भर्खरै :

नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गर्दा भक्तपुर काण्डको षड्यन्त्र

नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गर्दा भक्तपुर काण्डको षड्यन्त्र

भक्तपुर, २० भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घ १२ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा शुक्रबार भक्तपुर काण्डको भत्र्सना गर्दै प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “नेमकिपाले पञ्चायती निर्वाचनमा जनताका उम्मेदवारहरूलाई जिताएको थियो । उपभोक्ता समितिमार्फत विकास निर्माणको काम आर्थिक अनुशासनमा रहेर सम्पन्न गरिएको थियो । मोहियानी हकको आन्दोलनलाई जोड दिइएको थियो । नेपालको भूमि सुस्तामा भारतीय हस्तक्षेप, भियतनाममाथि अमेरिकी साम्राज्यवादको आक्रमण, सिक्किमलाई भारतमा विलय गराएको, पाकिस्तान विभाजन गराएको विरोधमा भक्तपुरमा जुलुस निकालेको, भ्रष्टाचारविरोधी आन्दोलन गरेको, २०३७ सालको जनमतसङ्ग्रहमा बहुदलको पक्षमा जनतालाई मतदान गराएको, पञ्चायती सरकारले कक्षा ५ सम्म निःशुल्क गरेको बेला नेमकिपाका जनताप्रतिनिधि जितेको भक्तपुर नगर पञ्चायतले कक्षा ७ सम्म निःशुल्क गरेको थियो । नेमकिपाको यो जनपक्षीय कामलाई पञ्चायती सरकारलाई मन परेन र एकजना भूपू पञ्चलाई बलिको बोका बनाएर राजासहितको पञ्चायती सरकारले नेमकिपाका नेता–कार्यकर्ताहरूलाई झूटा ज्यान मुद्दा लगाएर ‘भक्तपुर काण्ड’ मच्चायो ।”
सन् १९३३ मा जर्मनीमा फासीवादी शासक हिटलरले संसद् भवनमा आफ्नो मान्छे पठाई आगो लगाए र त्यसको दोष जर्मनीका कम्युनिस्टहरूलाई दिई व्यापक गिरफ्तारी र दमन गरेको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “सन् १९४८ मा अफ्रिकाको घानामा बेलायती उपनिवेश थियो । सन् १९४७ मै घानाका पुँजीपतिवर्गले देश मुक्तिको लागि संयुक्त घाना गोल्ड कोस्ट सम्मेलन गरेको थियो । पुँजीपतिवर्गले घानाका एक कम्युनिस्ट क्वामे एनक्रुमलाई संयुक्त कोल्ड कोस्ट सम्मेलनको महासचिव बन्न आग्रह ग¥यो । त्यही बेला दोस्रो विश्व युद्धताका बेलायतको तर्फबाट लडेका घानाका भूपू सैनिकहरूले रोजगारी र सस्तो बजारको प्रदर्शन गरे । घानामा उपनिवेश बनाएको बेलायती शासकले भूपू सेनाको प्रदर्शनमा गोली बर्साएर २० जनाको हत्या ग¥यो । भूपू सेनाको प्रदर्शनमा क्वामे एनक्रुमाको हात भएको आरोप लगायो र क्वामेलाई पक्राउ ग¥यो ।”
सचिव सुवालले नेपाल क्रान्तिकारी युवा सङ्घले टोल टोलसम्म भक्तपुर काण्डको विरोध एवं भत्र्सना कार्यक्रम चालु राख्नु जरूरी भएको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समिति उपाध्यक्ष न्हुछेभक्त फोंजूले पार्टीको नीति, निर्देशन र अनुशासनमा रही समर्पित भावनाले सङ्घर्ष गरेको अनुभव सुनाउँदै तत्कालीन किसान सङ्गठनले राम्रो काम गरेकोमा इष्र्या डाहा भएकोले भक्तपुर काण्डजस्तो घटना गराएको स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले सङ्कटको बेलामा साथ दिने व्यक्ति नै सच्चा साथी हुने बताउँदै प्रहरी दमन, अन्याय अत्याचारविरूद्ध डटेर सङ्घर्ष गर्दा नेता कार्यकर्ताहरू रिहा भएको र पञ्चायती व्यवस्थाको अन्त्य भएको हुनाले राजनीतिकरूपमा सचेत र सङ्गठित हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
नेक्रायुसङ्घ केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले खेलकुद, साहित्यिक गतिविधिमार्फत युवाहरूलाई सिद्धान्तनिष्ठ बनाउने काममा सक्रियता देखाउन आग्रह गर्दै सचेत रहन जोड दिनुभयो ।
नेक्रायुसङ्घ १२ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समिति संयोजक जगतराम धुख्वाको सभापतित्वमा भएको उक्त कार्यक्रममा एच.एस. सुवाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *