प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
काराकास, १७ भदौ (एपी) । भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले सोमबार आफ्नो देश ‘अधिकतम तयारी’ मा रहेको र संयुक्त राज्य अमेरिकाले क्यारेबियनमा तैनाथ गरेको सेनाबाट आक्रमण भएमा जवाफ दिन तयार रहेको चेतावनी दिनुभएको छ ।
पत्रकार सम्मेलनमा उहाँले दिनुभएका भनाइहरू अमेरिकी सरकारले ल्याटिन अमेरिकी ड्रग कार्टेलहरूको गतिविधि नियन्त्रण गर्न भन्दै भेनेजुयलाको समुद्रमा आफ्नो समुद्री शक्ति विस्तार गर्ने तयारीसँग मेल खान्छन् ।
अमेरिकाले हजारौँ कर्मचारी तैनाथ गरिसके पनि भूमि आक्रमणको सङ्केत भने अहिलेसम्म दिएको छैन । तर, मादुरो सरकारले आफ्नो तट र कोलम्बियासँगको सीमामा सेना पठाएर, साथै नागरिकलाई मिलिसियामा भर्ना हुन आग्रह गर्दै प्रतिक्रिया जनाइसकेको छ ।
“यस असाधारण सैन्य दबाबको सामना गर्दै हामीले भेनेजुयलाको रक्षाका लागि अधिकतम तयारी घोषणा गरेका छौँ”, मादुरोले भन्नुभयो ।
उहाँले यो तैनाथीलाई ‘अन्यायपूर्ण, अनैतिक, आपराधिक र रक्तपातपूर्ण खतरा’ का रूपमा चित्रण गर्नुभयो ।
उहाँले यदि अमेरिकाले आक्रमण ग¥यो भने संवैधानिक अधिकारअनुसार आफूले ‘अमेरिकाविरुद्ध हतियार उठाएको’ घोषणा गर्ने बताउनुभयो । यद्यपि उहाँले यसबारे विस्तृत जानकारी भने दिनुभएन ।
हाल अमेरिकी नौसेनासँग क्यारेबियन क्षेत्रमा दुई एजिस निर्देशित मिसाइल विध्वंसक – युएसएस ग्रेभली र युएसएस जेसन डनहम – रहेका छन् । साथै युएसएस स्याम्पसन विध्वंसक र युएसएस लेक एरी क्रूजर ल्याटिन अमेरिकी पानीमा तैनाथ छन् । अमेरिकी पक्षले यो सैन्य उपस्थितिलाई अझ विस्तार गर्ने तयारी गरेको छ ।
यसै सन्दर्भमा, तीनवटा जल र स्थलबाट आक्रमण गर्ने जहाजहरू यो हप्ताभित्रै उक्त क्षेत्रमा प्रवेश गर्ने एपीलाई एक अमेरिकी रक्षा अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । यी जहाजमा चार हजारभन्दा बढी नाविक र मरीन समावेश छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समुदायमा फेन्टानिल र अन्य अवैध ड्रग्सको प्रवाह रोक्न तथा केही अमेरिकी सहरमा भइरहेको हिंसा नियन्त्रण गर्न सेनाको प्रयोग गर्न दबाब दिएका कारण यो तैनाथी गरिएको बताइएको छ ।
सोमबार, भेनेजुयलाका विदेशमन्त्री यवान गिलले संयुक्त राष्ट्रसङ्घको एक रिपोर्ट उद्धृत गर्दै ल्याटिन अमेरिकी समकक्षीहरूसँग अमेरिकी नौसैनिक तैनाथी ‘गलत कथा’ मा आधारित रहेको बताउनुभयो ।
उहाँका अनुसार, कोलम्बियामा उत्पादित करिब ८७ प्रतिशत कोकेन प्रशान्त हुँदै पठाइन्छ र जम्मा पाँच मात्र भेनेजुयला हुँदै सार्ने प्रयास हुन्छ । विश्वका शीर्ष कोकेन उत्पादकहरूमा भूपरिवेष्ठित देश बोलिभिया र कोलम्बिया रहेका छन् । यी दुवै मुलुकले जसले प्रशान्त र क्यारेबियन दुवैमा पहुँच राख्छन् ।
“भेनेजुयलामा आक्रमण भनेको वास्तवमै सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाउने कार्य हुनेछ”, गिलले यस कथाले सम्पूर्ण क्षेत्रलाई खतरामा पार्ने दाबी गर्दै भन्नुभयो, “हामी तुरुन्तै यो तैनाथी अन्त्य गर्न माग गर्छौं, जसको उद्देश्य सार्वभौम जनतालाई धम्क्याउुबाहेक अरू केही होइन ।”
सो अवसरमा मादुरोले गत वर्षको राष्ट्रपतीय चुनावमा आफू वैध विजेता भएको दाबी पनि दोहो¥याउनुभयो ।
यसैबिच, जनवरीमा तेस्रो कार्यकालका लागि शपथ लिनुभएका मादुरोले आफ्नो सरकारसँग ट्रम्प प्रशासनबिच दुई किसिमको सम्पर्क च्यानल रहेको बताउनुभयो–एक विदेश मन्त्रालयमार्फत र अर्को ट्रम्पका दूत रिचर्ड ग्रेनेलमार्फत । उहाँले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई भेनेजुयलाको सरकारलाई अपदस्थ गर्न दबाब दिने ‘मुख्य सरदार’ को संज्ञा दिनुभयो ।
सन् २०२४ जुलाईको राष्ट्रपति चुनावपछि विपक्षी नेत्री मारिया कोरिना मचाडोले पनि अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायलाई मादुरोलाई पदबाट हटाउन दबाब दिन आह्वान गर्दै आउनुभएको थियो । उहाँले गत महिना अमेरिकी युद्धपोत तैनाथीलाई ‘सही कदम’ भन्दै ट्रम्प र रुबियोलाई धन्यवाद दिनुभएको थियो ।
तर, मादुरोले सोमबार चेतावनी दिँदै भन्नुभयो, “भेनेजुयलाविरुद्ध अमेरिकी सैन्य कारबाहीले राष्ट्रपति ट्रम्पको हातलाई रगतले दागिनेछ ।”
उहाँले भन्नुभयो, “राष्ट्रपति डोनाल्ड ट्रम्प, शासन परिवर्तनको नीति असफल भइसकेको छ । अब तपार्ईँंले भेनेजुयलामा परिस्थिति थोपर्ने नाटक गर्न सक्नुहुन्न ।”
Leave a Reply