फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक
- कार्तिक २, २०८३
भक्तपुर, १ कार्तिक । संस्थागत विद्यालय सङ्घ (इसान) नेपालको आयोजनामा इसान आबद्ध विद्यालयका शिक्षक–शिक्षिकाहरूमाझ शुभ विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम हालै सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले शिक्षक समाज परिवर्तनका संवाहक हुन् भन्नुभयो । अग्रज व्यक्तिहरूझैँ शिक्षक पनि जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शिक्षकहरू मार्गदर्शक हुनुपर्छ भन्नुभयो ।
सचिव सुवालले भदौ २३ गतेको आन्दोलनमा अनेक व्यक्तिहरू घूसपैठ भएर विध्वंसकारी हतियार ल्याए पनि थाहा नपाउँदा देशमा विध्वंस मच्चिएको उल्लेख गर्दै सरकारमा बसेकाहरूले त्यो बेलाको अवस्थालाई बुझ्न नसक्नु नेतृत्वको कमजोरी हो भन्नुभयो ।
उहाँले विदेशी संस्थाबाट तालिम भएका व्यक्तिहरूले शासन कब्जा गरे पनि सरकारले नियन्त्रण गर्न नसकेको बताउनुभयो । सुशीला कार्की प्रधानमन्त्री हुँदा बधाई पठाउने दलाइ लामालाई उचाल्नेहरूले तिब्बत टुक्रा गर्ने कुत्सित प्रयास नेपालमा गरेको बताउँदै उहाँले सन् १९५० को सन्धि र एमसीसीजस्ता सम्झौताहरू खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
इसानका केन्द्रीय उपाध्यक्ष सनकमान महर्जनले देशका सम्पदा खरानी बनाउनेहरू सत्तामा पुगेकाहरूको नालिबेलीबारे चर्चा गर्दै गलत कुराको विरोध गरेनौँ भने हाम्रो देशको सार्वभौमसत्तामा आँच पुग्ने हुँदा सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले नेपाली राजनीतिको स्तर गिर्दै गएको संसारले महसुस गरिरहेको आजको अवस्थामा संसद्समेत रङ्गमञ्चझैँ भइरहेको स्पष्ट पार्नुभयो ।
सरकारले बेलैमा नसोचे भविष्य दुर्घटनामा पर्न सक्ने विचार व्यक्त गर्दै उहाँले हाम्रा अग्रजहरूले छोडेर गएका जीवनोपयोगी गीत, सङ्गीतको अध्ययन गर्दै अनुसन्धानमूलक कार्य गर्दै नयाँ पुस्तालाई जोगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
इसानका केन्द्रीय अध्यक्ष एवम् सभाका सभापति प्रेमजन थापा श्रेष्ठले विजया दशमीको महत्व र वैज्ञानिक महत्वबारे प्रस्ट पार्दै पारिवारिक पुनर्मिलनको चाड भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा इसानका केन्द्रीय सचिव पुरुषोत्तम ग्वाछाले पनि बोल्नुभएको थियो ।
Leave a Reply