स्पष्ट दृष्टिकोण नहुँदा सरकार नै अन्योलमा
- आश्विन २५, २०८२
नेपाल–भारत खुला सीमा भएको कारण यहाँ विभिन्न आपराधिक गतिविधि बढ्दै छ । मानव बेचबिखन गर्ने, महिलालाई बेश्यालय पु¥याउने, बालबालिकालाई बेपत्ता पार्ने या अपहरण गर्ने, मानव अङ्ग बेचबिखन गर्ने आदि आपराधिक कार्य भइरहेको प्रहरीको तथ्याङ्क छ । त्यस्तै, बलात्कार गर्ने, हत्या गर्ने, कुटपिट गरेर बेहोस पार्ने या अङ्गभङ्ग गर्ने, चोरी चकारी गर्ने, डकैती गर्ने, शारीरिक र मानसिक यातना दिनेजस्ता अमानवीय र मानव अधिकार उल्लङ्घनका कार्यहरू पनि बेलाबखत सञ्चारमाध्यममा आएका छन् । नक्कली नोटको कारोबार गर्ने, बालबालिका बेपत्ता पारेर पैसा असुल्ने, आत्महत्या गर्ने, दाइजो प्रथाको कारण घरबाट निकाल्ने, मट्टीतेल छर्केर हत्या गर्ने, शारीरिक यातना दिने, बोक्सीको आरोपमा घर आँगनमा बाँध्ने, अर्धनग्न बनाएर गाउँ–बस्ती घुमाउनेजस्ता आपराधिक घटना पनि भइरहेको हामी देख्छौँ, सुन्छौँ र पढ्छौँ । बहुविवाह, सम्बन्ध विच्छेदको सङ्ख्या पनि बढेको देखिन्छ । यस्ता घटना विशेषतः बढी तराईमा बढ्दै गएको पाइएको छ ।
मिर्गाैला तस्करीको जालो भारतको दिल्लीसम्मै रहेको प्रहरीको निष्कर्ष रहेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले हालै मिर्गाैला तस्करीका मुख्य नाइकेमध्ये एक श्यामकृष्ण भण्डारीलाई पक्राउ गरेको छ । सो गिरोहले एक सत्न्दा बढीको मिर्गाैला बेचेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । नेपाली नागरिकको मिर्गाैला भारतको दिल्ली लगेर बेच्ने गरेको खबर प्रकाशमा आयो । लोभलालचमा फसेर, भ्रममा पारेर मिर्गाैला बेच्ने अधिकांश नेपाली नागरिकहरू सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट र धाडिङका गाउँहरूका रहेका छन् । मिर्गाैला पीडितलाई थोरै रकम दिएर गिरोहले अरुसँग लाखौँ रूपैयाँ असुलिरहेको चर्चा छ । यो मिर्गाैलाको तस्करी हो । यो आपराधिक काम हो । यस्ता आपराधिक काम रोक्नेतर्फ सरकार लाग्नुपर्छ । भदौ १६ गतेको नेपाल समाचारपत्रमा छाप्यो, ‘मिर्गाैला तस्करीको जालो दिल्लीसम्मै ।’
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसाका नाममा भएको संस्थागत मानव तस्करीको घटनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको रिपोर्टमा भिजिट भिसामा नेपालीलाई मात्र होइन विदेशीलाई समेत सेटिङका आधारमा नियमितविपरीत विदेश जान दिइएको खबर पनि प्रकाशमा आयो । भदौ १६ गतेको ‘नयाँ पत्रिका’ मा ‘भिजिट भिसामा नेपाली मात्र होइन, भारतीयको पनि तस्करी’ शीर्षकको समाचार छापियो । समाचारमा आठ महिनामा ‘पाँच हजार भारतीय नो अब्जेक्सन लेटर (एनओसी) बिना सेटिङमा उडाइएको उल्लेख छ । पूर्वडीआईजी हेमन्त मल्लका अनुसार भारत, अमेरिकालगायतका देशले नेपालको अध्यागमनको विषयमा प्रश्न उठाएका छन् । अध्यागमनमा हुने यस्तो सेटिङले नेपालले अन्तर्राष्ट्रिय विश्वास गुमाउँदै छ । देश र जनताको लागि राम्रो काम गरेर विश्वमा इज्जत बढाउनुपर्नेमा उल्टो देशको विश्वास गुम्ने र गुमाउने काममा शासकहरू फसिरहेका छन् । यो देशको निम्ति दुर्भाग्य नै हो ।
सरकारले देशमा उल्लेखनीय काम गरेर इज्जत र प्रतिष्ठा बढाउनुपर्ने हो । तर, बदनाम हुने, विश्वास गुम्ने काममा शासकहरू लागेको कारण अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति हेर्ने दृष्टिकोण नै फरक भइसकेको छ । भिजिट भिसामा कुवेत पु¥याएर नेपाली महिला बिक्री भइरहेको अर्काे चर्चाको विषय बन्यो । भिजिट भिसामा विदेश गएका कतिपय महिलालाई कुवेतमा लगेर बेचिएको छ । यस्तो कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा म्यानपावर कम्पनीको हात रहेको हुन्छ । म्यानपावर कम्पनीले रोजगारीको अवसर दिएर सेवा गर्नुभन्दा मानव बेचेर या आपराधिक बढी काम गरेर धनार्जन गरिरहेको देखिन्छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पु¥याइएको घटना सेलाएको छैन । उक्त प्रकरणमा मुछेका व्यक्तिहरू कारबाहीको घेरामा परेका छैनन् । यस्ता काममा शासकहरू नै फसेका हुन्छन् । शासक दलका नेताहरू नै आपराधिक घटनामा फसेकाले तिनीहरू कारबाहीमा पर्दैनन् ।
विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी बनाउन फुक्ने नेपालका शासकहरू नेपाल र नेपालीको इज्जत जोगाउने काम किन गर्दैनन् ? नेपाली भूमि जोगाउने, कालापानीबाट भारतीय सेना पठाउने काममा नेपाल सरकारले किन पहल गर्दैन ? नेपाल–भारतको सीमा व्यवस्थापन गर्न सकिएको छैन । सीमा–व्यवस्थापन गरेर आपराधिक घटना नियन्त्रण गर्न सकेको छैन । यो सबै दास मानसिकता, अरु देशको उठबसमा बस्दाको परिणाम हो; अरु मुलुकको लोभमा पर्दा भएको हो । साम्राज्यवादी र विस्तारवादी नीतिको विरोध नगर्दा भएको हो । अतः शासकहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्छ† हरेक काम नेपाल र नेपाली जनताको स्वार्थमा काम गर्नुपर्छ । दलगत र व्यक्तिगत स्वार्थभन्दा नेपाल र नेपाली जनतालाई माथि राखेर काम गर्नुपर्छ । शासकहरू दूरदर्शी, इमानदार नहुँदा देशमा सही काम हुन नसकेको हो । बहुमत जनताको पक्षमा उल्लेखनीय काम नभएको हो ।
Leave a Reply