भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
रुकुम, २५ चैत । विद्यालय एउटा पवित्र क्षेत्र हो । जहाँबाट राम्रो शिक्षा सिकेर देश चलाउन सक्ने जनशक्ति निर्माण भइरहेको छ । तर रुकुम पश्चिमका केही विद्यालयको हाताभित्र रक्सी पसल पनि राखिएको छ भन्ने सुन्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ ।
विद्यालयजस्तो पवित्र क्षेत्रमा मदिरा पसल राख्नेलाई शिक्षासँग सरोकार राख्ने निकायले चासो नदिएको जनगुनासो छ । रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. १२ स्थित सानाखोलामा रहेको जनकल्याण माध्यमिक विद्यालयको हाताभित्र विद्यार्थीलाई खाजा नास्ताको क्यान्टीनको सुविधा हुनुको सट्टा रक्सी पसल छ ।
विगत १३ वर्षदेखि विद्यालय परिसरमा रही आएको रक्सी पसल बन्द गर्नको लागि अभिभावकले अनुरोध गरे पनि विद्यालय व्यवस्थापन समिति र रक्सी पसल राखेका व्यक्तिले अटेर गरिरहेको बताइएको छ । स्थानीय ओमप्रकाश आचार्यका अनुसार विगत १३ वर्ष भन्दा पहिलेदेखि मदिरा पसल चल्दै आएको छ र त्यस समयसम्म कैयौं विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक पनि परिवर्तन भइसकेका छन् । तर विद्यालय परिसरमा रहेको सो पसल बन्द गर्न कसैको चासो गएको छैन ।
केही समय विद्यालय व्यवस्थापन समितिका अध्यक्षले रक्सी पसल सञ्चालन गरेको आचार्यले बताए । विद्यालय समयमा मदिरा खाएर आउने मान्छेहरुले बाधा पु¥याइरहेको विद्यार्थीहरुको भनाइ छ । हरेक दिन विद्यालय वरपर मदिराले लठ्ठ परेकाहरुले हल्लाखल्ला गरेर विद्यार्थीको पढाइमा बाधा पु¥याइरहेको अभिभावकको समेत दुखेसो छ ।
विद्यालय परिसरमा मदिरा पसल नराख्न प्रहरीले पनि पटक–पटक अनुरोध गर्दा उनीहरुले चासो नदिएको बताइएको छ ।
जनप्रतिनिधिले समेत विद्यालयको हाताभित्र मदिरा पसल गरिरहेको खुलेको छ । चौरजहारी नगरपालिका १२ का वडा सदस्य विष्णु देवकोटा र सोही वडाका अर्का स्थानीय मनिराम के.सी.ले विद्यालय परिसरमा मदिरा पसल गरिरहेका छन् ।
Leave a Reply