तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २८ चैत्र । नेपाल क्रान्तिकारी विद्यार्थी संघको बाह«ौं राष्ट्रिय सम्मेलन आगामी बैशाख २८–३० गते काठमाण्डौंमा हुने भएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालको उपस्थितिमा बुधबार बिहान बसेको नेक्राविसंघ बाह«ौं राष्ट्रिय सम्मेलन तयारी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले गरेको निर्णयअनुसार बैशाख २८ गते दिनको १२ः०० बजे त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा बाह«ौं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम हुनेछ ।
सम्मेलनको उद्घाटनको लागि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)लाई अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ ।
बैशाख २९ र ३० गते सम्मेलनको बन्द बैठक गरिनेछ ।
बैठक तयारी समितिका संयोजक नीरज लवजूको अध्यक्षतामा बसेको थियो ।
Leave a Reply