन्युइन स्कूलको ३० औँ वार्षिकोत्सव मनाउन पत्रकार सम्मेलन

जेन्युइन स्कूलको ३० औँ वार्षिकोत्सव मनाउन पत्रकार सम्मेलन

भक्तपुर, १७ भदौ । भक्तपुरस्थित जेन्युइन सेकेन्डरी स्कूलको ३० औँ वार्षिक उत्सव हुने भएको छ । वि.स २०५१ फागुनमा शिक्षा ऐन २०२८ मा गरिएको व्यवस्थाअनुसार सो स्कूल स्थापना भएको थियो ।
स्कूलले मङ्गलबार पत्रकार सम्मेलन गरी विद्यालयको ३० औँ वार्षिकोत्सव मनाउने जानकारी दियो । वार्षिकोत्सवको अवसरमा काठमाडौँ उपत्यकामा हुने जुनसुकै जात्रापात्रा, आन्दोलनलगायतका कार्यक्रमहरूमा पानी खुवाउने भक्तपुर क्वाठडौँका ‘पानी बा’ लाई सम्मान गर्ने वार्षिकोत्सव मूल समारोह समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले जानकारी दिनुभयो ।
स्थापनाको पहिलो वर्ष कक्षा ९ बाट सुरु भएको यस विद्यालयमा तेस्रो वर्षमा ६ कक्षादेखि १० सम्म र विस २०६१ सम्ममा किन्डरगार्टेन तहदेखि नै नियमित पठनपाठन भएको थियो ।
पूर्वप्राथमिक कक्षाहरूमा खेल्दै सिक्ने Playway Method अथवा मन्टेश्वरी विधिको साँचो अभ्यास, काठमाडौँ विश्वविद्यालयको परियोजनामा आधारित सिकाइ सुरु गरिएको छ ।
कम्प्युटर कक्षा
स्थापनाको दोस्रो वर्षमा कम्प्युटर कक्षालाई समावेश गरियो । भक्तपुर जिल्लामै कम्प्युटर कक्षा सञ्चालन गर्ने पहिलो स्कूल भएको सम्मेलनमा बताइयो । स्थापना कालदेखि शिक्षक तथा विद्यार्थीहरूले आफ्नो लेखन प्रतिभालाई तिखारोस् भनी स्कूल बुलेटिन जेनिस इन्फो बुलेटिन Gess Info-Bulletin को नियमित प्रकाशन गर्दै आएको जनाइयो ।
चिनियाँ भाषाको प्रशिक्षण
मित्र राष्ट्र चीनको व्यापारिक र शैक्षिक क्षेत्रमा देखिरहेको प्रभावलाई आकलन गरी विद्यालय स्थापनाको केही वर्षमै चिनियाँ भाषाको पठन पाठन सुरु गरेको विद्यालयले जनायो । विद्यार्थीहरूले चीन भ्रमणको अवसर प्राप्त गरी थप सिक्ने मौका पाउँदै आएका छन् । अतिरिक्त क्रियाकलापमा चित्रकला, सङ्गीत कक्षाअन्तर्गत गायन र वाद्यवादन, नृत्यअन्तर्गत परम्परागत तथा आधुनिक नाचका कक्षाहरू निरन्तर सञ्चालनमा छन् ।
खेलकुद
खेलकुदमा बास्केटबल, फूटबल, टेबलटेनिस, तेक्वान डोका नियमित कक्षाहरू सञ्चालनमा छन् । विद्यार्थीहरूलाई किताबी ज्ञानमात्र सीमित नहोस् भनी छोटो तथा लामो दुरीका एक दिनेदेखि एक हप्तासम्मको शैक्षिक भ्रमणले पनि निरन्तरता पाइरहेको छ ।
बालमैत्री शिक्षा आत्मसात
बालबालिकालाई केन्द्रमा राखी बालमैत्री शिक्षालाई आत्मसात गरिएको छ । विद्यालयले पठन संस्कृतिको विकासको लागि पुस्तकायको व्यवस्थाबाहेक विगत आठ दस वर्षको समयदेखि थप पुस्तकहरूको नियमित अध्ययन गरी छोटो समीक्षात्मक टिपोटको लेखन, स्वतन्त्र अध्ययन, बायोन्ड टेक्स्ट बुक द्यभथयलम तभहत दययप को अभियानलाई निरन्तरता दिँदै आएको छ । विद्यालयमा अमर सुवाल (२०६३), सदीक्षा वैद्य (२०६९), अमित दुवाल (२०७१) कृति तामाङ (२०८१) ले ४ जीपीए ल्याउन सफल भए ।
शिक्षकलाई तालिम
विद्यालयको नीतिअनुसार शिक्षकलाई अर्ध वार्षिक र वार्षिक रूपमा निरन्तर तालिम दिँदै आएको छ । त्रैमासिक रुपमा शिक्षकहरुले नयाँ पुस्ताको अध्ययन गरी पुस्तकका बारेमा छलफल गर्ने क्रम विगत आठ दस वर्षदेखि चालु छ । शिक्षक तथा विद्यार्थीहरूमा पुस्तक पढ्ने संस्कृतिको विकास होस् भनी लेखकसँग पुस्तक संवाद हुँदै आएको छ ।
शिक्षकको सेवाबारे
शिक्षकहरूको पेसागत हकहित र सुविधालाई विद्यालयले सधैँ प्राथमिकतामा राखी सामुदायिक विद्यालयको तलब सरहको सुविधा तथा सञ्चयकोषको व्यवस्था गर्दै आएको छ । सिक्ने र सिकाउने कर्मबाहेक रिफ्रेसमेन्ट कार्यक्रमअन्तर्गत हिउँदे र गृष्म गरी वर्षको दुईपटक शिक्षक तथा कर्मचारीहरूका लागि दुईदिने उपत्यका बाहिरको आउटिङ कार्यक्रमको निरन्तर व्यवस्था हँुदै आएको छ ।
सामाजिक दायित्व
शिक्षण क्रियाकलापबाहेक विद्यालयले सामाजिक दायित्वको क्रियाकलापलाई निरन्तरता दिइरहेको छ । विश्व वातावरण दिवसमा ¥याली गर्ने, भयावह रोगको महामारी ‘हेपाटाइटिस बी’ भक्तपुर सहरमा देखिँदा अन्योलको अवस्थामा पर्चा वितरण गरी जनचेतना जगाउने र देशको सिमाना मिच्दा विरोध जुलुस भएको थियो । टोल छिमेकमा ढल निकास तथा बाटोघाटो मर्मत सम्भारमा नियमित सहयोग, विगतका केही वर्षदेखि भक्तपुर नगरपालिकाको एक सम्पदा एक विद्यालयअन्तर्गत पोखरी, गःहिटी वा मन्दिर परिसरको सरसफाइ अभियानलाई निरन्तरता दिँदै विगत एक वर्षदेखि विद्यालयले महाकाली नाच टोलीको व्यवस्थापन गर्यो । व्यवस्थापकीय तथा वित्तीय पक्षबाट नाचको संरक्षण गर्ने काम हुँदै छ ।
पुस्तक मेलाको आयोजना
विद्यालयले प्रत्येक पाँच÷दसवर्षमा बृहत् कार्यक्रमको आयोजना गर्ने नीतिअनुसार २०६२ सालमा बृहत् पुस्तक मेलाको आयोजना ग¥यो । पुस्तक मेलाबाहेक सामाजिक दायित्वका अन्य धेरै क्रियाकलापहरू पनि यसमा समावेस थिए । आज हामी विद्यालयको स्थापनाको तीन दशकको अवसरमा सामाजिक दायित्वको पक्षलाई केन्द्रमा राखेर मनाउने विशेष तयारीमा छौँ ।
बुद्ध शिक्षा
बुद्ध शिक्षा र दर्शनका विविध पक्षलाई समेटेर कलेज र स्कूलमा अध्यापन र लेखन कार्यमा सक्रिय शिक्षक लक्षित दुईदिने सेमिनार, विद्यालयको स्थापना कालदेखि निरन्तर प्रकाशन हँुदै आएको विद्यालयको बुलेटिन प्रकाशितमा प्रकाशित शिक्षक, विद्यार्थी तथा शुभचिन्तक विद्वान मित्रहरूका आलेखहरूलाई सङ्कलन गरी पाँच छुट्टाछुट्टै पुस्तिकाहरूको प्रकाशन, विद्यालयमा लामो समय सेवा गरेका शिक्षक तथा कर्मचारीहरूको सम्मान, सामाजिक कार्य गर्दै आएका केही व्यक्तिहरूलाई सन्मान, वाद्यवादनमा १३ वर्षसम्म वा कक्षा आठसम्मका भक्तपुर जिल्लाका विद्यालयहरूबिच मादल प्रतियोगिता तथा गायनमा राष्ट्रगीत प्रतियोगिता र सम्पदा संरक्षण र त्यससँग सम्बन्धित अध्ययन अनुसन्धानमा सक्रिय एक युवालाई ‘जेस संस्कृति सम्पदा सिरपा २०८२’ बाट पुरस्कृत गर्ने कार्य यस वर्षदेखि शुभारम्भ हुनेछ ।
कार्यक्रमको उद्घाटन असोज २५ मा थालनी गरी अन्य क्रियाकलापहरू कार्तिक १ गतेभित्र सम्पन्न गरी समापन समारोह कार्तिकको दोस्रो सातामा सम्पन्न गर्ने योजना रहेको जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *