इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी
- भाद्र २६, २०८२
कालीकोट, २३ भदौ । नेपाल मजदुर किसान पार्टी नरहरिनाथ गाउँपालिका वडा नं. ८ देउपातलमा भक्तपुर काण्ड (भदौ ९) को विरोध एवं भत्र्सना गर्दै सोमबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रमेशकुमार रावलले नेमकिपाका अग्रजहरूले पञ्चायती निर्वाचनमा उम्मेदवार भएर देश र जनताको निःस्वार्थ रूपमा सेवा गरेको, २०२१ सालमा भूमिसुधार लागु भएलगत्तै पार्टीका अग्रजहरू खेत खेतमा पुगेर जमिन जोती आएकालाई मोहियानी हक दिलाउन लागिपरेको, भारतीय विस्तारवादले २०२२ सालमा नेपालको नवलपरासीस्थित सुस्तामा हस्तक्षेप गर्दा त्यसको विरोधमा नेमकिपाका अग्रजहरूले २०२५ सालमा भक्तपुरमा पहिलो जुलुस प्रदर्शन गरी जनतालाई सचेत बनाएको बताउनुभयो ।
अमेरिकी साम्राज्यवादले भियतनाममाथि गरेको आक्रमण, भारतीय विस्तारवादले २०२७ सालमा पाकिस्तानबाट पूर्वपाकिस्तान (बङ्गलादेश) विभाजन गरेको, २०२८ सालमा नक्सालवादी र झापा विद्रोहको नाममा भएको व्यक्तिहत्या र भारतीय विस्तारवादले २०३१ सालमा सिक्किम विलय गराएको विरोधमा पनि नेमकिपाले भक्तपुरमा जुलुस प्रदर्शन गरेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाका अग्रजहरूले देश र जनताको निःस्वार्थ सेवा गरेको पञ्चायतलाई सह्य भएन । पञ्चायती सरकारले एक पूर्वपञ्चलाई बलिको बोका बनायो र नेमकिपाका नेता–कार्यकर्ताहरूलाई झूटा ज्यान मुद्दा लगाएको थियो ।”
सन् १९३३ मा जर्मनीका फासीवादी हिटलरको सरकारले आफ्नो मान्छेलाई संसद्मा आगोे लगाउन पठाई त्यसको दोष कम्युनिस्टहरूलाई लगाएको घटनाबारे जानकारी गराउँदै उहाँले भक्तपुर काण्डजस्तो षड्यन्त्र फेरि फेरि पनि हुनसक्ने भएकोले कार्यकर्ताहरू सचेत हुन जरूरी भएको बताउनुभयो ।
प्रतिक्रियावादीहरूले संसारको जुनसुकै कुनामा पनि मजदुर र कम्युनिस्ट आन्दोलनलाई दबाउन षड्यन्त्र गरेका उदाहरणहरू भएकाले ‘भक्तपुर काण्ड’ को विरोध एवं भत्र्सना बर्सेनि गर्नु जरूरी भएको उहाँले बताउनुभयो ।
नेमकिपा कालीकोटका सदस्य जनकबहादुर विष्टले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको स्पष्ट पार्दै कामदार जनताको हित समाजवादमा मात्र हुने बताउनुभयो ।
कार्यक्रमका सभापति नीमबहादुर भण्डारीले नेमकिपाले कामदारवर्गका जनताको लागि वर्गीय राजनीति गरिरहेको छ भन्नुभयो । कार्यक्रममा जेसुर भण्डारीले पनि बोल्नुभएको थियो ।
प्रशिक्षणात्मक भेलाले नीमबहादुर भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नरहरिनाथ गाउँपालिका वडा नं. ८ एकाइ समिति गठन गरेको छ ।
Leave a Reply