भर्खरै :

समाजवादी चीनको बलियो जग बसाल्ने क्रान्तिकारी योद्धाहरू

समाजवादी चीनको बलियो जग बसाल्ने क्रान्तिकारी योद्धाहरू

अध्यक्ष माओ त्सेतुङ नेतृत्वको क्रान्तिकारी पुस्ताको सङ्घर्ष, त्याग र बलिदानको परिणाम हो आजको चीन । इतिहासतिर फर्केर हेर्दा यो यथार्थ अनुभव हुन्छ । अग्रज पुस्ताको रगत पसिनाले सिँचेको भूमिमा आजको समृद्ध चीन उभिएको छ । अग्रज पुस्ताको समर्पण र अध्यक्ष माओकै विचार आत्मसात् गर्दै आजको पुस्ता क्रान्तिको उपलब्धि जोगाउने क्रान्तिमा समर्पित छ । त्यतिमात्र होइन २१ औँ शताब्दीमा साम्राज्यवादी विश्वविरुद्ध लडेर समाजवादी व्यवस्थाको आभा छर्न सङ्घर्ष गर्दै छ । आजको चीनको सङ्घर्षका लागि हिजोको क्रान्ति र नयाँ पुस्ताका लागि अग्रज पुस्ताको क्रान्तिकारी एवम् लडाकु भावना ऊर्जाको मुहान हुन सक्दछ ।
एउटा भनाइ पनि छ –“आफ्नो इतिहासबिना न वर्तमान आफ्नो हुन्छ न त भविष्यको मार्ग स्पष्ट हुन्छ ।” इतिहासतिर फर्केर हेर्ने थुप्रै उपायमध्ये पुस्तक एउटा माध्यम हो । चीनमा सङ्घर्ष, समर्पण र बलिदानको लामो इतिहासलाई एउटा सानो पुस्तक ‘इगतकतबलमष्लन एचयभितबचष्बल ँष्नजतभचक’ भित्र अनुभव गर्न सकिन्छ । क्रान्ति अगाडि र क्रान्तिको समयमा चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले कसरी लडे ? कुन परिस्थितिमा लडे ? यसको जवाफ पुस्तकमा छ । क्रान्ति ती योद्धाहरूका निम्ति जीवनभन्दा प्यारो थियो । अध्यक्ष माओप्रतिको सम्मान र समर्पण भाव, अध्यक्ष माओको विचार र बाटोप्रतिको विश्वास, क्रान्तिप्रतिको आत्मविश्वासको कथा हो यो पुस्तक । पुस्तकमा ६ जना योद्धाहरूको जीवनकथा छ । ती तत्कालीन समयका प्रतिनिधि जीवनहरूको साझा उद्देश्य क्रान्ति थियो । अध्यक्ष माओको सम्मान तथा सेवा गर्नु र उहाँले देखाउनुभएको बाटोमा हिँड्नु नै तिनको साझा जीवनपद्वति थियो । अध्यक्ष माओको एउटा भनाइ – “कठिनाइ र मृत्युसँग कहिल्यै नडराउनु” । तिनको लागि जीवनदर्शन थियो । “क्रान्ति र देशको निम्ति आपूmलाई समर्पित गर” भन्ने सांस्कृतिक क्रान्तिको मूल मर्म ती योद्धाहरूले बाँचेको अनुभव पुस्तकले गराउँछ । अध्यक्ष माओ भन्नुहुन्थ्यो, “सारा कम्युनिस्ट, सारा क्रान्तिकारी युवाहरूले सर्वहारावर्ग र देशका निम्ति गोरुले जस्तै काम गर्नुपर्छ । मृत्युपर्यन्त थकानको अनुभव नगरी क्रान्तिको मैदानमा जोतिनुपर्छ ।” क्रान्तिकालीन चीनका ती योद्धाहरूले अध्यक्ष माओको यो विचारलाई आप्mनो व्यवहार बनाए । पुस्तकका पाठकलाई ती योद्धाहरू सङ्घर्ष र समर्पणका प्रतिमूर्ति अनुभव हुनेछ । आज केही योद्धाहरूको सङ्क्षिप्त जीवन चर्चा गरौँ ¤
सर्वहारावर्गका एक जुझारु योद्धा वाङगो फु हुन् । उनी जस्तोसुकै कठिन परिस्थितिमा पनि समाजवाद र क्रान्तिको बाटोबाट बिचलित भएनन् । अध्यक्ष माओको विचारबाट दीक्षित चिनियाँ कम्युनिस्ट पार्टीका एक काबिल सदस्य थिए उनी । उनले आप्mनो अमूल्य जीवन सर्वहारा वर्गीय क्रान्तिका निम्ति समर्पण गरे । त्यतिबेला पेइचिङ नगरपालिकाअन्तर्गतको थासिङ काउन्टीको हुङ्सी जनकम्युन, चिसिङ उत्पादन ब्रिगेड र तापाइलो उत्पादन समूहको नेतृत्वकर्ता बनेर उनले काम गरे ।
वर्गसङ्घर्ष नै सर्वहारावर्गको विजयको बाटो हो भन्नेमा उनी स्पष्ट थिए । क्रान्ति र कम्युनिस्ट सिद्धान्तले नै मुक्तिको बाटो देखाउँछ भन्नेमा विश्वस्त थिए । उनको जन्म एक गरिब किसान परिवारमा भयो । उनको तीन पुस्ताले जमिनदारहरूको दास बन्न पर्यो । उनको बुबाले जीवनभर जमिनदारको सेवा गरे तर काम गर्न नसक्ने भएपछि लखेटिए । उनले आप्mनो बाल्यकाल मागेर गुजारा गरे । उनी र उनीजस्ता हजारौँ बालबालिकाको स्थिति त्यस्तै थियो । गरिब र किसानहरूको खुसीको किरण भने देशको मुक्तिपछि देखापर्यो । अध्यक्ष माआले किसानहरूलाई दुःखको सागरबाट निकाल्न क्रान्तिको तयारी गर्नुभयो । अध्यक्ष माओ भर्खरका बालबालिकाहरूलाई लड्न सिकाउँदै हुनुहुन्थ्यो –‘समाजवादले मात्र देशको रक्षा गर्न सक्दछ ।’ उनले आप्mनो जीवनको १७ वर्ष पार्टी कार्यकर्ता बनेर बिताए । त्यो अवधिमा अध्यक्ष माओको क्रान्तिकारी लाइन र कम्युनिस्ट विचार कहिल्यै बङ्ग्याएनन् ।
एक दिन गाउँमा प्रतिक्रियावादीहरू वाङ्गो फु नेतृत्वको उत्पादन केन्द्रहरूमा सशर्त विदेशी सहयोग दिने प्रस्ताव लिएर आइपुगे । त्यो सहयोगको स्वार्थ गाउँको कृषि उत्पादन, सहकारी ध्वस्त बनाई फेरि पनि जमिनदारको ठाउँमा बैङ्क र दातृ निकाय पोसेर पुँजीवादलाई बलियो बनाउनु थियो । समाजवादी मूल्य, मान्यता र आन्दोलन कमजोर बनाउन प्रतिक्रियावादीहरूको चलखेल बढिरहँदा वाङगो फुले अध्यक्ष माओको विचार तथा निर्देशनअनुसार गाउँमा सहकारी आन्दोलनमात्र थालेनन् बरु प्रतिक्रियावादी तत्व लखेट्ने अभियानसमेत चलाए । उनले गाउँमा किसानहरूबिच सङ्गठनमात्र गरेनन् वर्गीय भावनासमेत सिकाए । सारा किसानलाई वर्गसङ्घर्षका निम्ति तयारी गरे । तत्कालीन समयका लागि ‘आत्मनिर्भरता र कडा परिश्रम’ नै किसानहरूको जनजीविकामा परिवर्तनको उपाय बन्यो । उनले गाउँलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन निकै मेहनत गरे । जनताको सेवा र जनताको इच्छा आकाङ्क्षा पूरा गर्नुलाई आप्mनो धर्म ठाने । सांस्कृतिक क्रान्तिको समयमा एक योद्धाको जीवन आँधी हुरीसँग सामना गर्नु जत्तिकै कठिन र चुनौतीपूर्ण थियो । उनलाई थाहा थियो, सही राजनीतिक मार्गनिर्देशन मिल्यो भने जस्तोसुकै कठिन बाटो पनि हिँड्न सकिन्छ ।
उनी उत्पादन क्षेत्रकै एउटा झुपडीमा बस्थे, वर्षामा सबै पानी चुहिने छानो भएको झुपडी । अन्य किसानहरूले एउटा ठिक्कको आरामदायी घर बनाउन खुब घच्घच्याए तर उनी मानेनन् । उनी ‘किसानको अवस्था मलाई थाहा हुनुपर्छ, त्यसकारण म झुपडीमै बस्छु’ भन्थे । पानी पर्दा किसानको झुपडीको छानो छोप्न राति भए पनि प्लास्टिक लिएर कुद्थे । उनले गरिब र निम्न आय भएका किसानहरूको घर बनाउन प्रयास गरे तर आप्mनो लागि घर बनाएनन् । आप्mनो ठुलो छोराको बिहेको लागि पनि घर बनाउन मञ्जुर भएनन् । ‘हजारौँ हजार जनता दुःखमा बाँचिरहेको बेला आपूm आरामदायी घरमा बस्नु मेरो नैतिकताले दिँदैन’ भन्थे । हृदयबाटै जनताको सेवामा समर्पित उनले प्रतिक्रियावादी तत्वले किसानलाई बाँड्दै गरेको बोेनस र सहयोग रोक्न उनी सफल भए । त्यतिमात्र होइन भ्रष्टाचारविरुद्ध पनि लडे । भ्रष्टाचार र काम खेर फाल्नु दुवै ठुला अपराध हुन् । क्रान्ति या युद्धको लागि अलिकति भए पनि जोगाउनुपर्छ भन्ने विचारबाट प्रेरित थिए उनी । १९६२ को एउटा शरद्मा उनकी जीवनसङ्गिनी बिमारी भई बितिन्, ४ जना सन्तानलाई छोडेर । ठूलो छोरो जम्मा १२ वर्ष र कान्छो केही महिनाको मात्र थिए । धेरैले ‘पार्टीबाट बिदा लिनु सन्तान हुर्काउनु’ भनेका थिए तर उनले मानेनन् । उनका तीन भाइ पनि त्यही वर्षमा बिते । एकजना जमिनदारको बोकाले हानेर बिते, एकजना जमिनदारले विष खुवाएर हत्या गरे, अर्को भोकको कारण मरे । “किसान र गरिब भएकै कारण मर्नुपर्ने समाजमा म आप्mना सन्तानलाई मात्र हुर्काउने स्वार्थी निर्णय कसरी लिनसक्छु ? हाम्रा सन्तान भोकभोकै मर्न बाध्य भइरहेको बेला कसरी पेटभरि खान दिऊँ आप्mना सन्तानलाई ? त्यसकारण क्रान्तिको विकल्प छैन । मलाई कम्युनिस्ट कार्यकर्ता बन्नुमा गौरव छ ।” उनले भनेका थिए । उनले दिनरात एक गरेर आप्mनो कम्युन र उत्पादन केन्द्रहरूको जिम्मेवारी बहन गरे । उनले दिन र रातको मेसो खासै पाउँदैनथे । कम्युनमा सामूहिक खेती र सामूहिक पशुपालनको विकास हुँदा किसानको जनजीवनमा केही आशाको किरण देखापर्दै थियो । अध्यक्ष माओको विचारले मात्र किसान र गरिब वर्गको मुक्ति सम्भव छ भन्नेमा उनी विश्वस्त थिए । त्यसकारण, माओ विचार अध्ययन गर्नु उनको प्राथमिकता बन्यो । उनी भन्थे, “जबसम्म म बाँच्छु तबसम्म अध्यक्ष माओका कृतिहरू अध्ययन गर्छु र अध्यक्ष माओको प्रतिकारमा फलामे पर्खाल बनेर उभिन्छु ।” माओले आप्mना कार्यकर्तालाई निर्देशन दिएअनुसार प्रत्येक गाउँ र काउन्टीहरूमा किसानका छोराछोरीलाई पढाउने विद्यालय सञ्चालन गरियो । उनले त्यो कार्यलाई अझ विशेष महत्व दिए । सानो झुपडीबाट प्राथमिक विद्यालयको सुरुआत गरे । ती विद्यालयहरू आशाको किरण बन्यो । विद्यालय देख्न नपाएका आमाबुबाको निम्ति छोराछोरी विद्यालय पढाउन पाउनु जत्तिको ठूलो प्राप्ति अरू के होला ? ती पाठशालाहरूबाट अध्यक्ष माओको विचार एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै गयो । उनले आप्mनो जेठो छोरालाई समेत जनमुक्ति सेनामा पठाए र देशको मुक्तिको निम्ति बहादुरीपूर्वक लड्न उत्साहित गरे । उनी देशको मुक्तिसँगै गरिब जनताको भोक मेट्ने क्रान्तिका एक योद्वा थिए । कोही बालक भोकले मर्न नपरोस् भन्ने चाहना थियो । उनी नेतृत्वको काउन्टीमा बारबार साम्राज्यवादी र प्रतिक्रियावादी तत्वले प्रत्यक्ष परोक्ष हमला गरे तर त्यसलाई उनले सफल हुन दिएनन् ।
एक समय उनी एउटा कार्यक्रममा बोल्दै गर्दा अचानक बान्ता भयो । तैपनि, उनले आप्mनो कुरालाई स्वाभाविकरूपमा जोडे, रोकेनन् । कसैले भेउ पनि पाएनन् कि उनलाई पेटमा क्यान्सर छ र त्यो क्यान्सरले छिट्टै ज्यान लिनेवाला थियो । उनी खाई नखाई पार्टीको कार्यक्रम र गतिविधिमा हिँड्थे । एकचोटि त तीन दिनसम्म केही नखाई हिँडे । पेटमा अत्यन्त दुखाइ सहेर पनि उनी पार्टीको बैठक छोड्दैनथे । पेटको क्यान्सरले अस्पतालको शय्यासम्म पु¥याउँदा समेत उनी अध्यक्ष माओका निर्देशन र कृति पढ्दै थिए । उनी मृत्युको मुखमा पुगिसकेको अनुभव उनलाई थियो । त्यसकारण आपूmमाथि खर्च हुने सारा महँगा र महत्वपूर्ण औषधि अरू दाजुभाइको निम्ति जोगाउन सम्झाइरहे । उनलाई मृत्युसँग कुनै डर थिएन । उनलाई थाहा थियो, चीनको मुहार फेरिनेछ । नयाँ पुस्तालाई पनि अध्यक्ष माओको विचार पढाउनु र समाजवादी व्यवस्थाप्रति जिम्मेवार बनाउनु भन्ने उनको अपील थियो । उनी क्रान्ति, पार्टी र पार्टी नेतृत्वप्रति समर्पित एक सच्चा कार्यकर्ता र देशको एक जुझारु योद्धाको मिसाइल बन्न सफल भए ।
पुस्तकमा सङ्ग्रहित चिलिन वाङतानको कथा पनि उत्तिकै प्रेरणादायी र मार्मिक छ । उनी कम्युनिस्ट कार्यकर्ता हुनुका साथै भर्खरै मुक्त एक दास थिए । त्यतिबेला मुक्त भएका तिब्बती दासहरूको समुदायमा उनी बस्थे । मुक्ति र विजयका लागि सम्पूर्ण रूपमा आपूmलाई समर्पित कम्युनिस्टमध्ये उनी एक थिए । उनी माओलाई भगवानलाई जत्तिकै मान्थे । लाखौँ दासहरूको जीवनरक्षकको रूपमा पूजा गर्थे । उनले पनि ५ वर्षको उमेरमै आमासँगै मागेर गुजारा गरे । दुई वर्षपछि अर्थात् ७ वर्षको उमेरमा उनलाई दासमालिकले आप्mनो व्यक्तिगत दासको रूपमा कैद बनाए । उनले दासमालिकले पालेका जनावरले भन्दा बढी अपमानित र कष्टसाध्य बाल्यकाल बिताए । दासमालिकप्रतिको आक्रोश उमेरसँगै परिपक्व हुँदै गयो । उनको जीवनलाई त्यो नर्कबाट मुक्त गर्न आएका अध्यक्ष माओका लालसेना उनका निम्ति देवदूत थिए । त्यसपछि उनले अध्यक्ष माओको विचार बुझे, मुक्तिसेनाबाट सैन्यतालिम लिए । माओले भन्नुभएको थियो, “यी साम्राज्यवादी र घरका प्रतिक्रियावादीहरू यति चाँडै घुँडा टेक्ने छैनन् । सर्प मरे पनि सर्पको पुच्छर हल्लिरहन्छ भनेझैँ प्रतिक्रियावादीहरू कुनै न कुनै रूपमा हामीलाई कमजोर बनाउने प्रपञ्च बुनिरहनेछन् ।” नभन्दै मुक्त दासहरूको बसोबासमा प्रतिक्रियावादी डाँकुहरूको हमला बढ्यो । उनले आप्mना मानिसहरूको मुक्ति र सुखको लागि आपूmलाई तयार गरे । उनी भन्थे, “मेरी आमाले मलाई जन्माइन्, माओ विचारले मलाई हुर्कायो, एकजना विवेकयुक्त मानव बनायो ।”
एकपटक उनी डाँकुहरूको हमलामा परे र उनलाई दाहिने पाखुरामा गोली लाग्यो । त्यही घाउ लिएर उनले बोकेको एउटा गोप्यपत्र सम्बन्धित ठाउँमा पु¥याए । पहाड हिउँले ढाकेको र बाटो हिउँले पुरिएको थियो । उनको शरीरबाट बगेको रगतले सेतो हिउँमा रातो रङ्ग पोतेझैँ भएको थियो । माओको लालसेनाले भर्खरै पार गरेको त्यो हिउँको पहाड उनलाई छिचोल्नु थियो र उनी सफल भए । त्यसकारण, उनलाई हिउँ पहाडको हार्डी बाजको उपमा दिइयो । जस्तोसुकै आँधीहुरीसँग नडराउने जीव भनियो । उनले आप्mनो क्षेत्रमा कृषिको सामाजिकीकरण गर्नुका साथै मुक्त दासहरूको श्रमशक्ति उपयोगमा धेरै काम गरे । कृषि सहकारीलाई अभियानको रूपमा सञ्चालन गरे । कृषि सहकारीलाई विचारधारात्मक र राजनीतिक सङ्घर्षसँग जोडेर अघि बढाए । वास्तवमा त्यो सङ्घर्षविना सहकारीको स्थापना सम्भव पनि थिएन । उनी एक भौतिकवादी थिए, माओका सच्चा शिष्य । भौतिकवादीहरू निडर हुन्छन् भन्थे उनी । आप्mनो वर्ग चिन्नुपर्छ, वर्गीय लडाइँ नै सर्वश्रेष्ठ लडाइँ हो भन्थे उनी र उनीजस्ता हजारौँ कार्यकर्ताको विश्वासले जितेको इतिहास नै त हो चीनको इतिहास । प्रतिक्रियावादीसँग पटक्कै नडराई सम्पूर्ण रूपमा जीत हासिल गर्न थालिएका क्रान्तिपछिका क्रान्तिहरूमा चिलिन वाङ तानजस्ता लाखौँलाख कार्यकर्ताको बलिदानविना आजको चीन वास्तवमै सम्भव थिएन ।
उनलाई पुँजीवादी डाँकुहरूले पनि समातेका थिए । ७ दिनरात कब्जामा राखियो, अमानवीय यातना दिइयो । पुँजीवाद फर्काउने प्रतिक्रियावादीहरूको षड्यन्त्र कुनै पनि हालतमा सफल नहुनेमा उनी विश्वस्त थिए । मृत्यु र सङ्घर्षसँग उनलाई डर थिएन । उनी चिनियाँ कम्युनिस्ट पार्टीकोे वैकल्पिक केन्द्रीय सदस्यसम्म बने । “कम्युनिस्टहरू कुनैपनि पदको भोको हुनुहुँदैन र प्रशासनिक पदमा त जाँदै जाँदैनन् । जनताको सेवा र क्रान्ति नै एक कम्युनिस्टको उद्देश्य हुनुपर्छ ” भन्ने मान्यता राख्थे उनी । उनी अध्यक्ष माओका असल कार्यकर्ता थिए । हिउँ पहाडमा हार्डी बाजभैmँ उनी उचाइमा उड्ने क्षमतासँगै सूर्यतिर फर्केर दूरदृष्टि राख्न सक्ने क्षमता राख्थे । क्रान्ति र सर्वहारावर्गकै अधिनायकत्वको निम्ति आप्mनो जीवन दिन सदा तयार थिए उनी ।
त्यस्तै गरी क्रान्तिकारी योद्धा सियाओ चाओको जीवन पनि निकै प्रेरणादायी छ । उनी साङ्घाई बायलर प्लान्टमा काम गर्थे । क्रान्ति र माओको विचारबाट प्रभावित उनी कठिनाइ र मृत्युसँग नडराउने व्यक्तित्व थिए । उनको बाल्यकाल गोठालो बनेर कट्यो । उनी पछि आठौँ रुटको आर्मीमा भर्ती भए । करिब २–३ दशक उनले सेनामा बसेर क्रान्तिको सेवा गरे । सन् १९६४ तिरै उनलाई ग्यास्ट्राइटिक्स क्यान्सर भएको पत्ता लाग्यो । उनी काम गर्न सक्दैनथे, डाक्टरको सल्लाह पूर्ण आराम गर्नुपर्छ भन्ने नै थियो । तर, “म यसरी आराम गर्दै मर्न सक्दिनँ, म लड्दालड्दै मर्छु” भन्ने उनको जवाफ थियो । केही समय घर बस्दा पनि उनी वरपर सबैलाई सघाउने र विशेष गरी लालसेना भेट्ने काम गर्थे । उनी सानैमा सेना भर्ती भएको कारण होला लडाकु भावना उच्च थियो । उनको शरीरले नदिए पनि लड्ने—भिड्ने भनेपछि अग्रपङ्क्तिमै उभिने व्यक्ति थिए । उनले एकचोटि भनेका थिए, “म शारीरिक रूपमा कमजोर पक्कै छु तर म नयाँ युवा जवानहरूलाई तालिम दिन सक्छु । मेरा सैन्य सीप सिकाउन सक्छु ।” उनले त्यही गरे । अध्यक्ष माओको वैचारिक लाइनको पक्षमा प्रतिक्रियावादी र संशोधनवादीहरूसँग वैचारिक लडाइँ लडे । बिरामी परेको केही समयपछि नै डाक्टरसँग काम गर्ने अनुमति मागे । सामान्य एवम् हलुका काम गर्न सकिन्छ भन्ने अनुमतिपछि उनी कार्यकर्ताको सक्रिय जीवनमा फर्किए । खानपान र आराममा ध्यान नदिएपछि रोग केही समयमै दोहोरियो । उनी साङ्घाईको बोइलर प्लान्टका मजदुरहरूसँग अध्यक्ष माओ र पार्टी सिद्धान्तको सम्बन्ध जोड्न सफल थिए । जस्तोसुकै बेफुर्सदी र पीडामा पनि उनी माओको पुस्तक पढिरहन्थे । उनी भन्थे, “अध्ययनले पीडा भुलाउँछ ।” उनको नेतृत्वको फ्याक्ट्रीमा माओका निर्देशन इमानदारीपूर्वक पालना हुन्थ्यो ।
वास्तवमा नेता र जनताबिच सञ्चारको पुल हुने गर्दछ कार्यकर्ता । नेताको विचार या मर्म ठीकसँग जनतासम्म पु¥याउने र जनताको दुःख नेतालाई बताउने सहजकर्ता बन्नुपर्छ कार्यकर्ता । उनले एक सच्चा कम्युनिस्ट कार्यकर्ता हुनुुुको धर्म निर्वाह गरे । त्यतिमात्र होइन क्रान्तिपछिको चीनमा आर्थिक र सांस्कृतिक क्रान्तिका लागि कृषि, उद्योग सञ्चालनसँगै सैन्य तालिमसमेत भ्याए । तत्कालीन महान् सर्वहारावर्गीय सांस्कृतिक क्रान्तिमा ठुलो सङ्ख्या पार्टी कार्यकर्ता, कमान्डर र योद्धाहरूले देशका उद्योग, कृषिदेखि राजनीतिक एवम् सैन्य प्रतिकार र तालिममा योगदान गरेको तथ्याङ्क छ । उनी क्यान्सरका कारण अल्पायुमै बिते तर माओ विचारधाराको झन्डालाई अन्तिम श्वाससम्म उँचो फहराए ।
यसरी वाङ गो फु, चिलिन वाङ तान, सियाओ चाओजस्ता क्रान्तिकारी योद्धाहरू र अध्यक्ष माओका सच्चा अनुयायी एवम् कार्यकर्ताहरूको समर्पण भावकै कारण चीनमा राजनीतिक, आर्थिक र सांस्कृतिक क्रान्ति सम्भव भएको हो भन्दा अतिशयोक्ति नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *