यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
चीनमा परेड नेपालमा पहिरो ?
चीनले दोस्रो विश्वयुद्धमा जापानमाथि विजय पाएको ८० औँ वर्ष पुगेको अवसरमा यस वर्ष सन् २०२५ मा विशेष पाहुनाहरूको उपस्थितिमा सैनिक परेड भव्यताका साथ बुधबार सेप्टेम्बर ३ मा सम्पन्न ग¥यो । सो परेड बहुचर्चित साङ्घाई सहयोग सङ्गठन (SCO एससीओ) को बैठकपश्चात्् आयोजना गरेको थियो । परेडमा धेरै विदेशी राष्ट्राध्यक्षहरूलाई आमन्त्रण गरिएको थियो । नेपालका राष्ट्रपतिलाई पनि निमन्त्रणा आएकोमा उहाँ नजाने भएपछि प्रधानमन्त्री ओली जाने तयारी भइरहँदा नेपालका केही कहलिएका बुद्धिजीवी र कुटनीटिज्ञहरूले आयोजना गर्न लागेको चीनको परेड जापानको विरुद्ध लक्षित र हाल जापान नेपालको सबभन्दा ठुलो दाता भएकाले नेपालले भाग लिन नहुने अभिव्यक्तिहरू दिए । तर, प्रधानमन्त्री भाग लिएर फर्के । हुन त यस मुद्दामा विश्व जनमत नै दुई फ्याकमा विभाजित भयो । पश्चिमा पुँजीवादी खेमाका विश्व जगत अमेरिका र विशेषगरी पश्चिम युरोपीय देशहरूले यसलाई बेवास्ता गर्दै महत्व दिन चाहेनन् । तर, ग्लोबल साउथका पक्षधर धेरै देशहरू तथा नाटो सदस्य रहेका देशहरूमा स्लोभाकिया, सर्भिया र अन्य अफ्रिकी, ल्याटिन अमेरिकी तथा एसियाका केही राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूले सहभागिता जनाई सो परेडको महत्व र सशक्त प्रदर्शनलाई मुक्तकण्ठले प्रशंसा गरे । के नेपालका बुद्धिजीवीहरूले भनेअनुसार नेपालले यसमा सहभागिता जनाउन नमिल्ने हो ? आजका सरकारी बुद्धिजिवी र कूटनीतिज्ञहरू पश्चिमी विचारका पिछलल्गू हुन्, तिनीहरू एसियाली र अफ्रिकी वा ल्याटिन अमेरिकी देशहरू जस्तै साम्राज्यवादी र उपनिवेशवादीहरूका वैचारिक पिछलग्गू हुन् । नेपालले अँगाल्दै आएको असंलग्न नीतिसँग के यसले कन्ट्राडिक्ट गर्छ ? यी र यस्ता प्र्रश्नका बारेमा प्रस्ट हुन इतिहासलाई फर्केर हेर्नुपर्ने हुन्छ । विशेष गरेर दोस्रो विश्वयुद्धको सेरोफेरोबारे !
दोस्रो विश्वयुद्धको श्री गणेश र पूर्वी एसियामा जापानको आधिपत्य
सन् १९३९ मा नाजी जर्मनीले पोल्यान्डमाथि सेप्टेम्बर १ मा हमला गरेपछि युरोपमा दोस्रो विश्वयुुद्ध सुरु भयो । जर्मनीलाई साथ दियो इटली र जापानले । यी तीन देशको गठबन्धनलाई ‘एक्सिस पावर’ भनियो । उता पूर्वी एसियामा जापान सबभन्दा ठुलो सैनिक शक्तिको रूपमा थियो । आधुनिकताका हरेक कुरा पश्चिमा देश (विशेषगरी अमेरिका र युरोपबाट) सिकेका जापानले आफू बिस्तारै औद्योगिक देशतिर लम्कदै गरेपछि पश्चिमाले जस्तै आफूभन्दा कमजोर र प्राकृतिक स्रोत भएका देशहरूलाई आक्रमण गरी ती देशहरूलाई उपनिवेश बनाउन लागे । सन् १९३१ मई अथवा दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा ८ वर्ष पूर्व । जापानको पहिलो शिकार चीनको मन्चुरीया बन्यो; पछि कोरिया, फिलिपाइन्स र इन्डोनेसिया पनि जापानको उपनिवेश बन्यो । दोस्रो विश्वयुद्ध सुरु भई सन् १९४२ को आधा–आधीसम्म जापानले दक्षिण पूर्वी एसियाको इन्डोनेशिया र पश्चिममा बर्मासम्मका देशहरूलाई आफ्नो उपनिवेश बनाइसकेको थियो । साथै भारतको पूर्वी क्षेत्रमा समेत हमला गरिसकेको थियो । ती देशका महिलाहरूलाई युद्धका दासीहरू बनाए । सन् १९४१ डिसेम्बरमा प्रशान्त महासागरमा अवस्थित अमेरिकी जलसेनाको अखडा पर्ल हारवरमा भिषण हमला गरिसकेको थियो ।
चीनमा साम्राज्यवादी आतङ्क र चिकपाको स्थापना
बेलायती साम्राज्यवादले चीनमा अफिम बेचेर सारा सुन, चाँदीजस्ता बहुमूल्य वस्तुमा कब्जा ग¥यो । चिनियाँ सरकारले यसको प्रतिरोध गरेपछि युद्ध नै भयो । चीनमा सबै ठाउँमा व्यापार गर्न पाउने, बाहिरबाट ल्याउने सामानमाथि चीनमा बेलायतले स्वीकार गरे जति मात्रै भन्सार लगाउन पाउने अर्थात् नाममात्र भन्सार लगाउन पाउने, बैङ्कहरू खोल्न पाउने र मुद्रासमेत ती बैङ्कहरूले छाप्न पाउने प्रावधान थोप¥यो । चीन उक्त युद्धमा हारेपछि साम्राज्यवादी बेलायतले चीनलाई एक असमान सन्धिमा हस्ताक्षर गर्न बाध्य पा¥यो । सन् १८४२ को ‘नानचिङको सन्धिले’ चर्चा पाएको सो सन्धि चीनको लागि अपमानित मात्र होइन कि त्यसले बेलायतबाहेक अरु पश्चिमी साम्राज्यवादी देशहरूलाई चिनियाँ भूमिभित्र हुल्ने अवसर दिलायो । यो सन्धिपश्चात् चीनले क्यान्टन र साङ्घाईलगायत अन्य तीन दक्षिण पूर्वी तटीय सहरहरू विदेशीहरूको लागि खुला गर्नुपर्ने भयो र हङ्गकङ्ग टापुमाथि पनि बेलायतले कब्जा जमायो । यही नानचिङको सम्झौता पश्चात्् चीनमा पश्चिमी साम्राज्यवादी देशहरूको अतिक्रमण र उपनिवेश बन्न सुरुवात भयो ।
बेलायतले चीनसँग असमान सन्धि गरेजस्तै अन्य साम्राज्यवादी देशहरूले पनि त्यस्तै सन्धि गर्न बाध्य पारे । चीन गरिब देशमा झ¥यो । करिब ८० वर्ष पश्चिमेली साम्राज्यवादको आक्रमण झेलिसकेपछि चीनका युवा, बुद्धिजीवी, राष्ट्रवादी र कम्युनिस्ट विचारधाराका व्यक्तित्वहरूले १९१७ को रुसी अक्टोबर क्रान्तिको प्रभावमा साम्राज्यवाद र घरेलु सामन्तहरूको विरुद्धमा नयाँ आन्दोलनको थालनी गरे । ‘मे ४ को आन्दोलनको’ नामले चिनिने यस आन्दोलनमा देशभक्तहरू गरिब, किसान र सर्वहारावर्गका पनि उपस्थिति थियो । यसै आन्दोलनले चीनमा माक्र्सवादको प्रचार प्रसारको पनि थालनी भयो । त्यही आन्दोलनले नै चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको जग हाल्यो । लि ता चाऊ, अन्य धेरै प्रतिनिधिहरूमा माओ त्सेतुङ, तोङ विउलगायतका नेताहरूको अगुवाइमा जुलाई १ सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको विधिवत् स्थापना भयो । यसले पहिलोपल्ट चिनियाँ जनतालाई मुक्तिका लागि प्रस्ट मार्गनिर्देशन ग¥यो । दुई, साम्राज्यवाद र उपनिवेशवादीहरू पिछलग्गू घरेलु सामन्तवादविरुद्ध सशक्त सङ्घर्ष गर्न बाटो खुल्यो । कम्युनिस्ट पार्टीलाई खुलारूपमा काम गर्न करिब करिब प्रतिबन्ध भएको समयमा पार्टीले सन् १९२३ मा नयाँ रणनीति अपनायो । पार्टीले कोमिङताङ (राष्ट्रिय पार्टी) सँग संयुक्त मोर्चा कायम गरी सशस्त्र एकाई गठन गर्ने निर्णय ग¥यो । किनभने, चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना हुँदा सिङ्गो देश गृहयुद्धले आक्रान्त थियो । प्रान्त विशेष ती सामन्ती युद्ध सरदारहरूको कब्जामा थियो र अधिकांश युद्ध सरदारहरू साम्राज्यवादीद्वारा सञ्चालित थिए ।
चिकपाको कोमिङताङसँग एकता र कोमिङताङबाट घात
कोमिङताङसँगको एकतापश्चात् चिकपाले व्यापक जनतालाई परिचालन ग¥यो । व्यापक जनसमर्थनका साथ चिकपासँगको यस एकीकृत पार्टीले देशको उत्तरी भागसँगै अन्य प्रान्तहरूमा रहेका साम्राज्यवादीहरूबाट पोषित युद्धसरदारहरूसँग युद्ध गरी देशको एकीकरण गर्ने राष्ट्रिय अभियानलाई प्राथमिकता दियो । दक्षिणबाट उत्तरतिर सङ्घर्ष गर्ने ‘उत्तर अभियान युद्ध’ भनिने यस आन्दोलन सन् १९२६ मा सुरुवात भयो । भ्रष्ट य्ुद्ध सरदारहरूका आतङ्ककबाट पीडित जनताले स्वाभाविकरूपमा यस अभियानलाई समर्थन गरे । फलस्वरूप छोटो समयमै यस युद्धले ती युद्ध सरदारहरूबाट चीनलाई मुक्त गरे । यसै उत्तर अभियान युद्धका साथै चिकपा मजदुर, किसान र सर्वहारावर्गको आन्दोलनलाई पनि उठाउन सफल भयो । साम्राज्यवादीहरूका कठपुतली युद्ध सरदारहरूको पतन र चिकपाको उर्लँदो शक्तिको कारण घटनाक्रमले अर्कै मोड लियो । चिकपाको यस नयाँ शक्तिले एकातिर कोमिङताङभित्रका विदेशभक्त, पुँजीपति र अन्य दक्षिणपन्थीहरू हच्किए भने अर्कोतिर आफ्ना स्वार्थ पूर्ति गर्दै आएका युद्ध सरदारहरूको पतनबाट साम्राज्यवादीहरू तर्सेर उनीहरूले चीनको भूमिमा अझै आफ्ना बर्चस्व कायम नै राख्न नयाँ एजेन्टको खोजी गर्न थाले ।
आखिरमा विदेशी पुँजीका दलालहरू र दक्षिणपन्थीहरूको पक्ष लिने प्रतिगामी कोमिङताङका सेनापति च्याङकाई सेकले त्यो स्वार्थ पूरा गरिदिए । साम्राज्यवाद र उनका भरौटे युद्ध सरदारतिर सोझिएका बन्दुकलाई च्याङकाई सेक समूहले आफ्नै सहयात्री चिनियाँ चिकपाका योद्धाहरूमाथि फर्काइ ठुलो जघन्य अपराध ग¥यो । उत्तरी अभियान युद्धले एउटा निर्णायक मोड लिने बेला अप्रिल १९२७ मा भएको त्यस घटना चिनियाँ जनताले ठुलो दुर्भाग्य खेप्यो । च्याङकाई सेकले गरेको त्यो आम नरसंहारमा चिकपाले आफ्ना धेरै योद्धाहरू गुमायो । लाखौँको सङ्ख्यामा रहेका योद्धाहरू हजारौँमा झरे । यस्तो असह्य विपतिका बाबजुद माओ र चाओ एन लाईको नेतृत्वमा पार्टीले गुरिला युद्ध र ‘अगाडि फड्को मार्न पछि हट्ने’ नयाँ रणनीति अपनाउँदै सहरमा शत्रुहरूको बर्चस्व हँुदा आफूलाई गाउँमा केन्द्रित गर्ने अभियान अनुसार १९३४ अक्टोबरमा विश्व सैनिक इतिहासमा प्रख्यात ‘लङमार्च’ (लामो अभियान) लाई अगाडि बढाउँदै कोमिङताङको विरुद्धको लडाइँलाई तीव्र पार्दै लगे ।
जापानविरुद्ध चीनको प्रतिकार
चीनको यस गृहयुद्धको मौकाको फाइदा उठाउँदै १९३१ मा जापानी साम्राज्यवादीले चीनको मन्चुरियाको भूमिमाथि आक्रमण गरी कब्जा गरेको थियो । जापानी साम्राज्यवादसँग संयुक्त भई युद्ध लड्ने चिकपाको प्रस्तावलाई च्याङकाई सेकले लत्याईदिएपछि चिकपाले आफ्नै बलबुट्टामा नयाँ गुरिला दस्ता तयार गरी जापानी साम्राज्यवादसँग युद्ध सुरु गरे । यो नयाँ युद्ध दस्ता सानो र परम्परागत थियो । तर, यसले अत्याधुनिक हातहतियारले सुसज्जित जापानीहरूलाई अघि बढ्नबाट रोकेको देख्दा संसार चकित भएको थियो । जापानविरुद्ध चिकपासँग मिली संंयुक्त रूपमा युद्ध लड्न अमेरिकाको समेत अनुरोधलाई नमानेको च्याङकाई सेक चिनियाँ क्रान्तिकारी युद्ध दस्ताको तागतले जनसमर्थन उतातिर जाने डरले चिकपासँग युद्धविराम घोषणा गरी जापानको विरुद्धमा युद्ध लड्न बाध्य भए । तर, च्याङकाई सेक सेनाले जापानी सेनाविरुद्ध लडेको नाटकमात्र गर्दै गए । फलस्वरूप चिनियाँ क्रान्तिकारी युद्ध दस्ताले नै जापानी सेनाको विरुद्ध साँचिकै युद्ध गर्नुप¥यो । चिनियाँ लाल सेनाले जापानी सेनासँग बर्मादेखि उत्तर चीनको भूमिसम्म बहादुरीका साथ लडाइँ गरी मूल भूमिबाट जापानी सेनालाई धकेल्दै लगे । अगस्त सन् १९४५ मा अमेरिकी परमाणु बमको प्रहारपछि जापानी साम्राज्यवादले आत्मसमर्पण गरे । चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिले सिङ्गो चीनलाई कम्युनिस्टमय बनाउने डरले कोमिङताङ सेनाले फेरि आफ्ना बन्दुक साम्राज्यवादी अमेरिकाको सहारामा लालसेनातर्फ सोझ्याए । तर, त्यति बेलासम्म चिकपाले आफ्नो योद्धाको सङ्ख्या १२ लाख र अन्य जनमिलिसिया २२ लाखसम्म पु¥याइसकेको थियो । चिनियाँ जनताको साथले अब अन्तिम लडाइँ लडेर देशलाई विदेशी साम्राज्यवाद र घरेलु सामन्तवाद र दक्षिणपन्थी शक्तिबाट मुक्त गर्ने प्रण चिकपा र लालसेनालेगरे । आखिर तीन वर्षको लडाइँ लडी अमेरिकी सहयोग पाएको ८ लाख च्याङकाई सेकको सेनालाई जनमुक्ति सेनाले चिनियाँ भूमिबाट खेदेरै छाडे । आखिरमा च्याङकाई सेक र उनका सेना १९५० सम्ममा चीनकै भूमि ताईवान टापुमा सीमित हुन पुग्यो र यता चिकपाले चीनलाई १ अक्टोबर १९४९ मा जनगणतन्त्र घोषणा गर्न सफल भयो ।
जापानले १९३१ देखि १९४५ सम्म चीनमा लगातार १४ वर्षसम्म हमला गर्दा ३ करोड ५० लाख चिनियाँ जनता मारेको थियो । दोस्रो विश्व युद्धमा १० करोड जनता मारिएको हिसाबमा ३ करोड ५० लाख चिनियाँ जनता साम्राज्यवादीहरूबाट मारिए भने २ करोड ५० लाख रुसी जनता मारिएका थिए । यसको अर्थ चीन र रुसी जनता मिलाएर ६ करोड जनता दोस्रो विश्वयुद्धमा मारिए । त्यसमा युरोपका आधा देशका कम्युनिस्टहरू कोरिया भियतनामदेखि बर्मासम्म कति कम्युनिस्ट जनता साम्राज्यवादी देशहरूको आक्रमणमा मारिए हिसाबै गर्न कठिन थियो । आज गाजामा ६० हजारभन्दा बढी महिला बालबालिका र जनता मारिएको समाचार छ भने इजरायली सेना कति मारिए ? त्यस्तै साम्राज्यवादी सेना जनताभन्दा साह्रै थोरै मारिएका हुन्छन् । यसकारण, जापानी साम्राज्यवादी आक्रमणलाई कम मूल्याङ्कन गर्ने हाम्रा नेपाली नेता, कार्यकर्ता, बुद्धिजीवी र कूटनैतिक व्यक्तिहरूलाई पूर्ण जानकारी हुनु आवश्यक छ भन्नेमा दुईमत नहोला !
साम्राज्यवादी जापानमाथि विजयीको स्मरण परेड
तत्कालीन साम्राज्यवादी जापानविरुद्धको त्यो चिनियाँ जनताको साहस र बलिदानीपूर्ण युद्ध र विजयीको प्रतीक र स्मरण थियो गत सेप्टेम्बर ३ को सैनिक परेड । पश्चिम युरोपका देशहरूले डि डे भनेर नाजी जर्मनीविरुद्धको अन्तिम युद्धको रूपमा सन् १९४४ मा सिङ्गो युरोपलाई मुक्ति गर्ने दिनको रूपमा मनाउँदै आएका छन् । त्यसरी नै रुसले गत मे ९ का दिनमा रुसबाट जर्मन सेनालाई लखेटी परास्त गरेको विजयी दिनको रूपमा यस्तै ८० औँ विजय उत्सवको भव्य आयोजना ग¥यो । युरोपको भूमिमा विशेषगरी फ्रान्समा गत वर्ष जून ६ को दिन नाजी जर्मनीविरुद्धको विशाल मित्र राष्ट्रहरूको सैनिक कारबाही र जर्मन सेनाको हारको ८० औँ विजय दिवस डि डे भव्यताका साथ मनायो ।
नेपालमा जहानियाँ राणा शासनको अन्त भएको दिनको रूपमा अहिले पनि फागुन ७ गते प्रजातन्त्र दिवस मनाउँदै आएका छ । त्यस्तै ६२÷६३ लोकतन्त्रको आन्दोलनले राजतन्त्र अन्त्य गरी गणतन्त्र घोषणा भएको दिनको रूपमा १५ जेठलाई गणतन्त्र दिवस मनाउँदै छ । हाम्रा नेपाली कूटनीतिज्ञ र परराष्ट्रविद्हरूले भनेजस्तो के हामी अब यी दिवसहरू नमनाऔँ ? किनभने एकातिर राणा परिवारहरू बिच्किने भयो र अर्कोतिर शाह परिवार ।
गत ९ मे मा रुसको रेड स्क्वायरको विजयी दिवसमा नजान युरोपेली युनियनले आफ्ना सदस्य देशहरूलाई उर्दी जारी गरेको थियो । त्यसैको नक्कलगरी हाम्रा सरकारी, बुद्धिजीवी र परराष्ट्रविद्हरूले कसको इसारामा नेपाली प्रमलाई त्यस चिनियाँ परेडमा नजान खबरदारी गरेका हुन् कुरा बुझ्न गा¥हो छैन । विजयी महोत्सवले कुनै सैनिक गठबन्धनसँग सम्बन्ध राख्दैन । प्रत्येक वर्ष हाम्रा नेताहरू भारतको स्वतन्त्रता दिवसमा भाग लिन लैनचौर दरबार र दिल्ली पुगेकै छन् । यसलाई नेपालको असंलग्न परराष्ट्र नीति र तटस्थताको नीतिसँग जोडेर व्याख्या गर्ने विज्ञहरूले हिजो नेपालले युक्रेनको पक्षमा बोल्दा र महाराजगञ्जको दूतावासमा ‘हामी युक्रेनको पक्षमा छौँ’ भन्ने ठुलठुला अक्षरले बोर्ड टाँगेको किन देखेनन् ? के युरोपेली जनताले गाजामा इजरायलको आम नरसंहार विरोध गर्दा अमेरिका रिसाउँदैन ? देशको सार्वभौमिकताको रक्षा र मित्रराष्ट्रहरूको दुःख सुखमा साथ दिनुले ठुलो अर्थ राख्छ । विदेशीको दान र सहयोगलाई मात्र ठुलो ठान्ने मानसिकता भनेको दास मनोवृति हो । यो साम्राज्यवादी र उपनिवेशवादी दृष्टिकोण हो । सम्भवतः सुगौली सन्धिमा नेपाल सरकारको इच्छाविपरित गजराज मिश्र र चन्द्रशेखर उपाध्याय जस्ताका छोरा, नातिहरू तथा भित्रभित्र अङ्ग्रेजहरूसँग मिलेर धोका दिनेहरूका सन्तानहरू कुन कुन बुद्धिजीवी क्षेत्रमा सक्रिय छन् र कुन कुन कूटनीतिज्ञहरू विदेश गए, कुन कुन सरकारी संस्थाहरूसँग संलग्न छन् भन्नेबारे व्यापक जनता होसियार रहनुपर्ने समय आएको छ ।
Leave a Reply