“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
विराटनगर, २६ चैत (रासस) ः विराट गोल्डकप–२०७४ को उपाधि थ्रीस्टार क्लब काठमाडौँले हात पारेको छ ।
विराटनगरको शहीद मैदानमा आज साँझ सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई ३–०ले पराजित गर्दे थ्रीस्टारले उपाधि हात पारेको हो । खेलको ५४ औँ मिनेटमा थ्रीस्टारले पाएको कर्नरलाई अनन्त तामाङले गोलमा परिणत गरे । शुरुदेखि नै दवावमा राखेको थ्रीस्टारले खेलको ७५ मिनेटमा पेनाल्टी गोल गरेको थियो ।
थ्रीस्टारका विमल घर्ती मगरले पेनाल्टीलाई गोलमा परिणत गरे । खेलको ८२ औँ मिनेटमा विमलले पुनः गोल गरेपछि थ्रीस्टारले तीन गोलको अग्रता कायम गरेको थियो । खेलमा दुई गोल गरेका थ्रीस्टारका विमल ‘म्यान अफ दी म्याच’ घोषित भए ।
Leave a Reply