भर्खरै :

“फौजदारी कानुनको दृष्टिकोणबाट हेर्दा भक्तपुर काण्ड शतप्रतिशत गलत छ”

“फौजदारी कानुनको दृष्टिकोणबाट हेर्दा भक्तपुर काण्ड शतप्रतिशत गलत छ”

भक्तपुर, २० भदौ । ख्वप माध्यमिक विद्यालयमा कानुन मुख्य विषय लिई कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीहरूलाई ‘फौजदारी कार्यविधि र भक्तपुर काण्ड’ (भदौ ९) बारे जानकारी दिने उद्देश्यले शुक्रबार विशेष कक्षा सञ्चालन गरियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप मा.वि. सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर काण्ड नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भएकोले भक्तपुर काण्डको मुद्दाको सरजमिन गराउँदा फौजदारी कार्यविधिको मान्यतालाई समेत नअपनाएको स्पष्ट पार्दै भन्नुभयो, “फौजदारी कानुनको दृष्टिकोणबाट हेर्दा भक्तपुर काण्ड शतप्रतिशत गलत छ† सरजमिन सार्वजनिक बिदा शनिबारको दिन गरियो भने सरजमिनमा प्रतिवादीका पक्षलाई बोल्न र उपस्थित हुन दिइएन ।”
शिक्षित हुँदैमा सबै ज्ञानी र इमानदार नहुने शिक्षा भक्तपुर काण्डले आफूहरूलाई दिएको र शिक्षित भन्ने केही साथीहरूले पार्टीलाई धोका दिएको चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “सङ्कटको बेला जसले साथ दिन्छ ऊ नै असल मित्र हुन्छ† भक्तपुर काण्डको बेला शत्रु र मित्र स्पष्टरूपमा छुट्टियो ।”
तत्कालीन कार्यपालिका प्रमुख र व्यवस्थापिका प्रमुख नै ‘रोहितलाई फाँसी दे’ नारा लगाई सडकमा ओर्लिनु शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायपालिकामाथि कार्यपालिका र व्यवस्थापिकाको हस्तक्षेप भक्तपुर काण्डमा भएको उहाँले स्पष्ट पार्नुभयो ।
भक्तपुर काण्ड नेपालको राजनीतिक इतिहासमा अत्यन्त भत्र्सनायोग्य राजनीतिक घटना भएको र पञ्चायती व्यवस्था समाप्त हुनुका प्रमुख कारणहरूमध्ये शासकहरूबाट भक्तपुर काण्डमा भए÷गरेका अन्याय–अत्याचारहरू पनि एक रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
‘जहाँ अन्याय र दमन हुन्छ त्यहाँ प्रतिरोध पनि हुन्छ, भक्तपुर काण्डको घट्नाले चुल्हो चौकामा सीमित भक्तपुरका महिलाहरूमा राजनीतिक जागरण ल्याइदियोे र महिलालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्न मद्दत पु¥यायो’, उहाँले भन्नुभयो ।
भक्तपुर काण्डबारे जनतालाई यथार्थ जानकारी गराउन धेरै पुस्तक तथा पत्रपत्रिकाहरू प्रकाशित भइसकेकोले खोजी खोजी अध्ययन गर्न प्रमुख प्रजापतिले विद्यार्थीलाई सुझाव दिनुभयो ।
कार्यक्रममा भक्तपुर काण्डबारे विद्यार्थी महान भण्डारीले प्रस्तुतिकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *