क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
मेरी प्रिय पत्नी,
तिमीलाई यी शब्दहरू लेखिरहँदा मलाई थाहा छैन, यी शब्दहरू तिमीकहाँ पुग्छन् वा पुग्दैनन् अथवा तिमीले यी शब्दहरू पढिरहँदा म बाँचेको हुन्छु वा हुन्न ।
हाम्रो देशको स्वाधीनताको निम्ति मेरो सङ्घर्षका यात्राभरि हाम्रो पवित्र उद्देश्यको विजयमाथि मैले कहिल्यै शङ्का गरिनँ, त्यसप्रति म र मेरा साथीहरू जीवनभर समर्पित रह्यौँ ।
हाम्रो देशको निम्ति हामीले चाहेको एउटै कुरा हो – गौरवमय जीवनको अधिकार, आडम्बरबिनाको प्रतिष्ठा, बन्धनबिनाको स्वाधीनता ।
बेल्जिमेली उपनिवेशवादीहरू र तिनीहरूका पश्चिमी मित्रहरूले यस इच्छापत्रलाई चाहेनन् । प्रत्यक्ष वा अप्रत्यक्ष, खुला वा गुप्तरूपले हामीले संयुक्त राष्ट्र सङ्घका माथिल्ला अधिकारीहरूको समर्थनको आशा राख्यौँ । हामीले मद्दतको निम्ति अपिल गर्दा हामीले हाम्रो सारा आशा बिसाएको त्यस अङ्गलाई स्वीकार भएन ।
तिनीहरूले हाम्रा केही देशवासीहरूलाई भ्रष्ट पारे, अरूलाई किने तथा सत्यलाई बङ्ग्याउन र हाम्रो स्वाधीनतालाई बदनाम गर्न हरेक काम गरे ।
म जिउँदो वा मृत जे भए पनि, स्वतन्त्र वा जेल जहाँ रहे पनि यो प्रश्न मेरो व्यक्तिगत होइन ।
मुख्य कुरा कङ्गोको हो, हाम्रा दुःखी जनताको हो, जसको स्वाधीनता कुल्चिँदै छ ।
त्यसैकारण, तिनीहरूले हामीलाई कारागारमा बन्द गरे र हामीलाई जनताबाट टाढा राखे । तर मेरो विश्वास अविचलित छ ।
मलाई थाहा छ, म भित्री हृदयदेखि के अनुभव गर्छु भने मेरा जनताले चाँडो वा ढिलो आफ्नो भित्री र बाहिरी शत्रुहरूमाथि विजय पाउनेछन् । तिनीहरू एक भएर उपनिवशेवाद ‘चाहिन्न’ भन्न उठ्नेछन्† पवित्र भूमिमाथि आफ्नो प्रतिष्ठा हासिल गर्न मरणशील उपनिवेशवादलाई उदाङ्ग्याउन उठ्नेछन् ।
हामी एक्ला छैनौँ । अफ्रिका, एसियाका स्वतन्त्र जनता तथा संसारका विभिन्न ठाउँमा आ–आफ्नो स्वतन्त्रताको निम्ति लडिरहेका जनतासँग हाम्रो देशमा एकजना उपनिवेशवादी र उपनिवेशवादी भाडाको सिपाही भएसम्म कङ्गोका करोडौँ जनता एक भइरहनेछन् ।
मैले छोडेका मेरा छोराहरूलाई सम्भवतः अब म देख्न पाउनेछैन, कङ्गोको भविष्य उज्यालो छ भन्न चाहन्छु र म हरेक कङ्गोलीबाट जस्तै तिनीहरूबाट पनि हाम्रो स्वाधीनता र सार्वभौमिकता पुनःस्थापित गर्ने पवित्र कार्य पूरा गर्ने आशा गर्छु ।
प्रतिष्ठाबिना स्वतन्त्रता हुनेछैन, बिनान्याय प्रतिष्ठा हुनेछैन र स्वाधीनताबिना स्वतन्त्र मानिसहरू हुनेछैनन् ।
क्रूरता, बेइज्जती र यातनाले मलाई माफी माग्न बाध्य पार्न सक्नेछैन किनभने म उँचो शिर लिएर मर्न निको मान्छु । हाम्रो देशको भाग्यप्रति दृढ विश्वास तथा उँचो आस्था, बिनाहेलाहोचोमा बाँच्नु तथा मैले पवित्र सम्झेको सिद्धान्तलाई त्याग्नुभन्दा शिर ठाडो पारेर मर्नु निको मान्छु ।
इतिहासले बोल्ने समय आउनेछ । तर, त्यो इतिहास ब्रसेल्स, पेरिस, वासिङटन अथवा संयुक्त राष्ट्र सङ्घमा पढाइनेछैन ।
त्यो इतिहास उपनिवेशवाद र त्यसका कठपुतलीहरूबाट स्वतन्त्र भएका देशहरूमा पढाइनेछ ।
अफ्रिकाले आफ्नो इतिहास आफैले लेख्नेछ र त्यो इतिहास उत्तर एवं दक्षिण दुवैतिरको गौरव र प्रतिष्ठाको इतिहास हुनेछ ।
मेरो निम्ति नरुनू । मलाई थाहा छ, मेरो पीडित देश आफ्नो स्वतन्त्रता र स्वाधीनतालाई रक्षा गर्न समर्थ हुनेछ ।
कङ्गो जिन्दावाद !
अफ्रिका जिन्दावाद !
थाइस्भिल कारागार
प्याट्रिस लुमुम्बा
Leave a Reply