आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
पेइचिङ, १९ भदौ । सेप्टेम्बर ४ का दिन बिहान चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङस्थित जनबृहत् सभा भवनमा क्युवाली कम्युनिस्ट पार्टी केन्द्रीय समितिका प्रथम सचिव एवम् क्युवाका राष्ट्राध्यक्ष मिगुएल डियाज क्यानेल बेर्मुडेजसँग भेटघाट गर्नुभएको छ । डियाज क्यानेल चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासीवादविरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन चीन आउनुभएको हो ।
सो अवसरमा सी चिनफिङले चालु वर्ष चीन र क्युवाबिचको दौत्य सम्बन्ध स्थापनाको ६५ औँ वार्षिकोत्सव रहेको भन्दै दुई पक्षले यसलाई सुअवसरमा राखेर दुई मुलुकको सम्बन्धलाई अझै उच्च स्तरतर्फ उकास्न अगाडि बढाउने र दुई मुलुकका जनतालाई लाभ दिने कुरा बताउनुभयो ।
डियाज क्यानेलले चिनियाँ जनताको जापानी अतिक्रमणविरुद्धको युद्ध तथा विश्व फासीवादविरोधी युद्धमाथि विजयको ८० औँ वार्षिकोत्सव समारोहको भव्य रूपमा आयोजना भएको र ठुलो ऐतिहासिक अर्थ रहेको बताउनुभयो । उहाँले क्युवाले एक चीनको नीतिको दृढताका साथ पालना गरेको, चीनले क्युवाको आर्थिक तथा सामाजिक विकासको समर्थन र मद्दत दिएकोमा क्युवाले कृतज्ञताज्ञापन व्यक्त गरेको कुरामा जोड दिनुभयो । उहाँले क्युवाले राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको विश्व शासन प्रस्तावको उच्च प्रशंसा र पूर्ण रूपमा समर्थन गरेको पनि व्यक्त गर्नुभयो ।
Leave a Reply