जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
भक्तपुर, २ असोज । प्रभात इङ्गलिश सेकेन्डरी स्कूलका कक्षा ७ का विद्यार्थीहरूको तीनमध्ये एउटा सेक्सनलाई दिइएको परम्परागत नाच माक प्याखँको प्रशिक्षणको समापन कार्यक्रम सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले सरकारको शिक्षा ऐन, २०२८ (संशोधन २०७५) अनुसार प्रभात विद्यालय सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालन भइरहेको उल्लेख गर्दै सर्वसाधारण जनताका छोराछोरीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिने विद्यालयको लक्ष्य रहेको बताउनुभयो ।
उहाँले थप्नुभयो, “पाठ्यपुस्तक सँगसँगै विद्यार्थीहरूको लागि खेलकुद, सङ्गीत, विदेशी भाषासमेतको प्रशिक्षण भइरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकार व्यक्तिहरूबाट शिक्षकहरूलाई बरोबर प्रशिक्षण दिने कार्यक्रम भइरहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवालले स्पष्ट पार्नुभयो, “नयाँ पुस्ताको आयोजनामा भनिएको भदौ २३ र २४ गतेको काठमाडौँकेन्द्रित आन्दोलनको मुख्य माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सार्वजनिक भयो । सरकारले भदौ २३ गतेको आन्दोलनलाई दमन गर्दा १९ जनाको ज्यान गयो भने भदौ २४ गतेको आन्दोलनको नाममा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतमा सार्वजनिक भवनमा समेत आगजनी भयो । सरकारले समयमै जनताको समस्या समाधान नगरेको हुँदा धेरै जनधनको क्षति भयो ।”
उहाँले अगाडि भन्नुभयो, “तीस वर्षयता ५० भन्दा बढी देशमा रङ्गीन क्रान्तिको नाममा अमेरिकी साम्राज्यवादको स्वार्थअनुकूलको सत्ता परिवर्तन गरिएको सार्वजनिक भयो । डेढ दुई वर्षअगाडि बङ्गलादेशमा सत्ता उल्टियो भने अहिले नेपालमा त्यस्तै भइरहेको सार्वजनिक भयो । नयाँ पुस्ताले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे स्पष्ट जानकारी राख्नु जरुरी छ भने स्पष्ट जानकारीबिना सडकमा ओर्लन हुँदैन ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवालले विद्यार्थीहरूलाई परम्परागत माक प्याखँ प्रशिक्षण दिने भक्तपुर छालिङको दाफा भजन समूहका सदस्यलाई धन्यवादसहित दोसला ओढाउनुभयो ।
विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिले विद्यालयका जुनियर किनरगार्टेनदेखि कक्षा पाँचसम्म दुईजना शिक्षकको व्यवस्था, छिकङ, जिम्नास्टिक, तेक्वान्डोलगायत शारीरिक अभ्यास, चेस तथा टेबुलटेनिस खेलकुद प्रशिक्षण, चित्रकला, हस्तलेखन, चिनिया भाषा, कोरियन भाषा, तामाङ भाषा, अवाकस प्रशिक्षण, स्काउट, गायन, सङ्गीत, नृत्य प्रशिक्षण, परियति कक्षा, बिहान र साँझ थप कक्षा, पाठ्यपुस्तकमा उल्लेख उपत्यकाका स्थानमा शनिबारका दिन विद्यार्थीहरूलाई अवलोकन भ्रमण, बरोबर विद्यार्थीहरूको स्वास्थ्य परीक्षण, कक्षा कोठामा पाठ्यपुस्तकलाई सहयोग पुग्ने सन्दर्भ पुस्तक व्यवस्था गरिएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवा र दाफा भजन छालिङका प्रतिनिधि जयराम गैँडाले परम्परागत नाच माक प्याखँ एक शारीरिक अभ्यास नै भएको स्पष्ट पार्नुभयो ।
कक्षा ७ का २७ जना विद्यार्थीहरू माक प्याखँ सिकेर दीक्षित भएका थिए ।
Leave a Reply