देउजागाउँ आधारभूत विद्यालयमा छात्रवृत्ति तथा पुरस्कार वितरण
- आश्विन ५, २०८२
भक्तपुर, ३ असोज । छिकोङ व्यायाम व्यवस्थापन समिति, भनपा वडा नं. ६ को आयोजनामा शुक्रबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले वि.सं. २०१८/१९ सालदेखि नै भ्रष्टाचारको विरोध गर्दै आएको चर्चा गर्दै नेमकिपाले हरेक देशभक्तिपूर्ण आन्दोलनमा भाग लिँदै आएको बताउनुभयो ।
नयाँ पुस्ताका युवा र विद्यार्थीहरूलाई राम्रो संस्कार र संस्कृति सिकाउनुपर्ने चर्चा गर्दै उहाँले हरेक देशभक्तपूर्ण आन्दोलनमा नयाँ पुस्ताको भूमिका हुने बताउनुभयो ।
पदमा बसेका मानिसहरूको बोली वचन नम्र र शिष्ट हुनुपर्ने चर्चा गर्दै उहाँले उच्चपदस्थ व्यक्तिहरूले पदको दुरुपयोग गरेको कारण जनतामा आक्रोश फेलिएको बताउनुभयो ।
पदमा बसेका मानिसहरूले पदअनुसार कार्य गर्नुपर्ने उल्लेख गर्दै उहाँले मानिसहरू सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो ।
केपी ओलीको अहङ्कार, झूट बोल्ने बानी र शेरबहादुर देउवाको बोलीले गर्दा युवा विद्यार्थीहरू आक्रोशित भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले नगरपालिकाका विभिन्न गतिविधिहरूको चर्चा गर्दै भनपाले भक्तपुर नगरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन पहल गर्दै आएको बताउनुभयो ।
वडाका गतिविधिहरूको चर्चा गर्दै उहाँले जनसहभागिताले वडाका पूर्वाधार तथा विकास निर्माण कार्य सजिलो भएको बताउनुभयो ।
जनप्रतिनिधि गोविन्द दुवालले विगतको किसान आन्दोलनको चर्चा गर्नुभएको थियो ।
जगन्नाथ सुजखुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सिद्धिराम अवाल र सानुमैया बजिकोले पनि बोल्नुभएको थियो ।
Leave a Reply